Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

बिक्रीमा जमरा

बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट टीका र जमरा लगाइन्छ । आजका दिन नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीकासँगै जमरा पनि लगाउने गरिन्छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ५, बुधबार (५५ मिनेट अघि)
बिक्रीमा जमरा

काठमाडौँ, ४ कात्तिकः बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट टीका र जमरा लगाइन्छ । आजका दिन नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीकासँगै जमरा पनि लगाउने गरिन्छ ।

जमरालाई समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ । त्यसैले पनि दसैँमा टीकासँगै फूलको सट्टा टीका लगाउने प्रचलन रही आएको छ ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १०ः२६ बजेको साइत उत्तम रहेको जनाएको थियो । तर पनि नागरिकले बिहान दुर्गा विसर्जनपछि टीका लगाउन सुरु गरेका थिए ।

आज टीकाका दिन बिहान काठमाडौँका कतिपय स्थानमा जमरा बिक्रीका लागि राखिएको पनि देखियो । काठमाडौँको स्वयम्भूस्थित भगवान पाउमा केही व्यक्तिले घरैमा उमारेका जमरा बिक्रीका लागि राखेका थिए ।

यसो हेर्दा जमरा पनि बिक्री होला र भन्ने लागे पनि मानिसहरुले जमरा खरिद गरिरहेका पनि थिए ।

दसैँमा जमरा लगाउनु समृद्धिको प्रतिक मानिने भएकाले घटस्थापनाका दिन नै देवीको आह्वान गरेर जलको घडासँगै जमरा राख्ने प्रचलन छ ।

जमरा पहेँलो राम्रो हुने भएकाले घर या व्यक्तिका निवासका घाम नपर्ने र चोखो कुनामा या पूजा कोठा तथा स्थानमा जमरा राख्ने गरिन्छ । दसैँमा जमरा राखिएको स्थानलाई जमरा घर पनि भन्ने प्रचलन छ ।

यसरी राखिएको जमरा आज दसैँका दिन टीकासँगै लगाउने गरिन्छ । नवदुर्गाको आह्वान गरी घटस्थापना गरिएको स्थानमा राखिएका जमरा कोजाग्रत पूर्णिमासम्म नै लगाउने प्रचलन छ ।

कतिपयले यसरी जमरा राख्न नपाएका तथा डेरामा बस्ने मानिसका लागि जमरा राख्ने स्थान अभाव पनि हुन सक्ने भएकाले उनीहरुका लागि यसरी बिक्रीमा राखिएको जमरा उपयोगी हुने देखिन्छ ।

भगवान पाउमा जमरा किन्न पुगेका स्वयम्भूका रुपेश आचार्यले घरमा सुतक परेकाले घटस्थापनाका दिन जमरा राख्न नपाएकाले आफू जमरा किन्न आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसरी जमरा पनि बिक्रीका लागि राखिएको हुन्छ भन्ने कुरा मलाई थाहा थिएन तर छिमेकीले पनि यसैगरी किनेर लगेको जानकारी गराएपछि किन्न आएको हुँ ।”

उहाँले आफूलाई जस्तै सजिलो अरु धेरैलाई भएर होला बिहानै आएर जमरा किनेर लगेको देखेको पनि बताउनुभयो ।

झ्वाट्ट हेर्दा जमरा पनि बिक्रीका लागि राखिएको भनी कतिपयले अनौठो लागेको बताइरहेका थिए भने कतिले यसलाई स्वभाविक र सजिलो भनेका थिए ।

विविध कारणले अप्ठेरो परेका, घटस्थापनाका दिन जुठो या सुतक परेर जमरा राख्न नपाएका तथा आफ्ना बासस्थानमा स्थान अभाव भएका व्यक्तिका लागि यसरी जमरा किनेर लगाउन पाउनु पनि सजिलै हुने देखिन्छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • आलेखः रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

    आलेखः रातो माटो, कमेरो र खोटोको संस्कृति ओझेलमा

  • आलेखः दसैँको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

    आलेखः दसैँको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

  • विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

    विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

  • Post Thumbnail

    रौनक हराएको दसैँ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    Post Thumbnail

    ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसँैको टीका

    बिक्रीमा जमरा

    बिक्रीमा जमरा

    Post Thumbnail

    बडा दसैँको टीका सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution