
जुम्ला, २२ असोजः कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको छ ।
हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन प्रसिद्ध धार्मिकस्थल चन्दननाथ र भैरवनाथ मन्दिरमा लिङ्गो तान्ने कार्यक्रम हुने भएकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव लक्ष्मीकुमार विकले जानकारी दिनुभयो ।
हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन चन्दननाथ र भैरवनाथ मन्दिरमा लिङ्गो तान्ने गरिन्छ । मन्दिरको वार्षिक स्थापना दिवसका दिन पुरानो लिङ्गो निकालेर नयाँ लिङ्गो ठड्याउने परम्परा रहिआएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |