Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सडक जामको समाधान खोजौं ! (सम्पादकीय)

प्रत्यूष २६७८ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १७, मंगलबार (४ साल अघि)
सडक जामको समाधान खोजौं ! (सम्पादकीय)

धादिङ,१७ जेठ ।
वर्खायाम सुरु भएसंगै सडक जाम पनि सुरु भएको छ । केही समयदेखी देशका विभिन्न सहरहरुमा भित्रिने सवारी साधनहरु लामो समयसम्म जाममा पर्ने गरेका कारण नागरिकहरुले दुःख पाइरहेका गुनसोहरु गर्दै आइरहेका छन् । संघीय संरचना पछिको गठन भएको तीनै तहको सरकारले सडक यातायातमा आमुल परिवर्तन गरिरहेको बताए पनि सान्तोषजनक अवस्था भने आईसकेको छैन।

केही समय अघिमात्रै प्रदेश सरकारका आर्थिक योजना तथा कानुनमन्त्रीको क्रियाशीलतामा नागढुंगादेखी धादिङसम्मका विभिन्न स्थानहरुमा देखिएको यातायात जाम तथा ट्राफिक समस्याहरुको समाधान गर्ने भनी केही प्रयास भने भएको थियो । त्यस किसिमको प्रयासले पूर्णता पाउन नसक्दा अहिले पनि नागरिहले सास्ती भोग्नु परिरहेको अवस्था छ ।

नेपालको सन्दर्भमा सडक यातायातको क्षेत्रमा सामान्य तथा छोटो समयसम्म जाम पर्नु सामान्य कुरा हो । तर, सरकार वा अन्य सरोकारवाला निकायबाट जति क्रियाशीलताका साथ काम गरिरहेको बताइएपनि सडक जामको अन्त्य हुन सकेको छैन ।

एउटा नागरिक देशको राजधानी काठमाण्डौ जानुपर्दा काठमाण्डौको नाका भित्रिन मात्रै २०/२५ किलोमिटर भित्रै पनि घण्टौ जाम पर्ने अवस्था छ,यसलाई आम सरोकारवाला नागरिकहरुबाटै सहयोगको आवश्यक छ, जतिबेला नागरिक तथा आम यात्रुहरुले सडक जाम पर्नसक्ने कुरालाई मध्यनजर गर्दै सचेतना अपनाउँछन् त्यति बेला मात्रै लामो समयको जामको हलहुन सक्दछ अन्यथा आम यात्रुले दुःख पाइरहनुपर्ने अवस्था छ ।

अहिले मुख्यगरी सडक क्षेत्रमा हुने वाढी पहिरोको पनि मुख्य समस्या छ । सामान्य खालको पानीको वार्षा हुँदा समेत सडकमा माटो तथा पहिरोको समस्या भैरहने अवस्था छ । वर्षायामको सुरुवाती अवस्थामा सामान्य किसिमको पानी पर्दा समेत सडक जामले यो स्थिति ल्याउदा हप्तौं दिनसम्म वर्षा हुने समयमा हाम्रो सडकमा संचालनमा आएको सवारीको अवस्था के होला ? के यो विषयमा सरोकारवालाहरुले सोचेको होलान् त ? कि राष्ट्रिय सडकहरुमा यातायात सुचारु गर्न सक्ने हैसियतमा हामी आमनागरिकहरुले भुमीका खेल्न सक्दैनौं ?

हाम्रा जनप्रतिनिधिहरुको पनि केही भूमीका छैन ? सडक तथा यातायातका क्षेत्रमा देखिएका वा सृजना भएका आम समस्याहरु ट्राफिक प्रहरी वा सडक बोर्ड विभागहरुले मात्रै गर्ने हो ? यो विषयमा गम्भीरताका साथ सोचौं । नयाँ नेपालको परिकल्पना गरिरहेको हामी आमनागरिकहरु बाटै यस्तो समस्याको समाधानका बारेमा सोचियो भने यो समाधानका लागि धेरै दिन कुर्नु पर्दैन । यात्रुवाहकहरुले यात्राको क्रममा कति स्पिडमा जाने, ओभरटेक कसरी कहाँ र कुन अवस्थामा गर्ने ?

यात्रुहरुले कहाँ बाटो काट्ने र कहाँ नकाट्ने, राज्यको नेतृत्व गर्नेहरुले सडक मर्मत, सुधार तथा भौतीक पूर्वाधारको अवस्था व्यवस्थित गर्न के गर्ने भन्ने लगायतका विषयमा मात्रै सोच्न सकियो भने पनि सडक जामको अवस्थामा सुधार आउन सक्छ । दुर्घटना न्युनीकरण लगायतका विषयमा पनि यसको मुख्य भूमीका रहेका कारण सबैले समयमै सोचौं । सडक जाम मात्रै हलभयो भने आम नागरिकहरुको दैनिकीमा सहजता आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

    Post Thumbnail

    मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

    Post Thumbnail

    मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

    Post Thumbnail

    कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution