Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको शुक्रबार भएको मतदानको आज बिहान सम्पन्न मतगणनामा सभापतिका उम्मेदवार थापाले छ हजार ५८४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन संयोजक प्रेमबहादुर खड्काले जानकारी दिनुभयो ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २४, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २४ असोजः नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको शुक्रबार भएको मतदानको आज बिहान सम्पन्न मतगणनामा सभापतिका उम्मेदवार थापाले छ हजार ५८४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन संयोजक प्रेमबहादुर खड्काले जानकारी दिनुभयो ।

निर्वाचनमा सभापति थापाका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभयो । निर्वाचनमा सात हजार १३ मत खसेकामा ५४ मत बदर भएको थियो । विसं २०४६ को जनआन्दोलनका क्रममा कक्षा ९ मा पढ्दै गर्दा आन्दोलनमा सहभागी हुनुभएका थापा झण्डै चार दशकपछि कांग्रेसको नेतृत्वमा पुग्नुभएको हो ।

नवनिर्वाचित सभापति थापाले २०४६ सालमा बालकांग्रेसको सदस्यका रूपमा राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । विसं २०४८ मा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) काठमाडौँ वडा नं ३३ को सचिव बन्नुभएका उहाँ २०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य, २०५३ सालमा सचिव र २०५५ सालमा सभापति निर्वाचित हुनुभएको थियो ।

विंस २०५५ मा त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य बन्नुभएका थापा २०५७ सालमा नेविसङ्घको केन्द्रीय उपाध्यक्ष र २०५९ सालमा महामन्त्री बनेर विद्यार्थी राजनीतिलाई उचाइमा पुर्‍याउनुभएको थियो । विसं २०६१ मा राजाको प्रत्यक्ष शासनविरुद्धको आन्दोलनमा अग्रपङ्क्तिमा रहेर नेतृत्व गर्नुभएका थापामाथि राजद्रोहको मुद्दासमेत लागेको थियो ।

अन्तरराष्ट्रिय मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले उहाँलाई ‘आस्थाको बन्दी’ घोषणा गरेको थियो । २०६२/६३ सालको जनआन्दोलनमा गणतन्त्र र लोकतन्त्रको पक्षमा सक्रिय भूमिका निर्वाह गरेपछि उहाँ राष्ट्रिय राजनीतिमा थप चर्चित बन्नुभएको थियो ।

विंस २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद् बन्नुभएका थापा संविधान निर्माण, मौलिक हक, बालअधिकार, नागरिकता र ऊर्जा सुरक्षालगायत विषयमा सक्रिय रहनुभएकोे थियो । विसं २०७० मा काठमाडौँ क्षेत्र नम्बर ४ बाट निर्वाचित भएपछि संविधान मस्यौदा प्रक्रियामा योगदान पुर्‍याउनुभयो । विसं २०७१ मा कृषि तथा जलस्रोत समितिको सभापति बनेर कृषि, ऊर्जा र जलस्रोतसम्बन्धी नीतिगत बहसमा भूमिका खेल्नुभएको थियो ।

विंस २०७३ मा स्वास्थ्यमन्त्री बन्नुभएका थापाले आफ्नो नौ महिने कार्यकालमा स्वास्थ्य सेवा सुधार, स्वास्थ्य बिमा र चिकित्सा शिक्षा सुधारका विषयलाई प्राथमिकता दिनुभएको थियो । २०७४ र २०७९ सालको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा निर्वाचित हुँदै उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण र सुशासनका विषय संसदमा उठाउँदै आउनुभएको थियो ।

विंस २०७८ मा भएको कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित थापाले पार्टीभित्र नीतिगत बहस र सङ्गठन सुधारको पक्षमा काम गर्दै आउनुभएको थियो । विसं २०८२ भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि पार्टीभित्र युवा सहभागिता अगाडि बढाउनुपर्ने भन्दै पार्टीका अर्को महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर विशेष महाधिवेशन आह्वान गर्नुभएका थापा विशेष महाधिवेशनपछि पार्टी सभापति सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।

विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व लिनुभएका सभापति थापाले नौ महिनापछि पार्टीको १५औँ महाधिवेशन गरेर पुनः सभापति पदमा निर्वाचित हुनुभएको हो । राजनीतिसँगै अध्यापन, सञ्चार र सामाजिक अभियानमा समेत संलग्न उहाँले विद्यार्थी जीवनदेखि नै शिक्षा र सार्वजनिक सेवामा सुधारको वकालत गर्दै आउनुभएको थियो ।

थापाले युवालाई स्वदेशमै अवसर, सार्वजनिक शिक्षामा लगानी, स्वास्थ्य सेवामा समान पहुँच र सुशासनलाई उनले आफ्नो राजनीतिक यात्राका प्रमुख एजेन्डाका रूपमा अघि सार्दै आउनुभएको छ । विद्यार्थी राजनीतिबाट राष्ट्रिय नेतृत्वसम्मको उहाँको यात्रा नेपाली कांग्रेसको भावी दिशा, सङ्गठन सुधार र नयाँ पुस्ताको राजनीतिक सहभागितासँग जोडेर हेरिँदै आइएको छ ।

  • काठमाडौँ
  • त्रिभुवन विश्वविद्यालय
  • नेपाली कांग्रेस
  • प्रतिनिधिसभा
  • संसद
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित

  • Post Thumbnail

    कांग्रेसको १५औँ महाधिवेशन : सात हजार ३९ प्रतिनिधिद्वारा मतदान

  • व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ

    व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ

  • राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

    राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

    Post Thumbnail

    शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड

    सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

    सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

    Post Thumbnail

    विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution