Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ६, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भक्तपुर

नवदुर्गासँग जोड्दै नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नखः

भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् । विजयादशमीको दिन आज मान्यजनको हातबाट मोहनी सिः न अर्थात कालो टीका, राटो टीका, जमरा ग्रहण गरि मोहनी नःख मनाएका हुन् ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ५, बुधबार (१ दिन अघि)
Post Thumbnail

भक्तपुर, ४ कात्तिकः भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् । विजयादशमीको दिन आज मान्यजनको हातबाट मोहनी सिः न अर्थात कालो टीका, राटो टीका, जमरा ग्रहण गरि मोहनी नःख मनाएका हुन् ।

यहाँका नेवार समुदायले नवदुर्गा भवानीको पुजा गर्ने क्रममा महानवमीको दिनमा घरघरमा पालामा दियो वालेर त्यसको माथिवाट अर्को पालाले छोपेर पालामा जम्मा भएको कालो ध्वाँसोलाई नै मोहनी सिःनं (कालो टीका) बनाएका हुन्छन् ।

विजयादशमीको दिन बल र विजयीको प्रतिकको रूपमा रातो अक्षता, जमरा, र निधारको बीचमा मोहनी सिःनं अर्थात कालो टीका लगाएर दसैँ मोहिनी नखः मनाएको भक्तपुरका संस्कृतकर्मी प्रकाश कायस्थले जानकारी दिनुभयो ।

असत्य माथि सत्यको विजय उत्सव अर्थात आजको दिन त्रिपुरा सुन्दरी भगवती प्रकट भई महिषासुर देत्यलाई मोहनी लगाई लठ्याएर बध गरेको दिनको रूपमा लिने गरेको उहाँले जानकारी दिनुभयो ।

मोहनी सिःनं लाई तान्त्रिक शक्ति, मोहनी शक्तिको रूपमा लिने परम्परा रहेको आज बिहान टीकाको शुभाइतमा घरघरमा कालो टीका अर्थात मोहनी सिः नं लगाए पछि घरघरबाट ब्रम्हायणी मन्दिरमा पुजा लिएर दर्शन गर्न जाने परम्पराअनुसार आज दिनभर र रातिसम्म भक्तपुरको व्रम्हायणी मन्दिरमा भव्य मेला लागेको छ ।

ब्रम्हायणी मन्दिरमा हजारौ दर्शनार्थीले आज बाजागाजा सहित शक्ति पिठको रूपमा रहेको व्रम्हायणी देवीको रूपमा पूजा एवं दर्शन गर्ने जानकारी दिँदै उहाँले कालो टीकालाई धार्मिक, संस्कृति र तान्त्रिक शक्तिको रूपमा नेवार समुदायले ग्रहण गर्ने गरेको संस्कृतिविद कायस्थले जानकारी दिनुभयो ।

आज मध्यराति तलेजुमा खड्ग जात्रा सम्पन्न भएपछि मात्रै मोहनी नखः सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । राति ब्रम्हायणीबाट नवदुर्गा देवगण तलेजु आएर नवदुर्गाको दिदी तलेजुलाई ढोग गरी मन्त्र सिद्ध गरेपछि नवदुर्गा र खड्ग जात्रा गरी तलेजुलाई बोकेर भव्य जात्रा गरी तलेजुको बाहन सेतो घोडालाई पछि लगाउँदै नगरपालिका परिक्रमा गरेपछि मोहनी नखः सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।

मोहनी नखः कहिलेबाट सुरु भयो भन्ने यकिन तथ्य भने छैन । दसैँंमा अवसरमा खड्गयात्रा (पायाः)को चलन भएकाले यसको थिति नेपालमा तन्त्रयानको प्रादुर्भाव भएदेखि सुरु भएको मान्यता रहँदै आएको छ ।

मोहनीको मुख्य विशेषता भनेकै मोहनी सिन्हः हो । मोहनीका बेला नेवार निम्तो आएको ठाउँमा ‘नखत्या’ (छोरीचेलीलाई बोलाउने) जाने चलन छ ।

राजा हरिसिंहदेवले नेपाल संवत् ४४४ मा भारतबाट नेपालमा तलेजु भवानीलाई लिएर आएदेखि मोहनी नखः मनाउन थालिएको भन्ने भनाइ पनि रहदै आएको छ । त्यसो त बौद्ध धर्मावलम्बीले पनि मोहनी नखः फरक महत्वका साथ मनाउने गरेका छन् ।

  • भक्तपुर
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच प्रदर्शन

  • मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

  • घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

    घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

  • Post Thumbnail

    पुख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    प्रहरीका निःशुल्क बस सेवाबाट तीनभन्दा बढी यात्रु लाभान्वित

    Post Thumbnail

    पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

    दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा 	बिदेसिँदै नेपाली

    दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

    Post Thumbnail

    विश्व पोलियो दिवसका अवसरमा काठमाडौँमा ‘मेगा पोलियो साइकल -याली’ हुने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution