Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दाङ

विश्व दृष्टि दिवसः दाङका पत्रकारको निशुल्क आँखा परीक्षण

यस वर्षको विश्व दृष्टि दिवसका अवसरमा नेपाल नेत्रज्योति सङ्घले पत्रकारको निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २३, शुक्रबार (१ घण्टा अघि)
Post Thumbnail

दाङ, २३ असोजः यस वर्षको विश्व दृष्टि दिवसका अवसरमा नेपाल नेत्रज्योति सङ्घले पत्रकारको निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ । सङ्घद्वारा सञ्चालित राप्ती आँखा अस्पताल रक्षाचौरको आयोजना र नेपाल पत्रकार महासङ्घ दाङ शाखाको समन्वयमा पत्रकारहरूको निःशुल्क आँखा चेकजाँच गरिएको हो ।

नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, राष्ट्रिय समाचार समिति (रासस) दाङकी प्रमुख नारायणी रजौरेसहित जिल्लामा क्रियाशील २५ जना पत्रकारको आँखा परीक्षण गरिएको अस्पतालका सूचना अधिकारी बालाराम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षणका क्रममा आँखामा आवश्यक देखिएका पत्रकारलाई निःशुल्क चस्मा तथा औषधिसमेत वितरण गरिएको छ ।

सहप्राध्यापक डा रञ्जितकुमार शाहले पत्रकारिता पेसामा लामो समयसम्म कम्प्युटर, मोबाइल तथा अन्य डिजिटल उपकरणको प्रयोग गर्नुपर्ने भएकाले आँखाको स्वास्थ्यमा विशेष ध्यान दिन पत्रकारहरूलाई सल्लाह दिनुभयो । उहाँले नियमित आँखा परीक्षण गर्ने बानीको विकाससँगै समयमै आँखासम्बन्धी समस्याको पहिचान र उपचारमा सहयोग पुग्ने बताउनुभयो ।

यसअघि आजै विश्व दृष्टि दिवसका अवसरमा ‘आँखा स्वास्थ्य सेवामा पहुँच विस्तारमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम पनि राप्ती आँखा अस्पताल रक्षाचौर तुलसीपुरमा सम्पन्न भएको छ । आँखा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, आँखाका समस्या तथा रोगको समयमै पहिचान र उपचारका लागि सर्वसाधारणलाई सचेत बनाउने तथा गुणस्तरीय आँखा स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

आँखाको स्वास्थ्य सेवामा पहुँच विस्तार तथा दृष्टिविहीनता न्यूनीकरणका लागि सञ्चारकर्मीले जनचेतना अभिवृद्धिसँगै राज्यका सम्बन्धित निकायलाई जवाफदेही बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । कार्यक्रममा अस्पतालका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत शालिकराम गौतमले प्रस्तुत गर्नुभएको तथ्याङ्कअनुसार सबैभन्दा बढी दृष्टिविहीनको सङ्ख्या लुम्बिनी प्रदेशमा रहेको छ ।

कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घ दाङका अध्यक्ष कृष्णकुमार गिरीले आँखासम्बन्धी धेरै समस्या समयमै पहिचान र उपचार गर्न सके दृष्टिविहीनता न्यूनीकरण गर्न सकिने बताउनुभयो । उहाँले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म आँखा स्वास्थ्य सेवा पुर्‍याउन स्थानीय सरकार, स्वास्थ्य संस्था, गैरसरकारी संस्था र सञ्चारमाध्यमबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी नेपाल पत्रकार महासङ्घका अध्यक्ष सुवेदी, राससकी रजौरे, पत्रकार सुशील बस्नेतलगायतले आँखा स्वास्थ्यसम्बन्धी सचेतना र सेवाको अवस्थालाई समाचार, रेडियो कार्यक्रम, टेलिभिजन, अनलाइन तथा सामाजिक सञ्जालमार्फत समुदायसम्म पुर्‍याउन सके सर्वसाधारणमा समयमै उपचार गर्ने बानीको विकास गर्न सकिने धारणा राख्नुभएको थियो ।

सञ्चारकर्मीहरूले आँखा जाँच तथा उपचारका लागि उपलब्ध सेवाबारे सूचना प्रवाह गर्ने, सेवाबाट वञ्चित समुदायका समस्या उजागर गर्ने, निःशुल्क तथा सहुलियतपूर्ण आँखा उपचार सेवाको प्रचार गर्ने र सम्बन्धित निकायलाई सेवाको पहुँच विस्तारका लागि जवाफदेही बनाउने भूमिका निर्वाह गर्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण

  • Post Thumbnail

    सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

  • Post Thumbnail

    स्वास्थ्य अधिकार कार्यान्वयन र गुणस्तरीय सेवा प्रवाहमा ऐक्यबद्धता

  • Post Thumbnail

    इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सेवा सञ्चालन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मन्त्रिपरिषद्का चार निर्णयः भूकम्पीय जोखिम न्यूनीकरणदेखि खेलाडीलाई पुरस्कारसम्म

    मन्त्रिपरिषद्का चार निर्णयः भूकम्पीय जोखिम न्यूनीकरणदेखि खेलाडीलाई पुरस्कारसम्म

    Post Thumbnail

    ‘वल्र्ड न्युट्रिसन’ समिटमा नेपालको प्रतिनिधित्व गर्दै डा मन्सुर

    Post Thumbnail

    सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ मा टेकराज थलाल

    Post Thumbnail

    जेसीजको दौड प्रतियोगितामा बागलुङका कार्की विजयी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution