Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
लमजुङ

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी पर्वसँग जोडिएको गोरखाको लिगलिगकोटको परम्परा पनि नेपालको इतिहासमा चर्चित छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ४, मंगलबार (१ घण्टा अघि)
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ, ३ कात्तिकः नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी पर्वसँग जोडिएको गोरखाको लिगलिगकोटको परम्परा पनि नेपालको इतिहासमा चर्चित छ । प्रचलित जनश्रुतिअनुसार विजयादशमीका दिन लिगलिगकोटमा दौड आयोजना गरिन्थ्यो र दौडमा प्रथम हुने व्यक्ति राजा बन्ने परम्परा थियो । यही ऐतिहासिक प्रसङ्गसँग जोडिएका लमजुङका राजकुमार द्रव्य शाहको यात्रा गोरखामा छुट्टै राज्य स्थापना गर्नेसम्म पुगेको थियो । द्रव्य शाहको जीवनयात्रा दौड जितेर राजा बनेको कथामा मात्र सीमित छैन ।

लमजुङको राजपरिवारमा जन्मिएका उनी राइनासकोटमा पूर्वी किल्लाको रक्षा गर्ने जिम्मेवारी सम्हाल्नेदेखि गोरखामा नयाँ राज्य स्थापना गर्नेसम्मको राजनीतिक यात्रामा अघि बढेका थिए । उनको जीवनसँग राजपरिवारको उत्तराधिकार, स्थानीय व्यक्तिहरूको सहयोग, राज्य स्थापनाको आकाङ्क्षा र दुई राज्यबीचको सीमासम्बन्धी प्रसङ्ग जोडिएका छन् । लमजुङका इतिहासका जानकार कृष्णराज ओलियाका अनुसार द्रव्य शाह लमजुङका राजा यशोब्रह्म शाहका कान्छा छोरा तथा नरहरि शाहका भाइ थिए । यशोब्रह्म शाहलाई कास्कीबाट ल्याएर लमजुङको राजा बनाउन खजे दुरालगायत व्यक्तिहरूले भूमिका खेलेको ऐतिहासिक विवरण पाइन्छ । यशोब्रह्म शाहले १५५० सालमा लमजुङको राजगद्दी सम्हालेको बताइन्छ ।

यशोब्रह्म शाहपछि नरहरि शाह राजगद्दीका उत्तराधिकारी बने । तत्कालीन राजपरम्परामा जेठा छोरा उत्तराधिकारी बन्ने चलन रहेकाले द्रव्य शाहका लागि लमजुङको राजा बन्ने बाटो सहज थिएन । त्यसपछि उनले छुट्टै राज्य स्थापना गर्ने दिशामा राजनीतिक गतिविधि अघि बढाएको ओलिया बताउनुहुन्छ । ओलियाका अनुसार लमजुङको पूर्वी किल्लाको रक्षा गर्ने जिम्मेवारी द्रव्य शाहले पाएका थिए । त्यसका लागि उनलाई हालको राइनास नगरपालिकास्थित राइनासकोटमा राखिएको थियो । त्यहाँ सैनिकहरू खटिएका थिए भने गाईवस्तु पाल्ने गोठसमेत रहेको स्थानीय ऐतिहासिक विवरण छ । राइनासकोटमा बसेर द्रव्य शाहले पूर्वी क्षेत्रको सुरक्षासम्बन्धी जिम्मेवारी सम्हालेका थिए । द्रव्य शाहको राइनासकोट बसाइसँग गोरखनाथको आशीर्वादसम्बन्धी जनश्रुति पनि जोडिएको छ । ओलियाका अनुसार एक दिन द्रव्य शाहले गोरखनाथलाई खिर खुवाएका थिए । त्यसबाट प्रसन्न भएका गोरखनाथले उनलाई पूर्वतर्फ गएर राजा हुने आशीर्वाद दिएको कथन प्रचलित छ । यो प्रसङ्ग प्रमाणित ऐतिहासिक घटनाभन्दा स्थानीय जनश्रुति छ । सो बेलामा राइनासकोटमा गाईगोठ समेत हेर्ने र त्यहाँको दूध दही घ्यू, लमजुङ दरबार पठाउने गर्ने गरेको उहाँको भनाइ छ ।

द्रव्य शाहको गोरखा यात्रामा स्थानीय व्यक्तिहरूको सहयोग महत्वपूर्ण रहेको ओलिया बताउनुहुन्छ । उहाँका अनुसार नारायणदास अर्याललगायत व्यक्तिहरूले द्रव्य शाहलाई गोरखामा राजा बन्न प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव स्वीकार गरेपछि उनी गोरखातर्फ अघि बढेका थिए । त्यसबेला गोरखामा खड्का राजाहरूको शासन रहेको ऐतिहासिक विवरण पाइन्छ । उहाँका अनुसार सङ्ग्रहालय तथा स्मारक संरक्षण कार्यालय, गोरखाका प्रमुख मिमी प्रधानका अनुसार द्रव्य शाहलाई गोरखामा राज्य स्थापना गर्न गणेश पाण्डे, भागीरथ पन्त, नारायण अर्याल, गङ्गाराम राना, सर्वेश्वर खनाल, केशव बोहोरा र मूर्ति खवासलगायत स्थानीय व्यक्तिहरूले सहयोग गरेका थिए ।

स्थानीय व्यक्तिहरूको समर्थन जुटाएर नयाँ सत्ता स्थापना गर्ने अभियान अघि बढाइएको विवरणले द्रव्य शाहको राजनीतिक यात्रामा स्थानीय सहयोगको महत्व देखाउँछ । गोरखाको लिगलिगकोटसँग जोडिएको विजयादशमीको दौड परम्परा द्रव्य शाहको इतिहासको चर्चित पक्ष हो । प्रचलित कथनअनुसार दौडमा प्रथम हुने व्यक्ति राजा बन्ने चलन थियो । यद्यपि द्रव्य शाहले गोरखामा सत्ता स्थापित गरेको घटनालाई दौडको परिणामसँग मात्रै जोडेर हेर्नु अपूरो हुन्छ । तत्कालीन राजनीतिक परिस्थिति, स्थानीय प्रभावशाली व्यक्तिहरूको समर्थन र राज्य स्थापना गर्ने रणनीतिसमेत उनको यात्रासँग सम्बन्धित थिए । दौडको परम्परा र द्रव्य शाहको राज्यारोहणसम्बन्धी विवरणमा ऐतिहासिक स्रोतअनुसार भिन्नता पाइने भएकाले यी प्रसङ्गलाई छुट्टाछुट्टै बुझ्नु आवश्यक छ ।

ऐतिहासिक विवरणअनुसार द्रव्य शाह १६१६ भदौ २५ गते गोरखाको राजगद्दीमा बसेका थिए । उनले स्थानीय व्यक्तिहरूको सहयोगमा गोरखामा छुट्टै राज्य स्थापना गरेपछि शाहवंशीय शासनको नयाँ अध्याय सुरु भयो । गोरखामा सत्ता स्थापित गरेपछि उनले आसपासका क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्दै लगेको विवरण पाइन्छ । मिमी प्रधानका अनुसार लिगलिगकोट, सिरानचोक र अजिरगढलगायत क्षेत्र द्रव्य शाहको राज्य विस्तारको प्रसङ्गसँग जोडिएका छन् ।

द्रव्य शाहको उदयसँगै उनका दाजु नरहरि शाहसँगको सम्बन्ध र दुई राज्यबीचको सीमाको विषय पनि महत्वपूर्ण बनेको थियो । ओलियाका अनुसार द्रव्य शाह र नरहरि शाहबीच राज्यको सीमासम्बन्धी विषयमा मतभेद उत्पन्न भएको थियो तर त्यसलाई लामो युद्धमा परिणत हुन नदिई सीमा छुट्याइएको ऐतिहासिक कथन छ । प्रचलित कथनअनुसार दाजुभाइबीच विवाद बढ्न सक्ने अवस्था देखिएपछि आमाले मध्यस्थता गर्नुभएको थियो । उहाँले चेपे नदीमा दूध बगाएर दुई राज्यबीचको सीमा छुट्याइदिनुभएको बताइन्छ । त्यसपछि द्रव्य शाहले लमजुङतर्फ राज्य विस्तार नगरी पूर्वतर्फ आफ्नो प्रभाव बढाउँदै लगेको र लमजुङ तथा गोरखाबीचको विवाद साम्य भएको उहाँको भनाइ छ ।

द्रव्य शाहले स्थापना गरेको गोरखा राज्य पछि शाहवंशीय शासनको केन्द्रका रूपमा विकसित भयो । उनका उत्तराधिकारीहरूले राज्य विस्तार गर्दै लगे । यही वंशका पृथ्वीनारायण शाहले पछि नेपाल एकीकरणको अभियान अघि बढाए । द्रव्य शाहको इतिहास गोरखाको राजगद्दी र राज्य विस्तारमा मात्र सीमित छैन । लमजुङको राजपरिवारमा जन्मिएका उनी राइनासकोटमा पूर्वी किल्लाको जिम्मेवारी सम्हाल्ने व्यक्तिबाट गोरखामा छुट्टै राज्य स्थापना गर्ने शासक बने ।

लिगलिगकोटको विजयादशमी परम्परा, गोरखनाथको आशीर्वादसम्बन्धी जनश्रुति, स्थानीय व्यक्तिहरूको सहयोग र चेपे नदीको सीमासम्बन्धी कथनले त्यस समयको राजनीतिक तथा सामाजिक परिवेश बुझ्न मद्दत गर्छन् । ऐतिहासिक सम्पदाको संरक्षण पनि इतिहासलाई भावी पुस्तासम्म पु¥याउने महत्वपूर्ण आधार हो । सङ्ग्रहालय तथा स्मारक संरक्षण कार्यालयका प्रमुख प्रधानका अनुसार आर्थिक वर्ष २०८३÷८४ मा ऐतिहासिक सम्पदाको संरक्षणका लागि बजेटको व्यवस्था गरिएको छ ।

लिगलिगकोटलगायत सम्बन्धित ऐतिहासिक स्थलको आवश्यक प्राविधिक जाँच तथा मूल्याङ्कन गरी अवस्थाअनुसार संरक्षणका काम अघि बढाइने उहाँले बताउनुभयो। यसबाट ऐतिहासिक स्थलको मौलिकता जोगाउँदै तिनको ऐतिहासिक महत्व भावी पुस्तासम्म पु¥याउन सहयोग पुग्नेछ । विजयादशमीको दौडदेखि गोरखामा राज्य स्थापना गर्दासम्मको द्रव्य शाहको यात्रा तत्कालीन राजनीतिक परिस्थिति, राजपरिवारको उत्तराधिकार र स्थानीय सहयोगसँग गाँसिएको छ । लमजुङका राजकुमारबाट गोरखाका राजा बनेका द्रव्य शाहको यही यात्रा नेपालको इतिहासमा महत्वपूर्ण राजनीतिक अध्यायका रूपमा स्मरण गर्ने गरिन्छ ।

  • कास्की
  • गोरखा
  • लमजुङ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • आलेखः रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

    आलेखः रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

  • आलेखः दसैँको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

    आलेखः दसैँको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

  • Post Thumbnail

    रौनक हराएको दसैँ

  • स्वाद मात्र होइन नेपाली संस्कृति पनि होः वरिष्ठ सेफ केसी

    स्वाद मात्र होइन नेपाली संस्कृति पनि होः वरिष्ठ सेफ केसी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आलेखः रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

    आलेखः रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

    आलेखः दसैँको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

    आलेखः दसैँको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

    Post Thumbnail

    ‘एनपिएल’का सबै खेलमा ‘डिआरएस’ लागू हुने, खेल समय हेरफेर

    कात्तिक १३ गतेदेखि तीनदिने काठमाडौँ फिल्म फेस्टिभल हुँदै

    कात्तिक १३ गतेदेखि तीनदिने काठमाडौँ फिल्म फेस्टिभल हुँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution