Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बाँके

बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन किसानलाई समस्या हुन थालेको छ । जिल्लामा रहेका तालतलैया, नदी आसपास क्षेत्रमा रहेका जङ्गली धान यस वर्ष करिब ४० प्रतिशतसम्म मात्रै रहेका धानको स्थलगत अनुगमन गर्नुभएका धान प्रजननविज्ञ डा मुकुन्द भट्टराईले जानकारी दिनुभयो ।
रासस ५२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २३, शुक्रबार (१ घण्टा अघि)
Post Thumbnail

बाँके, २३ असोजः बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन किसानलाई समस्या हुन थालेको छ । जिल्लामा रहेका तालतलैया, नदी आसपास क्षेत्रमा रहेका जङ्गली धान यस वर्ष करिब ४० प्रतिशतसम्म मात्रै रहेका धानको स्थलगत अनुगमन गर्नुभएका धान प्रजननविज्ञ डा मुकुन्द भट्टराईले जानकारी दिनुभयो ।

उहाँले बाँकेलाई स्थानीय बाली र जङ्गली धानको अध्ययन केन्द्रका रूपमा विकास गर्न खोजिएको उल्लेख गर्दै यो धानको अवस्था कसरी घटेको भन्ने विषयमा अध्ययन गरिने बताउनुभयो । भट्टराइले भन्नुभयो, “जङ्गली धान मात्रै होइन, रैथाने बालीलाई पनि जोगाउन स्थानीय सरकारको समन्वयमा काम गर्ने प्रयास भइरहेको छ ।” यसको अध्ययन/अनुसन्धान गर्न करिब १० वर्ष लाग्ने उहाँको भनाइ छ ।

बैजनाथ गाउँपालिका-४ स्थित सुतैया ताल, डुडुवाका केही क्षेत्र, मानखोला आसपासका क्षेत्र र कोहलपुरका केही भागमा जङ्गली धान पाइने जनाउँदै धान प्रजननविज्ञ डा भट्टराइले त्यसको संरक्षण गरिए पनि उत्पादनमा कमी हुँदा अवस्था सङ्कटमा पर्नसक्ने जोखिम बढेको बताउनुभयो ।

वैशाखदेखि आफैँ विभिन्न तालतलैया र नदी आसपासका क्षेत्रमा हुर्किने बताउँदै असोजमा एक एक दाना सङ्कलन गरी धानको मूल बीउ जोगाउने प्रयास गरिएको अगुवा कृषक तथा जिन बैंक गाभर भ्यालीका प्रमुख पुरमल बस्नेतले जानकारी दिनुभयो । उहाँले जलवायु परिवर्तनको असर स्थानीय बाली र जङ्गली धानमा परेको उल्लेख गर्दै यस वर्ष विगतमा जस्तो उत्पादन नहुने भएकाले चिन्ता थपिएको बताउनुभयो ।

“यो धान जति पनि विकास भएका धानका प्रजाती छन् त्यसको मूल बीउ हो । यसलाई जोगाउने दायित्व हामी सबैको हो”, उहाँले भन्नुभयो । बस्नेतले यस वर्ष धेरै वर्षा भएकाले पनि जङ्गली धानको बीउ उत्पादनमा असर परेको जानकारी दिँदै यसमा स्थानीय तहको जागरुकता नभएको बताउनुभयो । उहाँका अनुसार यस धानको विस्तृत अध्ययन तथा अनुसन्धानका लागि श्रीलङ्काबाट विज्ञ टोली अबको केही दिनमा नै बाँके आउन थालेको छ ।

किसान बस्नेतले ‘धानको वंश’ बचाउन पनि जङ्गली धानको संरक्षणमा जोड दिँदै राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको अनुवांशिक स्रोत केन्द्र, खुमलटारले बाँके सहितका जिल्लामा जङ्गली धानको संरक्षण र प्रयोगबारे अध्ययन गरिरहेको बताउनुभयो । खास गरी बाँके, बर्दिया, कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, स्याङ्जालगायतका जिल्लामा सो धान पाउने गरिन्छ ।

बाँकेमा अघिल्लो वर्ष करिब चार बिघा क्षेत्रफलमा देखिएको सो धान अहिले सात कट्ठा जमिन क्षेत्रफलमा मात्रै रहेको छ । बाँकेमा धेरै मात्रामा निवारा रुफिपोगन गरी दुई प्रजातिको जङ्गली धान फेला परेको छ । धेरै क्षेत्रफलमा देखिएको जङ्गली धानको बीउ डिएनए परीक्षण गर्नका लागि केही वर्षअघि कैलालीबाट १० वटा र बाँकेबाट १२ वटा नमूना सङ्कलन भएको थियो ।

  • कपिलवस्तु
  • कैलाली
  • चितवन
  • पाल्पा
  • बाँके
  • स्याङ्जा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति, पुनर्निर्माणका लागि सिफारिस

  • आलेखः भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको छैन

    आलेखः भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको छैन

  • Post Thumbnail

    जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना

  • पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

    पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति, पुनर्निर्माणका लागि सिफारिस

    Post Thumbnail

    बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

    Post Thumbnail

    खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

    Post Thumbnail

    मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution