Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गौर

गौरमा स्थानीय अगुवालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रशिक्षण

विपद्को समयमा गरिने उद्धार, राहत वितरण तथा खोज कार्यमा स्थानीय तह, नागरिक समाज र सुरक्षा निकायबीच समन्वयसहित सहकार्य
रासस ११२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार (१ दिन अघि)
Post Thumbnail

गौर, २१ असोजः विपद्को समयमा गरिने उद्धार, राहत वितरण तथा खोज कार्यमा स्थानीय तह, नागरिक समाज र सुरक्षा निकायबीच समन्वयसहित सहकार्य हुनुपर्नेमा जोड दिइएको छ ।

गौर नगरपालिकाद्वारा यहाँ आयोजित ‘स्थानीयस्तरमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण’मा सहभागी वक्ताले व्यावहारिक तथा सैद्धान्तिक ज्ञानसहित समुदायस्तरमा सचेतना जगाउनुपर्ने खाँचो औँल्याउनुभयो ।

कार्यक्रममा गौर नगरपालिकाका प्रमुख शम्भु साहले जुनसुकै समयमा विपद्को सामना गर्नुपर्ने यथार्थलाई दृष्टिगत गरी जोखिम न्यूनीकरण तथा नियन्त्रण र पूर्वतयारीलाई समुदायस्तरमा विस्तार गर्नुपर्ने बताउनुभयो । विपद्सम्बन्धी सचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ ।

बाढी, डुबान, आगलागी, हुरी, भूकम्पजस्ता विपद्जन्य घटनाबाट तराई क्षेत्र प्रभावित हुने गरेको उल्लेख गर्दै उहाँले त्यसबाट हुने जनधनको क्षति न्यूनीकरण तथा व्यवस्थापनमा हरेक व्यक्ति, परिवार तथा समाज सचेत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी बल गौरका प्रहरी नायब उपरीक्षक दुर्गा भट्टले मुलुकको विशिष्ट भूगोल र मौसमका कारण बर्सेनि हुने गरेको जनधनको क्षति न्यूनीकरण तथा रोकथामका लागि व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षणसहित समुदायलाई सचेत गराउनुपर्ने बताउनुभयो ।

यसैगरी, गौर नगरपालिकाका शिक्षा शाखा प्रमुख सुजन पौडेल, विपद् व्यवस्थापन शाखा प्रमुख रोशनीकुमारी श्रेष्ठले विद्यालयस्तरीय पाठ्यक्रममा विपद्सँग सम्बन्धित विषयलाई समेट्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै, महिलालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी तालिमको थप व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।

कार्यक्रमका सहभागीले तालिमबाट प्राप्त ज्ञान र सीपले विपद् जोखिम नियन्त्रण तथा न्यूनीकरणमा सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो । एकदिने सो प्रशिक्षण कार्यक्रममा गौर नगरपालिकाका नौ वटै वडाका ४५ जना स्थानीय अगुवा महिला स्वयम्सेविका सहभागी हुनुहन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

  • Post Thumbnail

    निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

  • Post Thumbnail

    कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

  • Post Thumbnail

    जुम्लामा आज सार्वजनिक बिदा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आज  विश्व दृष्टि दिवस

    आज विश्व दृष्टि दिवस

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    Post Thumbnail

    कृषि मौसम सल्लाहसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा जोड

    Post Thumbnail

    लमजुङका पाँच स्थानमा यात्रु सहायता कक्ष

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution