Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राँझा

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे) मा आन्तरिक पर्यटककोे चहलपहल बढेको छ ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार (२ घण्टा अघि)
Post Thumbnail

राँझा (बाँके), २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे) मा आन्तरिक पर्यटककोे चहलपहल बढेको छ ।

वर्षायाममा केही सुनसान बनेका यहाँका होमस्टेमा अहिले दसैँको आगमनसँगै आन्तरिक पर्यटकको उल्लेख्य चहलपहल बढेको छ । चाडपर्वको अवसर पारेर घर फर्किएका स्थानीय, छिमेकी जिल्लाका बासिन्दा र टाढा–टाढाबाट आएका आन्तरिक पर्यटकले होमस्टे भरिभराउ भएको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले बताउनुभयो ।

“वर्षायाममा सुनसान रहेका होमस्टेमा अहिले दसैँको आगमनसँगै घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिक रुपमा बढ्दो रहेको छ,” उहाँले भन्नुभयो, “बाँके, बर्दिया मात्र नभई कर्णाली, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट बढी मात्रामा होमस्टेमा पाहुना आउने गरेका छन् ।”

छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ ।

थारू र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्याली होमस्टेमा दैनिक करिब ५०० पर्यटक पुग्ने गरेका छन् । बर्सातमा सुनसान हुन पुगेको गाभर भ्याली होमस्टेमा अहिले आन्तरिक पाहुनाको चहलपहल बढेको चौधरीको भनाइ छ ।

बाहिरी जिल्लाका साथसाथै दसैँ पर्व मनाउन बाँके फर्किएका सर्वसाधारण यतिबेला घरबासमा घुम्न आउने गरेको चौधरीले बताउनुभयो । “यतिबेला बाहिरी जिल्लासँगै जिल्लाभित्रैका पाहुना यहाँ आइरहनुभएको छ,” चौधरीले भन्नुभयो, “दसैँ पर्व मान्न गृहजिल्ला बाँके आएका समेत समय मिलाएर यहाँ आउने गर्नुभएको छ ।”

दसैँ मनाउन गाउँ फर्केका आन्तरिक पर्यटक होमस्टेमा घुम्न आउने गरेको राप्ती सोनारी गाउँपालिका–८ स्थित नयाँगाउँ होमस्टेका अध्यक्ष मङ्गल थारूले बताउनुभयो । बाँके निकुञ्ज घुम्न आउने पर्यटक अहिले होमस्टेको स्वाद लिन आफूकहाँ आउने गरेको उहाँको भनाइ छ ।

वर्षायाम समाप्त भएसँगै प्राकृतिक सौन्दर्य र दुर्लभ वन्यजन्तुको प्राकृतिक बासस्थान मानिने बाँके राष्ट्रिय निकुञ्ज पुनः नयाँ ऊर्जाका साथ ब्युँझिएको छ । मनसुनका कारण केही महिनाका लागि स्थगित गरिएको जङ्गल सफारी औपचारिक रूपमा शुभारम्भ भएपछि निकुञ्ज क्षेत्रमा पर्यटकीय गतिविधि र चहलपहल ह्वात्तै बढेको छ ।

विशेषगरी विश्वमै दुर्लभ र नेपालको संरक्षित वन्यजन्तु चौसिंगा (चार सिङ भएको मृग) अवलोकनका लागि देश–विदेशमा परिचित बाँके राष्ट्रिय निकुञ्ज वन्यजन्तु प्रेमी र प्रकृतिप्रेमी पर्यटकका लागि प्रमुख रोजाइको गन्तव्य बन्दै गएको गाभर भ्याली होमस्टेका अध्यक्ष चौधरीले बताउनु भयो ।

  • पर्वत
  • बर्दिया
  • बाँके
  • राँझा
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    नवरात्रमा पशुपति क्षेत्रका नौ महाशक्ति पीठमा विशेष पूजा

  • आश्विन शुक्ल द्वितीयाः विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरियो

    आश्विन शुक्ल द्वितीयाः विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरियो

  • Post Thumbnail

    अष्टमातृका नाच सुरु

  • थारू बस्तीमा हुर्डुङग्वा नाचको रौनक

    थारू बस्तीमा हुर्डुङग्वा नाचको रौनक

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २७ गते मंगलबार

    २०८३ असोज २७ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी

    खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी

    Post Thumbnail

    बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्

    Post Thumbnail

    थारू संस्कृति र परम्परा चिनाउने सङ्ग्रहालय

    Post Thumbnail

    वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution