
म्याग्दी, २३ असोजः बेनीमा शुक्रबार सम्पन्न साविक धौलागिरि अञ्चल स्तरीय १० किलोमिटर दौड प्रतियोगितामा बागलुङका बादल कार्की विजयी भएका छन् । म्याग्दी जेसीज स्थापना भएको १० हजार दिन पूरा भएको अवसरमा आयोजना गरिएको प्रतियोगितामा १९ मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै कार्की विजयी भएका हुन् ।
बागलुङकै सक्षम बोहोरा दोस्रो, सोदीप सुवेदी तेस्रो, म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ भगवतिका मुलकसिंह खत्री चौथो र धौलागिरि गाउँपालिका-७ ताकमका सदेश केसी पाँचौँ भएका छन् । तेइस जनाले सहभागिता जनाएको प्रतियोगिता सिङ्गा तातोपानीदेखि बेनीसम्म सञ्चालन भएको थियो । विजेता, उपविजेता र तृतीयलाई क्रमशः नगद रु १५ हजार, १० हजार र सात हजारसहित पुरस्कृत गरिएको छ ।
प्रतियोगिता संयोजक शुस्मा खत्रीका अनुसार चौथोलाई रु पाँच हजार र पाँचौँलाई रु एक हजार प्रदान गरिएको छ । म्याग्दी जेसीजले नेपाल जेसीज क्षेत्र (ख) को राष्ट्रिय खेलकुद समितिको समन्वयमा असोज १८ गते आयोजना गरिएको प्रतियोगिता मनसुनजन्य विपद्का कारण छ दिन पछाडि सारिएको थियो ।
प्रतियोगितामा विजयीहरूलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ, नेपाल जेसीजका पूर्वअध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेशकुमार विश्वकर्मालगायतले पुरस्कार वितरण गरेका छन् ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |