Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले नजिकिँदो दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी जिल्लाका विभिन्न सात स्थानमा नागरिक÷यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २२, बिहिबार (५२ मिनेट अघि)
Post Thumbnail

कास्की, २२ असोजः जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले नजिकिँदो दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी जिल्लाका विभिन्न सात स्थानमा नागरिक÷यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने तथा बढी भाडा असुली, टिकटमा कालोबजारी, ठगी, चोरी तथा डकैतीलगायतका समस्या हुनसक्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रण गर्न सहायता कक्ष स्थापना गरिएको प्रहरी वरिष्ठ नायब निरीक्षक यामनाथ पनेरुले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखरा बसपार्क, बेगनास बसपार्क, तालचोक, छोरेपाटन बरको बोट, पर्यटक बसपार्क, बाग्लुङ बसपार्क र हरिचोकमा उक्त कक्ष स्थापना गरिएको छ ।

सहायता कक्षमार्फत यात्रुलाई आवश्यक सूचना उपलब्ध गराउने, यात्राका क्रममा देखिएका समस्या र गुनासो तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको प्रहरी वरिष्ठ नायब निरीक्षक पनेरुले बताउनुभयो ।

यात्रु सहायता कक्षको शुभारम्भ गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङले सार्वजनिक यातायातमा यात्रुले समस्या भोग्नु नपरोस् भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको बताउनुभयो । “चाडपर्वको समयमा कास्कीका विभिन्न स्थानबाट घर फर्किने र भित्रने यात्रुको सङ्ख्या ठूलो हुन्छ । उनीहरुको सुरक्षा र सहज यात्राका लागि प्रहरी परिचालन गरिएको छ । सहायता कक्षमा खटिने प्रहरीले यात्रुलाई आवश्यक सहजीकरण गर्नेछन्,” प्रजिअ गुरुङले भन्नुभयो ।

सहायता कक्षमा यात्रुले आफूलाई परेको समस्या वा गुनासो राख्न सक्नेछन् । सुरक्षामा असर पार्ने कुनै गतिविधि देखिएमा तत्काल जानकारी गराउन प्रहरीले आग्रह गरेको छ । चाडपर्वका बेला यात्रुको चापसँगै सवारीसाधनको आवागमन बढ्ने भएकाले दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्राथमिकतामा राखेर प्रहरी परिचालन गरिएको कास्कीका प्रहरी प्रमुख नवीन कार्कीले बताउनुभयो ।

“क्षमताभन्दा बढी यात्रु राख्ने, तीव्र गतिमा सवारी चलाउने, तोकिएभन्दा बढी भाडा लिने वा अन्य कुनै किसिमको गैरकानुनी गतिविधि भएमा नजिकैको प्रहरी वा सहायता कक्षमा यात्रुले जानकारी गराउन सक्नेछन्,” प्रहरी प्रमुख कार्कीले भन्नुभयो । सहायता कक्षको स्थापनाले यात्रुको गुनासो तत्काल सुन्ने, आवश्यक सूचना उपलब्ध गराउने तथा समस्या परेका यात्रुलाई प्रहरीको पहुँचमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

चाडपर्वका समयमा घर तथा गन्तव्यतर्फ यात्रा गर्ने सर्वसाधारणले टिकट तथा भाडाका विषयमा सचेत रहन, अपरिचित व्यक्तिले दिएको सामान नलिन तथा आफ्ना साथमा रहेका महत्वपूर्ण कागजात, नगद तथा सामानको सुरक्षा आफैँले गर्न प्रहरीले अनुरोध गरेको छ ।

  • कास्की
  • बाग्लुङ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    जुम्लामा आज सार्वजनिक बिदा

  • Post Thumbnail

    तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

  • Post Thumbnail

    चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

  • Post Thumbnail

    तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि…

    धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि…

    Post Thumbnail

    कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना

    Post Thumbnail

    जुम्लामा आज सार्वजनिक बिदा

    Post Thumbnail

    तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution