Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
चितवन

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सेवा सञ्चालन

इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको छ । इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार सङ्घीय सरकारको रु १४ करोड ५० लाख लागतमा निर्मित भवनमा १५ शय्या छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २२, बिहिबार (५० मिनेट अघि)
Post Thumbnail

चितवन, २२ असोजः इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको छ । इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार सङ्घीय सरकारको रु १४ करोड ५० लाख लागतमा निर्मित भवनमा १५ शय्या छ ।

यसअघि गाउँपालिका कार्यालय परिसरमा रहेको पुरानो भवनबाट अस्पताल सञ्चालन हुँदै आएको थियो । यस अस्पतालमा पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा भएका सवारी दुर्घटनाका बिरामीसमेत आउने गर्दछन् । गाउँपालिकाका अतिरिक्त छिमेकी पालिकाबाटसमेत यहाँ बिरामी आउने गरेको उहाँले जानकारी दिनुभयो ।

अस्पतालका मेडिकल अधिकृत डा अभिषेक लिम्बूले नवनिर्मित भवनबाट अस्पतालका उपलब्ध स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन हुने बताउनुभयो ।

नयाँ भवनमा सेवा सञ्चालनसँगै सेवाग्राहीलाई पहिलेभन्दा सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सकिनेछ । अस्पतालबाट प्रदान हुँदै आएको बहिरङ सेवा (ओपिडी), आकस्मिक सेवा (इमर्जेन्सी), प्रयोगशाला, एक्स–रेलगायतका स्वास्थ्य सेवासम्बन्धी सेवा अब नवनिर्मित भवनबाट सञ्चालन हुने उहाँको भनाइ छ ।

अस्पतालमा बिरामीलाई सेवा दिँदा दक्ष जनशक्ति कमी भएकाले सङ्घीय सरकारसँग थप जनशक्ति माग गरिएको छ । हाल अस्पतालमा पालिकाका दुई र बागमती प्रदेशको छात्रबृत्ति करारको एकगरी तीन जना चिकित्सक मात्र रहेका छन् । अस्पतालले चौबिसे घण्टा आकस्मिक सेवा दिँदै आएको छ । अस्पतालमा समयसमयमा विशेषज्ञ चिकित्सक बोलाएर सेवा दिने गरिएको छ । इच्छाकामना जिल्लाको एकमात्र गाउँपालिका हो । जहाँको अधिकांश भूगोल पहाडी रहेको छ ।

  • चितवन
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    चितवनको बधस्थल अस्तव्यस्त : ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका

  • आज  विश्व दृष्टि दिवस

    आज विश्व दृष्टि दिवस

  • Post Thumbnail

    गाँजासहित युवक पक्राउ

  • Post Thumbnail

    लागुऔषधसहित नौ जना पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    विचारः लोकतन्त्रको अबको यात्रा परिणाममुखी लोकतन्त्र

    विचारः लोकतन्त्रको अबको यात्रा परिणाममुखी लोकतन्त्र

    Post Thumbnail

    पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

    Post Thumbnail

    इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सेवा सञ्चालन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution