Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राँझा

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित मुख्य शाखा कार्यालयले सञ्चालन गरेको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित भएका छन् ।
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २३, शुक्रबार (४४ मिनेट अघि)
Post Thumbnail

राँझा (बाँके), २३ असोजः चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित मुख्य शाखा कार्यालयले सञ्चालन गरेको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित भएका छन् । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट चामल आयतमा नेपालगञ्ज भन्सार कार्यालयले कडाइ गरेपछि उपभोक्ता सहुलियत दरमा चामल खरिद गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सहुलियत बिक्री केन्द्र पुग्न थालेका हुन् ।

दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी नेपालगञ्जमा सहुलियत बिक्री केन्द्र सञ्चालन गरेर सबै प्रकारका चामलमा प्रतिक्विन्टल रु ५०० छुटको व्यवस्था गरेपछि भोक्ताको आकर्षण लिमिटेडका सूचना अधिकारी शिवराज घिमिरेले जानकारी दिनुभयो । “चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको केन्द्रबाट चाडपर्व अवधिभर १०० क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिइएको छ”, उहाँले भन्नुभयो, “हालसम्म ७५ क्विन्टल भन्दा बढी बिक्री भइसकेको छ ।”

घिमिरेका अनुसार बिक्री केन्द्रबाट अरुवा मोटा, अरुवा मध्यम, मध्यम सिल्की, स्टिम मसिनो जिरा र स्टिम जिरा फोर्टिफाइड चामल बिक्री भइरहेको छ कार्यालयले बजार मूल्यभन्दा कम दरमा विभिन्न प्रकारका चामल बिक्री गर्दै आएपछि उपभोक्ताले खरिदमा प्रत्यक्ष आर्थिक लाभ पाएका छन् । सहुलियत मूल्यमा बिक्री हुने चामलको दर बजार मूल्यको तुलनामा कम रहेकाले चामल खरिदमा उपभोक्ताको आकर्षण देखिएको उहाँको भनाइ छ ।

एक सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य रहे पनि उक्त कोटा सकिएपछि बिक्रीवितरण विभाग प्रधान कार्यालय काठमाडौँसँगको समन्वयमा आवश्यक कोटा थप गर्न सकिने सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

  • काठमाडौँ
  • बाँके
  • राँझा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

  • Post Thumbnail

    भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग

  • Post Thumbnail

    भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

  • Post Thumbnail

    आवास खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति, पुनर्निर्माणका लागि सिफारिस

    Post Thumbnail

    बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

    Post Thumbnail

    खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

    Post Thumbnail

    मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution