Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छः मन्त्री पोखरेल

काठमाडौँ २२ असोजः शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोग अनिवार्य हुनुपर्नेमा जोड दिनुभएको छ ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २२, बिहिबार (४५ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ २२ असोजः शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोग अनिवार्य हुनुपर्नेमा जोड दिनुभएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन स्मृति आज भवनमा आयोजित त्रिवि सभाको ६७औँ वार्षिक दिवसको बैठकमा अध्यक्षता गर्दै उहाँले विश्वविद्यालयलाई समयसापेक्ष, अनुसन्धानमुखी र अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउनुपर्ने बताउनुभएको छ ।

मन्त्री पोखरेलले प्रवेश परीक्षा, भर्ना, अध्ययन अध्यापनदेखि परीक्षा र नतिजा प्रकाशनसम्मका सबै प्रक्रिया समय तालिका अनुसार सञ्चालन गर्न पदाधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।

क्यालेन्डर प्रभावित भएमा त्यसको स्पष्ट कारण र सुधारको समयसीमा सार्वजनिक गर्नुपर्ने उहाँको भनाइ छ । यस सन्दर्भमा उहाँले निर्देशन दिँदै भन्नुभयो, “प्रवेश परीक्षा, विद्यार्थी भर्ना, अध्ययन अध्यापनको समयावधि, प्रभावकारी आन्तरिक मूल्याङ्कन, अन्तिम परीक्षाको नतिजा प्रकाशन, मार्कसिट, ट्रान्सक्रिप्ट र प्रमाणपत्र वितरणको यथार्थ समय तालिका र प्रविधिको उच्चतम प्रयोग गरी विद्यार्थीहरूलाई सेवा प्रवाह गर्न ठोस कार्ययोजना बनाई अगाडि बढ्न सम्बन्धित पदाधिकारीहरूलाई निर्देश गर्दछु । कुनै कारणले क्यालेन्डर प्रभावित भए त्यसको सार्वजनिक कारण र सुधारको समयसीमा पनि सार्वजनिक गर्न सम्बन्धित सबैलाई अनुरोध गर्दछु ।”

परीक्षा प्रणालीमा फेरबदल गर्दै अब विद्यार्थीले कति लेख्यो भन्दा पनि उसले कति सिक्यो भन्ने कुराको मापन गर्नुपर्ने मन्त्री पोखरेलको जोड थियो । रटेको ज्ञानभन्दा व्यावहारिक र सिर्जनशील जनशक्ति उत्पादन गर्नुपर्ने औँल्याउँदै उहाँले थप्नुभयो, “परीक्षामा विद्यार्थीले कति लेख्यो मात्र होइन, उसले कति सिक्यो भन्ने पनि मापन गरौँ । अब रटेको ज्ञान होइन, समस्या समाधान गर्ने क्षमता, सिर्जनशीलता, अनुसन्धान क्षमता र व्यावहारिक दक्षता विकास गर्न सक्ने गरी अध्यापन र अनुसन्धान कार्यमा संलग्न रहन सम्बन्धित प्राध्यापकज्यूहरूलाई समेत अनुरोध गर्न चाहन्छु ।”

देशका विभिन्न समस्याको समाधान खोज्न विश्वविद्यालयले अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा पनि उहाँले विशेष जोड दिनुभयो । अनुसन्धान र नवप्रवर्तनबारे बोल्दै उहाँले भन्नुभयो, “नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक, वातावरणीय तथा प्राविधिक समस्याको समाधान खोज्ने अनुसन्धानलाई विश्वविद्यालयले अझ प्राथमिकता दिनुपर्छ । ज्ञान उत्पादन र त्यसको प्रयोगबीचको दूरी घटाउन सके मात्र विश्वविद्यालयको अनुसन्धानले राष्ट्रिय विकासमा थप प्रभावकारी योगदान दिन सक्छ ।”

विश्वविद्यालयका सम्पूर्ण सुधारको केन्द्रबिन्दु विद्यार्थी हुनुपर्ने स्पष्ट पार्दै मन्त्री पोखरेलले कृत्रिम बुद्धिमत्तालगायत प्रविधिलाई अवसरका रूपमा लिनुपर्ने बताउनुभयो । विद्यार्थी केन्द्रित सुधार र प्रविधिको प्रयोगबारे उहाँले प्रष्ट पार्नुभयो, “विश्वविद्यालयका सम्पूर्ण सुधारको केन्द्रमा विद्यार्थी हुनुपर्छ । विद्यार्थीका गुनासा, आवश्यकता र आकांक्षालाई सुन्ने तथा समाधान गर्ने प्रभावकारी संयन्त्र विकास गर्न आवश्यक छ । कृत्रिम बुद्धिमत्तालगायत नयाँ प्रविधिलाई चुनौतीका रूपमा मात्र नभई ज्ञान र नवप्रवर्तनको नयाँ अवसरका रूपमा ग्रहण गर्दै यसको जिम्मेवार र नैतिक प्रयोगका लागि आवश्यक नीति तथा क्षमता विकास गर्नुपर्ने देखिन्छ ।”

  • काठमाडौँ
  • त्रिभुवन विश्वविद्यालय
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी

  • Post Thumbnail

    मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

  • Post Thumbnail

    गण्डकीका ११ सामुदायिक विद्यालय ‘स्टिम ल्याब’ कार्यक्रमका लागि छनोट

  • Post Thumbnail

    भीमदत्तको छात्रवृत्ति कार्यक्रमः एमबिबिएस पढ्दै दुई विद्यार्थी, छोरी–बुहारीलाई सहयोग

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने

    ऊर्जामन्त्रीद्वारा ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा जोड

    ऊर्जामन्त्रीद्वारा ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा जोड

    Post Thumbnail

    एमाले स्थायी कमिटीः वरिष्ठ नेता भण्डारीको शपथ

    Post Thumbnail

    क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छः मन्त्री पोखरेल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution