Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

एमाले केन्द्रीय कमिटीका दश मनोनीत

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आजको स्थायी कमिटीको बैठकले विभिन्न जिल्लाका १० नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २४, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २४ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आजको स्थायी कमिटीको बैठकले विभिन्न जिल्लाका १० नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।

सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकले सो मनोनयन गरेको हो । महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्तिकाअनुसार मनोनीत हुनेमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पङ्गेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथप्रसाद साह (सिरहा), तेजमान कन्दङवा (तेह्रथुम), टङ्क आङ्बोहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डबल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) हुनुहुन्छ ।

यही असोज २२ गते सुरु भएर आज सकिएको बैठकले आगामी मङ्िसर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहने एमालेले जनाएको छ ।

बैठकले पार्टीका वडा कमिटीका अधिवेशन आगामी मङ्सिर २६ गते र गाउँपालिका तथा नगरपालिकास्तरीय कमिटीका अधिवेशन पुस ४ गते सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकको आरम्भमा पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकबाट वरिष्ठ नेतामा मनोनीत हुनुभएकी विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो ।

बैठकले मधेस प्रदेशसभामा पार्टीका सभासद् जैनब खातुनको निधनपछि रिक्त भएको समानुपातिकतर्फको स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, जिल्ला अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा सम्बन्धित जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी सङ्गठन कमिटीमा रूपान्तरण गर्ने र अनुमोदनका लागि माथिल्लो कमिटीमा पठाउने निर्णय बैठकले गरेको विज्ञप्तिमा जनाइएको छ ।

  • काठमाडौँ
  • कास्की
  • ताप्लेजुङ
  • तेह्रथुम
  • दोलखा
  • भोजपुर
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

  • Post Thumbnail

    विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

  • Post Thumbnail

    नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित

  • Post Thumbnail

    कांग्रेसको १५औँ महाधिवेशन : सात हजार ३९ प्रतिनिधिद्वारा मतदान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

    Post Thumbnail

    निसीखोलामा बाढीपहिरोबाट रु १० करोडको क्षति

    Post Thumbnail

    कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

    Post Thumbnail

    पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution