Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति

मानव अधिकार तथा शान्ति समाजले मुगुका दलित समुदायका विपन्न २० जना बालिकालाई रु १० हजारका दरले रु दुई लाखको छात्रवृत्ति प्रदान गरेको छ ।
रासस ९५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २३, शुक्रबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २३ असोजः मानव अधिकार तथा शान्ति समाजले मुगुका दलित समुदायका विपन्न २० जना बालिकालाई रु १० हजारका दरले रु दुई लाखको छात्रवृत्ति प्रदान गरेको छ । दश विद्यालयका विपन्न दलित विद्यार्थीलाई रु १० हजारका दरले छात्रवृत्ति वितरण गरिएको हो ।

गमगढीमा सम्पन्न शान्ति समाज मुगु शाखाको जिल्ला साधारण सभामा वर्ष २०८३ को छात्रवृत्ति वितरण गरिएको समाजका उपनिर्देशक सरिता पौडेलले राससलाई जानकारी दिनुभयो । मुगु शाखा सभापति चित्रबहादुर मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका महासचिव प्रकाश शाही, सुर्खेत शाखा सभापति एसआर पाण्डे, सचिव रेशमबहादुर भण्डारीलगायतले शान्ति समाजको जलवायु न्याय र सद्भाव प्रवर्द्धन अभियानबारे प्रकाश पार्नुभएको थियो ।

शान्ति समाजले २०८० सालदेखि लगातार तीन वर्षसम्म ‘छोरी पढाऔँः गरिमा बढाऔँ’ भन्ने आह्वानसहित कर्णालीका बालिकाहरूलाई रु २७ लाख ९६ हजारको छात्रवृत्ति प्रदान गरेको थियो । सोही कार्यलाई निरन्तरता दिन २०८२ सालमा समाजले स्थापना गरेको अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमबाट विकट कर्णालीका २० जना बालिकालाई यस वर्षको छात्रवृत्ति प्रदान गरिएको हो ।

अक्षयकोषमा समाजका महासचिव प्रकाश शाहीबाट रु चार लाख, पूर्ववरिष्ठ उपसभापति कृष्णबहादुर रावलबाट रु तीन लाख, निवर्तमान सभापति रामकृष्ण बरालबाट रु दुई लाख, पूर्वसभापति होमकान्त चौलागाईबाट रु दुई लाख, शैशव खनालका अभिभावकबाट रु दुई लाख, आर्या पाण्डेका अभिभावकबाट रु दुई लाख, सभापति रेनुका पौडेलबाट रु एक लाख, संस्थापक सदस्य कृष्ण कँडेलबाट रु एक लाख, सल्लाहकार रामप्रसाद जोशीबाट रु एक लाख, केन्द्रीय सदस्य मणिराम दाहालबाट रु एक लाख गरी रु १९ लाख जम्मा भइसकेको छ ।

  • काठमाडौँ
  • मुगु
  • सुर्खेत
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    शिक्षा नियमावलीः शिक्षकलाई गाडी किन्न सहुलियत

  • Post Thumbnail

    त्रिविको वार्षिक बजेट बृद्धि, कुन शीर्षकमा कति ?

  • Post Thumbnail

    क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छः मन्त्री पोखरेल

  • Post Thumbnail

    सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति, पुनर्निर्माणका लागि सिफारिस

    Post Thumbnail

    बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

    Post Thumbnail

    खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

    Post Thumbnail

    मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution