Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
जनकपुरधाम

जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

बडादसैँका अवसरमा मधेस प्रदेशको राजधानी जनकपुरधाम झकिझकाउ पारिएको छ । बडा दसैँलाई भव्य, सभ्य र व्यवस्थित रूपमा मनाउन यहाँका प्रमुख शक्तिपीठ तथा देवी मन्दिरमा पूजाआजा र दर्शनको व्यवस्थापनसहित सहर सजाउने काम पूरा भएको छ ।
रासस ११०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २५, आईतबार (२ घण्टा अघि)
Post Thumbnail

जनकपुरधाम, २५ असोजः बडादसैँका अवसरमा मधेस प्रदेशको राजधानी जनकपुरधाम झकिझकाउ पारिएको छ । बडा दसैँलाई भव्य, सभ्य र व्यवस्थित रूपमा मनाउन यहाँका प्रमुख शक्तिपीठ तथा देवी मन्दिरमा पूजाआजा र दर्शनको व्यवस्थापनसहित सहर सजाउने काम पूरा भएको छ ।

जनकपुरधामका सडकमा स्वागतद्वार निर्माण गरिएका छन् भने सडक चोकलाई आकर्षक रूपमा सजाइएको छ । बडादसैँका अवसरमा श्रद्धालु भक्तजनको सहज आवागमन तथा पूजाआजालाई व्यवस्थित बनाउन विभिन्न तयारी गरिएको छ ।

जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरसहित अन्नपूर्णा मन्दिर, बौद्धिमाई मन्दिर, कपिलेश्वरस्थित जेठी राजदेवी मन्दिर, बूढियामाई स्थान, पीडरियामाई स्थान, पल्टिमाई तथा वैष्णवी देवी मन्दिरलगायत शक्तिपीठमा पूजाआजा र दर्शनको व्यवस्थापन मिलाइएको श्रीराम युवाक्लब जनकपुरधामका अध्यक्ष विजयकुमार साहले जानकारी दिनुभयो ।

राजदेवी मन्दिरको व्यवस्थापन महावीर युवा कमिटीले गर्दै आएको छ भने अन्नपूर्णा र बौद्धिमाई मन्दिरको व्यवस्थापन राम युवा कमिटीले गरिरहेको छ । त्यस्तै कपिलेश्वर क्षेत्रको जेठी राजदेवी मन्दिर, महारानीमाईलगायत शक्तिपीठको व्यवस्थापन हरिदनाथ युवा कमिटी तथा सम्बन्धित समितिले गर्दै आएका छन् ।

बडादशैँका अवसरमा जनकपुरधामका शक्तिपीठमा पूजाआजा तथा दर्शनका लागि नेपालका विभिन्न जिल्ला र सीमावर्ती भारतीय क्षेत्रबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजन आउने गरेका छन् । विशेषगरी राजदेवी मन्दिरमा दर्शनार्थीको चाप बढ्ने भएकाले भक्तजनलाई सहज रूपमा पूजाआजा र दर्शन गर्ने वातावरण मिलाउन आवश्यक तयारी गरिएको अध्यक्ष साहले बताउनुभयो ।

महावीर युवा कमिटीका अध्यक्ष दीपककुमार साहले सम्भावित भीडलाई ध्यानमा राख्दै मन्दिर परिसरको व्यवस्थापन, दर्शन तथा पूजाआजालाई सहज बनाउने र धार्मिक कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी पूरा गरिएको बताउनुभयो ।

उहाँले बडादसैँका अवसरमा मिथिलाको मौलिक कला, संस्कृति र लोकपरम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो । उहाँकाअनुसार दसैँ अवधिमा मिथिलाको विशिष्ट लोकनृत्य झिझिया, भजनसन्ध्या तथा रावण दहनलगायत कार्यक्रम सञ्चालन गरिनेछ ।

धार्मिक आस्था, सांस्कृतिक उत्सव र सामाजिक सद्भावको सङ्गमका रूपमा रहेको बडादसैँका लागि जनकपुरधामका शक्तिपीठ सजाइएका छन् । चाडपर्वलाई शान्तिपूर्ण र सुरक्षित बनाउन धनुषा प्रहरीले पनि विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले चाडपर्वका बेला हुने भीडभाड व्यवस्थापन तथा सुरक्षा अवस्थालाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार चाडपर्वलाई ध्यानमा राखेर लामो दूरीका सवारीसाधनमा जाँच, नियमित गस्ती तथा बैंक र वित्तीय संस्था, सुनचाँदी पसल र मोटरसाइकल चोरी नियन्त्रणका लागि विशेष सुरक्षा कार्ययोजना लागू गरिएको छ ।

विशेष सुरक्षा योजनाअन्तर्गत जिल्लाभर ७० वटा पिकेट, ४६ वटा पैदल गस्ती, सात वटा बजार अनुगमन टोली, सात वटा विशेष अपरेसन टोली, १५ वटा विपद् प्रतिकार्य टोली तथा १३ वटा गाडी र मोबाइल टोली परिचालन गरिनेछ । त्यस्तै लालगढमा एउटा चेकप्वाइन्ट सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।

सीमावर्ती क्षेत्र तथा संवेदनशील स्थानमा विशेष निगरानी बढाउनुका साथै विभिन्न तहका गस्तीलाई प्रभावकारी बनाइएको छ । चाडपर्व लक्षित सुरक्षा व्यवस्थापनका लागि एक हजार २११ जना प्रहरी जनशक्ति परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

यसैबीच, दसैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै जनकपुरधाममा सस्तो बजार सञ्चालन गरिएको छ । विगत ४० वर्षदेखि सञ्चालन हुँदै आएको उक्त बजारमा उपभोक्ताले दैनिक उपभोग्य सामग्रीदेखि चाडपर्वमा आवश्यकपर्ने विभिन्न सामान एउटै स्थानबाट सहुलियत मूल्यमा खरिद गर्न पाउने छन् ।

जनकपुरधामस्थित गोपाल धर्मशालामा सुरु भएको सस्तो बजारमा यस वर्ष १५० भन्दाबढी प्रदर्शनी कक्ष राखिएका छन् । खाद्यान्न, साबुन, सर्फ, चियापत्ती, अगरबत्ती, भाँडाकुँडा तथा कपडालगायत दैनिक जीवनमा आवश्यकपर्ने सामग्री बिक्रीका लागि राखिएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

चाडपर्वका बेला उपभोक्तालाई एउटै स्थानबाट आवश्यक सामग्री सहज र सहुलियत मूल्यमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन हुँदै आएको दसैँ बजारप्रति सर्वसाधारणको आकर्षण बर्सेनि बढ्दै गएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

धार्मिक तथा सांस्कृतिक गतिविधि, सुरक्षा व्यवस्थापन र सहुलियत बजार सञ्चालनसँगै जनकपुरधाममा बडादसैँको रौनक बढेको छ । मन्दिरमा पूजाआजा, सांस्कृतिक कार्यक्रम र किनमेलका लागि सर्वसाधारणको चहलपहल बढ्दै जाँदा मिथिलाको धार्मिक तथा सांस्कृतिक केन्द्र जनकपुरधाम दसैँमय बनेको छ ।

  • जनकपुरधाम
  • धनुषा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    चितवनका आठ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

  • राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित

    राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित

  • बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

    बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

  • कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

    कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित

    Post Thumbnail

    चितवनका आठ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

    राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित

    राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित

    बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

    बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution