Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुनसरी

थारू संस्कृति र परम्परा चिनाउने सङ्ग्रहालय

रामधुनी नगरपालिका–२ मा थारू समुदायको इतिहास, जीवनशैली, संस्कार र सांस्कृतिक परम्परा झल्काउने सङ्ग्रहालय स्थापना गरिएको छ ।
रासस ३५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार (१ घण्टा अघि)
Post Thumbnail

सुनसरी, २८ असोजः रामधुनी नगरपालिका–२ मा थारू समुदायको इतिहास, जीवनशैली, संस्कार र सांस्कृतिक परम्परा झल्काउने सङ्ग्रहालय स्थापना गरिएको छ ।

थारू समुदायको मौलिक पहिचान संरक्षण गर्नाका साथै नयाँ पुस्तालाई पुर्खाको संस्कृति र परम्पराबारे जानकारी गराउने उद्देश्यले निर्माण गरिएको उक्त सङ्ग्रहालयमा १५० भन्दा बढी मूर्ति तथा कलात्मक संरचना राखिएका छन् ।

तीन कट्ठा १० धुर क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय विसं २०७७ मा निर्माण गरिएको हो । सङ्घीय सरकारले आर्थिक वर्ष २०७६÷७७ को ‘तराई–मधेस समृद्धि कार्यक्रम’ अन्तर्गत उपलब्ध गराएको रु ३५ लाख बजेटबाट सङ्ग्रहालय निर्माण गरिएको रामधुनी नगरपालिका–२ का वडा सदस्य रामनारायण चौधरीले जानकारी दिनुभयो ।

सङ्ग्रहालयमा थारू समुदायको जन्मदेखि मृत्युसम्मका संस्कार, रहनसहन र सांस्कृतिक अभ्यासलाई मूर्ति तथा कलात्मक संरचनामार्फत चित्रण गरिएको छ । यसले समुदायको मौलिक पहिचान संरक्षण गर्नाका साथै नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्पराबारे बुझ्न सहयोग पुग्ने चौधरीले बताउनुभयो । “नयाँ पुस्तालाई आफ्नै संस्कृति र पहिचानबारे जानकारी होस् भन्ने उद्देश्यले यो सङ्ग्रहालय निर्माण गरिएको हो,” उहाँले भन्नुभयो । त्यसको संरक्षण, मर्मतसम्भार तथा थप सामग्री व्यवस्थापनका लागि रामधुनी नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा रु सात लाख बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । नगरपालिकाले हरेक वर्ष सङ्ग्रहालयको व्यवस्थापन र संरक्षणका लागि रु पाँच लाखदेखि सात लाखसम्म बजेट व्यवस्था गर्दै आएको उहाँको भनाइ छ ।

सङ्ग्रहालय अवलोकनका लागि नेपालीसँगै विदेशी पर्यटकसमेत आउने गरेका छन् । तर पर्याप्त प्रचारप्रसार हुन नसक्दा धेरैलाई जानकारी नभएको चौधरीले बताउनुभयो । थारू समुदायको ऐतिहासिक तथा सांस्कृतिक पहिचान झल्काउने यस सङ्ग्रहालयको महत्वलाई थप मानिसमाझ पु¥याउन प्रचारप्रसार आवश्यक रहेको उहाँको भनाइ छ ।

भौतिक संरचना निर्माणमा सङ्घीय सरकार र नगरपालिकाको सहयोग रहेको छ । यस सङ्ग्रहालयले थारू समुदायको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र पुस्तान्तरणमा योगदान पु¥याउने चौधरीले बताउनुभयो ।

  • सुनसरी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी

    खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी

  • Post Thumbnail

    बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्

  • रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

  • Post Thumbnail

    जुम्लामा २२९ मुद्दा फछ्र्योट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २७ गते मंगलबार

    २०८३ असोज २७ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

    साँझपख झनै चम्कन्छ भानुचोक

    साँझपख झनै चम्कन्छ भानुचोक

    खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी

    खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी

    Post Thumbnail

    बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution