Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा गोपालप्रसाद भट्टले पुँजी बजारलाई सेयर कारोबारमा मात्र सीमित नराखी ग्रामीण अर्थतन्त्र, उत्पादनमूलक क्षेत्र र आमनागरिकको आर्थिक जीवनसँग जोड्नुपर्ने बताउनुभएको छ ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २५, आईतबार (१ घण्टा अघि)
पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट

काठमाडौँ, २५ असोजः नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा गोपालप्रसाद भट्टले पुँजी बजारलाई सेयर कारोबारमा मात्र सीमित नराखी ग्रामीण अर्थतन्त्र, उत्पादनमूलक क्षेत्र र आमनागरिकको आर्थिक जीवनसँग जोड्नुपर्ने बताउनुभएको छ ।

मिडिया इन्टरनेसनलले आज काठमाडौँमा शुभारम्भ गरेको ‘सम्भावना’ कार्यक्रममा अध्यक्ष भट्टले पुँजी बजारको दायरा विस्तार गरी देशको आर्थिक विकास र उत्पादन वृद्धिसँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले आमनागरिकले पुँजी बजारलाई मुख्यतः सेयर किनबेचका रूपमा बुझ्ने गरेको उल्लेख गर्दै यसको वास्तविक उद्देश्य, सम्भावना र आर्थिक विकासमा पुर्‍याउनसक्ने योगदानबारे व्यापक जनचेतना आवश्यक रहेको बताउनुभयो ।

“पुँजी बजारलाई सीमित क्षेत्रको कारोबारका रूपमा मात्र नभई देशको आर्थिक विकासका लागि आवश्यक पुँजी परिचालन गर्ने महत्वपूर्ण माध्यमका रूपमा बुझ्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “पुँजी बजारको पहुँच विस्तार गर्दै यसलाई देशको उत्पादन, उद्यमशीलता र ग्रामीण अर्थतन्त्रसँग जोड्नसके आर्थिक विकासका नयाँ अवसर सिर्जना गर्न सकिनेछ ।”

अध्यक्ष भट्टका अनुसार नेपालमा पुँजी बजारको चर्चा हुँदा प्रायः नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हुने सेयर कारोबार, बजार परिसूचकमा आउने उतारचढाव तथा लगानीकर्ताले कमाउने वा गुमाउने रकमलाई प्राथमिकता दिने गरिएको छ । यद्यपि, पुँजी बजारको भूमिका सेयर कारोबारमा मात्र सीमित नरहेको उहाँको भनाइ छ ।

पुँजी बजारले लगानी गर्न चाहने व्यक्ति तथा संस्थाबाट पुँजी आवश्यकपर्ने क्षेत्रसम्म वित्तीय स्रोत परिचालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । सेयरसँगै बन्ड तथा अन्य धितोपत्रमार्फत पुँजी जुटाउन सकिने भएकाले उद्योग, व्यवसाय तथा सरकारले आवश्यक वित्तीय स्रोत प्राप्त गर्न यसले सहयोग पुर्‍याउने उहाँको भनाइ छ ।

उहाँले उद्योगी-व्यवसायी तथा पुँजी आवश्यकपर्ने क्षेत्रलाई बैंकिङ प्रणालीमा मात्र निर्भर रहनुपर्ने अवस्था अन्त्य गर्दै पुँजी बजारमार्फत प्रत्यक्ष रूपमा स्रोत जुटाउनसक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । पुँजी बजारको प्रभावकारी विस्तारले देशभित्रका उत्पादनमूलक क्षेत्र तथा उद्यमशील गतिविधिमा लगानी बढाउन सहयोग पुग्ने र त्यसबाट आर्थिक विकासका थप अवसर सिर्जना गर्न सकिने उहाँले बताउनुभयो ।

कार्यक्रममा मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले देशभित्रै रहेका युवालाई आर्थिक अवसर तथा सम्भावना पहिचान गर्न सहयोग गर्ने उद्देश्यले ‘सम्भावना’ कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले देशभित्र विभिन्न क्षेत्रमा आर्थिक सम्भावना रहे पनि तिनको पहिचान, खोजी र प्रवद्र्धन पर्याप्त हुन नसकेको बताउनुभयो । युवाको क्षमता र सीपअनुसार अवसर खोज्न प्रेरित गर्नुका साथै देशभित्रै उद्यम, व्यवसाय र रोजगारीका सम्भावना उजागर गर्न कार्यक्रम अघि बढाइएको उहाँको भनाइ छ ।

“देशभित्र विभिन्न क्षेत्रमा आर्थिक सम्भावना भए पनि ती सम्भावनाको पहिचान, खोजी र प्रवद्र्धन पर्याप्त हुन सकेको छैन”, अध्यक्ष निर्दोषले भन्नुभयो, “युवालाई आफ्नो क्षमता र सीपअनुसार अवसर खोज्न प्रेरित गर्ने तथा देशभित्रै उद्यम, व्यवसाय र रोजगारीका सम्भावना उजागर गर्ने उद्देश्यले हामीले यो कार्यक्रम अघि बढाएका छौँ ।”

पुँजी बजारको पहुँच विस्तार, उत्पादनमूलक क्षेत्रमा लगानी प्रवद्र्धन तथा युवालाई स्वदेशमै उद्यमशीलताका अवसरसँग जोड्ने प्रयासले देशको आर्थिक विकासमा योगदान पुर्‍याउनसक्ने अपेक्षा गरिएको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति

  • Post Thumbnail

    मापसे गरी रात्रिकालीन बस चलाउने दुई चालक पक्राउ

  • बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर

    बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर

  • Post Thumbnail

    धनुषाको छ स्थानमा यात्रु सहायता कक्ष स्थापना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति

    सुदूरपश्चिम खेलको उर्वर भूमि होः मुख्यमन्त्री भट्ट

    सुदूरपश्चिम खेलको उर्वर भूमि होः मुख्यमन्त्री भट्ट

    Post Thumbnail

    मापसे गरी रात्रिकालीन बस चलाउने दुई चालक पक्राउ

    पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट

    पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution