Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

गण्डकीका ११ सामुदायिक विद्यालय ‘स्टिम ल्याब’ कार्यक्रमका लागि छनोट

गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटा सामुदायिक विद्यालयमा विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणित शिक्षालाई प्रयोगात्मक तथा प्रविधिमैत्री बनाउने
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

कास्की, २० असोजः गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटा सामुदायिक विद्यालयमा विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणित शिक्षालाई प्रयोगात्मक तथा प्रविधिमैत्री बनाउने उद्देश्यले ‘स्टिम प्रयोगशाला’ स्थापना तथा सञ्चालनका लागि अनुदान दिने भएको छ ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विकास महाशाखाले चालु आर्थिक वर्षका लागि स्वीकृत वार्षिक विकास कार्यक्रम माध्यमिक तहमा ‘स्टिम ल्याब’ स्थापना र सञ्चालन कार्यक्रमअनुसार प्रदेशका ११ विद्यालय छनोट गरेको हो ।

प्रस्ताव पेस गरेका विद्यालयमध्येबाट सोमबार अनुदानका लागि छनोट गरिएको हो । ती विद्यालयले रु चार लाखका दरले अनुदान प्राप्त गर्ने महाशाखा प्रमुख घनश्याम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ११ विद्यालयका लागि कुल रु ४४ लाख अनुदान उपलब्ध हुनेछ ।

“स्टिम ल्याब स्थापना भएपछि विद्यालय तहमा विज्ञान तथा प्रविधिसम्बन्धी विषयको अध्ययनलाई केबल सैद्धान्तिक ज्ञानमा सीमित नराखी प्रयोग, परीक्षण र अभ्याससँग जोड्न सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।

विद्यार्थीलाई विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणितका विषयमा प्रयोगात्मक रूपमा सिक्ने वातावरण तयार गर्ने उद्देश्यले सरकारले यस्तो कार्यक्रम अघि बढाएको महाशाखा प्रमुख पौडेलले जानकारी दिनुभयो ।

मन्त्रालयले अनुदानका लागि छनोट गरेका विद्यालयमा कास्कीको मादी गाउँपालिका–७ घाचोकस्थित धनुबास कालिका माध्यमिक विद्यालय, गोरखाको धार्चे गाउँपालिका–५ गुम्दास्थित सूर्योदय माध्यमिक विद्यालय र गोरखा नगरपालिका–१० छेबेटारस्थित तारा माध्यमिक विद्यालय छन् ।

यसैगरी, तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालय कार्यक्रममा समेटिएको छ । नवलपुरबाट हुप्सेकोट गाउँपालिका–३ गिरुवारीस्थित सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालय, मध्यविन्दु नगरपालिका–२ कोल्हुवास्थित कुमारवर्ती माध्यमिक विद्यालय, गैँडाकोट नगरपालिका–३ ढोडेनीस्थित कृष्ण गण्डकी माध्यमिक विद्यालय र हुप्सेकोट गाउँपालिका–९ जुगेपानीस्थित सूर्यज्योति माध्यमिक विद्यालय छनोट भएका छन् ।

बागलुङको बरेङ गाउँपालिका–२ बराहकोटस्थित पुरुषोदय माध्यमिक विद्यालय, म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालय र स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मट्टीखानस्थित चण्डीडाँडा माध्यमिक विद्यालयमा प्रयोगशाला स्थापना हुनेछ ।

कार्यक्रमका लागि छनोट भएका विद्यालयले प्राप्त गर्ने अनुदान रकमबाट कार्यक्रमको प्रकृति र आवश्यकताअनुसार प्रयोगशाला स्थापना तथा सञ्चालनका लागि आवश्यक सामग्री, उपकरण तथा अन्य पूर्वाधार व्यवस्थापन गर्नसक्ने मन्त्रालयले जनाएको छ ।

यसबाट विद्यार्थीले आफूले कक्षाकोठामा पढेका विषयलाई प्रयोग तथा अभ्यासमार्फत बुझ्ने अवसर प्राप्त गर्ने भएकाले शिक्षण सिकाइ प्रभावकारी बन्ने विश्वास गरिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • कास्की
  • गोरखा
  • तनहुँ
  • नवलपुर
  • म्याग्दी
  • स्याङ्जा
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    भीमदत्तको छात्रवृत्ति कार्यक्रमः एमबिबिएस पढ्दै दुई विद्यार्थी, छोरी–बुहारीलाई सहयोग

  • Post Thumbnail

    मनकामना केबलकार मङ्गलबार बन्द रहने

  • शैक्षिक क्षेत्रका व्यक्तित्सवलाई सम्मान र पुरस्कार प्रदान

    शैक्षिक क्षेत्रका व्यक्तित्सवलाई सम्मान र पुरस्कार प्रदान

  • Post Thumbnail

    उच्च शिक्षा सुधारबारे मधेसमा उच्चस्तरीय संवाद

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    Post Thumbnail

    चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution