Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
ललितपुर

व्यवसायमैत्री कानुन निर्माण आवश्यक छ : अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायमैत्री कानुन निर्माण र नीतिगत सुधारमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २३, शुक्रबार (१ दिन अघि)
Post Thumbnail

ललितपुर, २३ असोज : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायमैत्री कानुन निर्माण र नीतिगत सुधारमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।

ललितपुर उद्योग वाणिज्य सङ्घको आज आयोजित ४७औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले सरकारसँग व्यवसायमैत्री कानुन निर्माण र नीतिगत सुधारका विषयमा महासङ्घले निरन्तर संवाद गरिरहेको जानकारी बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले व्यवसायसँग सम्बन्धित कानुन तथा अध्यादेशमा सुधारका लागि सुझाव दिइएको र हालै ३६ बुँदे सुझावपत्र सरकारसमक्ष पेस गरिएकोसमेत जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नीति निर्माण र कानुनी सुधारका छलफलमा निजी क्षेत्रलाई औपचारिक उपस्थितिमा मात्रै सीमित गर्नु हुँदैन, निजी क्षेत्रलाई केवल साक्षीका रूपमा होइन, मुख्य सरोकारवालाका रूपमा सहभागी गराइनुपर्छ, प्रधानमन्त्री कार्यालयसँग लगानी प्रवर्द्धनसम्बन्धी अवधारणामा काम भइरहेको छ, अर्थमन्त्रीबाट १६ वटा ऐन सुधारको काम भएको छ ।”

उहाँले युवा उद्यमी तथा स्टार्टअप व्यवसायलाई प्रवर्द्धन गर्न सरकारले ल्याएका सहुलियतपूर्ण कर्जा कार्यक्रमको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । नवीन उद्यमीको पहिचान र कर्जा प्राप्त गर्ने प्रक्रियामा देखिएका अस्पष्टता हटाउनुपर्ने उहाँको भनाइ थियो ।

ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महानगरपालिकाले ललितपुर उद्योग वाणिज्य सङ्घसँग समन्वय र सहकार्यमा उद्योगी व्यवसायीका हितमा काम गर्दै आएकाले आगामी दिनमा प्रभावकारी समन्वय र सहकार्य जारी रहने प्रतिबद्धता जनाउनुभयो ।

ललितपुरमा प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले उद्योग व्यवसायलाई प्रविधिमैत्री बनाउन आग्रह गर्दै विदेशी लगानी भित्र्याउनसमेत आग्रह गर्नुभयो । सङ्घका अध्यक्ष विश्वराज बज्राचार्यले विपद्बाट व्यवसायमा हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारीमा लगानी बढाउनुपर्ने र नीतिगत सुधारका क्रममा निजी क्षेत्रलाई मुख्य सरोकारवालाका रूपमा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।

साधारणसभाले सङ्घको नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुसन महर्जन र महासचिव भूमि नन्दन कर्माचार्य चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • क्रियाशील पत्रकार मञ्चकोे अध्यक्षतामा राससकर्मी गिरी

    क्रियाशील पत्रकार मञ्चकोे अध्यक्षतामा राससकर्मी गिरी

  • Post Thumbnail

    कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

  • Post Thumbnail

    एमाले केन्द्रीय कमिटीका दश मनोनीत

  • Post Thumbnail

    विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता

    धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता

    Post Thumbnail

    बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

    Post Thumbnail

    खोटाङ्गेको सामूहिक प्रयासः स्वाद र स्वास्थ्यका लागि ‘रैथाने खाजा’ घर सञ्चालन

    पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

    पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution