
भक्तपुर, २५ असोजः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बागमती प्रदेशलाई योग, स्वास्थ्य र समृद्धिको नमुना प्रदेश बनाउने घोषणा गर्नुभएको छ । पतञ्जली योग समितिले आज भक्तपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले बागमती प्रदेशका नागरिकको पहुँचमा योग र स्वस्थ जीवनशैली पुर्याउन ‘प्रादेशिक योगपरिषद्’ निर्माण गर्ने बताउनुभयो ।
मुख्यमन्त्री थापाले भक्तपुरलाई योग, शिक्षा, स्वास्थ्य र पर्यटनको एकीकृत केन्द्रका रूपमा रूपान्तरण गर्दै बागमती प्रदेशका १३ वटै जिल्लामध्ये एक मुख्य नमुना जिल्ला बनाउने आधारशिला तयार भइरहेको बताउनुभयो ।
बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत गठित प्रादेशिक योग समितिका सदस्य एवं पतञ्जली योग समितिका महासचिव डा नवराज काफ्लेले प्रादेशिक योग परिषद् निर्माणको प्राविधिक तथा नीतिगत गृहकार्य द्रुत गतिमा भइरहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका संरक्षक बालमुकुन्द सुवाल, कार्यक्रमका सभापति तथा पतञ्जली योग समिति नेपालका अध्यक्ष सुदर्शन सुवेदीलगायतले देशभर योगसाधनाको प्रचारप्रसार, साधकको सशक्तीकरणलाई पुर्याउनुपर्ने बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |