Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २४, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

मन्त्रिपरिषद्का चार निर्णयः भूकम्पीय जोखिम न्यूनीकरणदेखि खेलाडीलाई पुरस्कारसम्म

सरकारले भूकम्पीय जोखिम न्यूनीकरण, बिटौरी जग्गा दर्ता एवं एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
रासस १२५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २३, शुक्रबार (१ दिन अघि)
मन्त्रिपरिषद्का चार निर्णयः भूकम्पीय जोखिम न्यूनीकरणदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौँ, २३ असोजः सरकारले भूकम्पीय जोखिम न्यूनीकरण, बिटौरी जग्गा दर्ता एवं एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंकसँग नेपालको भूकम्पीय जोखिमसम्बन्धी विपद् ऋणपत्र (नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड) सम्बन्धी कार्यादेश सम्झौता (म्यान्डेट एग्रिमेन्ट) मा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

सूचना तथा सन्चारमन्त्री डा बिक्रम तिमिल्सिनाका अनुसार बैठकले बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिहरूका नाममा जग्गा दर्ता गर्ने सम्बन्धमा ‘समिति गठन आदेश, २०८३’ स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यसैगरी खेलकुद क्षेत्रतर्फ जापानको आइची–नागोयामा आयोजित २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी तथा कराँतेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

मन्त्रिपरिषद्ले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

  • काठमाडौँ
  • मन्त्रिपरिषद्
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता

    धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता

  • पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

    पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

  • Post Thumbnail

    सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ मा टेकराज थलाल

  • Post Thumbnail

    जेसीजको दौड प्रतियोगितामा बागलुङका कार्की विजयी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    साहित्यकार जोशीको कथासङ्ग्रह ‘बैसाखी’को लोकार्पण

    Post Thumbnail

    देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते

    Post Thumbnail

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    Post Thumbnail

    चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution