Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नवलपुर

बाढीपीडितलाई लायन्सद्वारा २६ लाखको राहत सामग्री

गत असोज ११ गते नारायणी नदीमा आएको बाढीबाट प्रभावित भएका नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-२ का बासिन्दालाई राहत सामग्री वितरण गरिएको छ ।
रासस १०५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २५, आईतबार (२ घण्टा अघि)
Post Thumbnail

नवलपुर (नवलपरासी), २५ असोजः गत असोज ११ गते नारायणी नदीमा आएको बाढीबाट प्रभावित भएका नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-२ का बासिन्दालाई राहत सामग्री वितरण गरिएको छ । लायन्स क्लब अन्तरराष्ट्रिय डिस्ट्रिक्ट ३२५ आरले यहाँका बाढी पीडितलाई आज रु २६ लाख बराबरको अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु प्रदान गरेको हो ।

क्लबका डिस्ट्रिक्ट गभर्नर प्रभाकर पण्डितले परिवारका लागि आवश्यक पर्ने सम्पूर्ण खाद्यान्न तथा उपभोग्य वस्तु २०० परिवारलाई वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिपरिवार हाइजेन किट, पानी, बाल्टी, खाना पकाउने सामग्री (डेक्ची, डाडु, पन्युलगायत), कालो म्याट, त्रिपाल, खाद्य पदार्थ (दाल, चामल, नुन, तेलसहित), सिरक, डसना, तन्ना र सिरानी प्रदान गरिएको छ ।

लायन्स क्लब अन्तरराष्ट्रियबाट प्राप्त सहयोगमा स्थानीय क्लबले सहकार्य गरी राहत सामग्री वितरण गरेको उहाँले जानकारी दिनुभयो । गैँडाकोटका बाढीपीडितलाई राहत सामग्री वितरण गर्न लायन्स क्लब अन्तरराष्ट्रियबाट १५ हजार अमेरिकी डलर सहयोग प्राप्त भएको पण्डितले बताउनुभयो ।

“उक्त रकमबाट हामीले बाढी आउनेबित्तिकै यहाँका सम्पूर्ण बाढीपीडितका लागि चार छाक खाना खुवाएका थियौँ”, उहाँले भन्नुभयो, “यो राहत सामग्री केही दिन अगाडि बाँड्ने तयारी हुँदा मौसम प्रतिकुल भएपछि आज वितरण गरेका हौँ ।”

गत असोज ११ गते नारायणी नदीमा इतिहासकै सबैभन्दा ठूलो बाढी आएको थियो । नदीको देवघाटस्थित जलमापन केन्द्रका अनुसार ११ गते दिउँसो नदीमा पानीको सतह ११ दशमलव ९३ मिटर पुगेको थियो । नारायणी नदीमा सात दशमलव तीन मिटर पानीको सतहलाई चेतनाको तह र नौ मिटरलाई खतराको तहका रूपमा लिने गरिएको छ ।

  • नवलपरासी
  • नवलपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    चितवनका आठ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

  • राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित

    राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित

  • बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

    बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

  • कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

    कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित

    Post Thumbnail

    चितवनका आठ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

    राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित

    राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित

    बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

    बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution