Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
ललितपुर

अष्टमातृका नाच सुरु

परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने ललितपुरको पाटनको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको अष्टमातृका नाच (गँः प्याखँ) सुरु भएको छ ।
रासस ४२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार (१ दिन अघि)
Post Thumbnail

ललितपुर, २६ असोजः परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने ललितपुरको पाटनको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको अष्टमातृका नाच (गँः प्याखँ) सुरु भएको छ ।

हरेक वर्ष घटस्थापनाको दिनदेखि सुरु भएर ११ दिनसम्म मनाइने यो जात्रा यस वर्षपनि परम्परागत विधि तथा धार्मिक आस्थाका साथ प्रदर्शन गरिने अष्टमातृ नाच प्रवन्ध समितिका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिनुभयो ।

मल्लकालीन राजा श्रीनिवास मल्लको पाला (नेपाल संवत् ७८४) देखि प्रदर्शनमा ल्याइएको यो तान्त्रिक नृत्य करिब ३६२ वर्ष पुरानो मानिन्छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) को दिन ललितपुरको नकबहिल परिसरमा विधिवत् पूजा सम्पन्न गरेर यो नाचको प्रारम्भ गरिन्छ ।

उक्त ऐतिहासिक नाचले नेवा सभ्यताको मौलिकता, धार्मिक विश्वास र सांस्कृतिक वैभवलाई जीवन्त बनाउँदै आएको छ । उहाँले भन्नुभयो । नाच प्रबन्ध समितिका अध्यक्ष शाक्यले अनुसार नेवार समुदायको शाक्य र बज्राचार्य वंशका कलाकारहरू सहभागी हुने यो नाच मल्लकालीन राजा श्रीनिवास मल्लको शासनकाल (नेपाल संवत् ७८४) देखि सुरु भएका बताउनुभयो ।

देशमा शान्ति, सुरक्षा र समृद्धि कायम गर्ने तथा मानव जीवनका आठ वटा महाभय (जल, अग्नि, सिंह, सर्प, हात्ती, चोर, झ्यालखाना र भूतप्रेत) बाट मुक्ति पाउने जनविश्वासका साथ नाच सुरु गरिएको इतिहास छ ।

आज बिहान बाजागाजासहित नागबहाल–पट्को हुँदै मङ्गलबजार पुगेका देवगणलाई तलेजुका पुजारी राजोपाध्याय ब्राह्मणले पूजा गरी मूलचोकमा प्रवेश गराएसँगै यो नाच औपचारिक रूपमा सर्वसाधारणका लागि प्रदर्शन गरिएको हो ।

सुरुका चार दिन नकबहिलबाट सुरु भई पाटन दरबार क्षेत्रको मूलचोकमा नाच समापन गरिन्छ । त्यसपछिका पाँच दिन रातिको समयमा कातिक डबलीमा नाच देखाइने परम्परा छ ।

फूलपाती र विजयादशमीका दिन दिउँसो मूलचोकमा तथा अन्तिम दिन अर्थात् एकादशीका दिन नकबहिल डबलीमा विशेष नृत्य प्रदर्शन गरी यस वर्षको अष्टमातृका नाच समापन गरिने भएको छ ।

शक्तिको उपासनासँग सम्बन्धित यस नाचमा सहभागी १३ देवगणका लागि देवीदेवताका मखुण्डो, परम्परागत तान्त्रिक भेषभूषा र विशेष गरगहना पहि¥याइ मण्डलाकार बनाएर तान्त्रिक विधिपूर्वक नचाइन्छ ।

प्रत्येक देवगणको फरकफरक तान्त्रिक मुद्रा र भावभङ्गी हुने भएकाले यसलाई हेर्न स्थानीयवासी र संस्कृतिप्रेमीको ठूलो भीड लाग्ने गर्छ । यस नाचमा सिंघ्रिणी (श्वेत वर्ण), भैरव (नील वर्ण), गणेश (श्वेत वर्ण), कुमार (रक्त वर्ण), ब्रम्हायणी (कुकुम वर्ण), महेश्वरी (श्वेत वर्ण), कौमारी (रक्त वर्ण), वैष्णवी (हरित वर्ण), बाराही (रक्त वर्ण), इन्द्रायणी (कुुकुम वर्ण), चामुण्डा (रक्त वर्ण), महालक्ष्मी (रक्त वर्ण), व्याघ्रिणी (पीत वर्ण) का १३ देवगणहरू सहभागी हुन्छन् ।

युवा वाद्ययवादक शैलेन्द्र शाक्य विगत २६ वर्षदेखि अष्ठमातृका नाचमा कौमारी, भैरव बनेर, आयर्म बज्राचार्यले सिंघ्रिणी र सुप्रिन्स शाक्यले समेत विगत दश वर्षदेखि व्यघ्रिणीको भूमिकामा नाच्दै आएका छन् ।

आहारविहार शुद्धी गरी घटस्थापनाको अघिल्लो रात तन्त्र साधना गरिसकेपछि बिहान न्याखाचुकको नित्यनाथ मन्दिर प्राङ्गणमा देवगण कलेवर पोसाक, गरगहनासहित तर मुकुन्डो नलगाई त्यहाँबाट क्रमबद्ध भएर नागबहाल हुँदै नकवहिल पुग्ने गर्छन् ।

  • बारा
  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    नवरात्रमा पशुपति क्षेत्रका नौ महाशक्ति पीठमा विशेष पूजा

  • आश्विन शुक्ल द्वितीयाः विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरियो

    आश्विन शुक्ल द्वितीयाः विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरियो

  • थारू बस्तीमा हुर्डुङग्वा नाचको रौनक

    थारू बस्तीमा हुर्डुङग्वा नाचको रौनक

  • Post Thumbnail

    नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २७ गते मंगलबार

    २०८३ असोज २७ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

    घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

    प्रस्तावित राजदूतको सुनुवाइ जारी

    प्रस्तावित राजदूतको सुनुवाइ जारी

    Post Thumbnail

    अर्थमन्त्री बैंकक प्रस्थान

    Post Thumbnail

    विद्यालय भवन निर्माण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution