Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
वीरगञ्ज

‘अधिकार रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता हुनुपर्छ’

मधेशवादी दलका नेताहरूले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त संवैधानिक अधिकार रक्षाको निम्ति मधेशवादी दलबीच एकता हुनुपर्ने आवश्यकता औँल्याएका
रासस ४२६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

वीरगञ्ज (पर्सा), १७ असोजः मधेशवादी दलका नेताहरूले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त संवैधानिक अधिकार रक्षाको निम्ति मधेशवादी दलबीच एकता हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै नेताहरूले महिला, मधेसी, दलित तथा उत्पीडित समुदायको संवैधानिक अधिकार कटौती हुने खतरा बढ्दै गएको उल्लेख गर्दै त्यसको रक्षा गर्दै थप अधिकारका निम्ति एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भन्नुभयो, “विगतका राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिमाथि खतरा उत्पन्न भएको छ, अधिकार, पहिचान र प्राप्त उपलब्धिको रक्षाका लागि पुनःसङ्घर्ष गर्नुपर्ने समय आएको छ, नेपालमा अझै पनि मधेसी समुदाय विभेद र उत्पीडनमा रहेको छ ।”

मधेसवादी दलका धेरै राजनीतिक मुद्दा समान रहेको उल्लेख गर्दै उहाँले फरक–फरक रूपमा अघि बढ्नुभन्दा सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । अध्यक्ष यादवले राज्यका निकायमा मधेसी समुदायको जनसङ्ख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमासमेत जोड दिनुभयो ।

नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले मधेसवादी दल सत्ता केन्द्रित राजनीतिभन्दा जनकेन्द्रित राजनीति र परिणाममुखी राजनीतिक संस्कार हुनुपर्नेमा जोड दिनुभयो ।

मधेस, आदिवासी जनजाति, दलित, मुस्लिम, थारू, महिला तथा सबै उत्पीडित र सीमान्तकृत समुदायको अधिकार सुनिश्चित नगरी समतामूलक नेपाल निर्माण गर्न नसकिने उहाँको भनाइ छ ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय सदस्य तथा मधेस प्रदेश अध्यक्ष अमिताभ बच्चन दासले सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त उपलब्धि र अधिकारको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि वीरगञ्जमा सुरु भएको छ । महाधिवेशनले नयाँ केन्द्रीय कार्यकारिणी समिति चयन गर्नेछ । अध्यक्ष पदमा वर्तमान अध्यक्ष डा चन्द्रकान्त (सीके) राउतको मात्रै उम्मेदवारी परेको छ । तर, अन्य पदमा भने प्रतिस्पर्धा हुनेछ ।

विभिन्न पदमा कुल १०३ जनाले उम्मेदवारी दिएका छन् । सात उपाध्यक्षका लागि १४ जना, महासचिवमा तीन जना, उपमहासचिवमा दुई जना र सात सचिव पदका लागि १० जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै, केन्द्रीय कार्यकारिणी समिति सदस्य पदका लागि ७३ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • जनता समाजवादी पार्टी
  • जनमत पार्टी
  • पर्सा
  • वीरगञ्ज
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • रास्वपाको केन्द्रीय समिति बैठकः स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

    रास्वपाको केन्द्रीय समिति बैठकः स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

  • Post Thumbnail

    प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान

  • ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै

    ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै

  • संविधान र गणतन्त्र पक्षधर शक्तिबीच सहकार्य आवश्यक : दाहाल

    संविधान र गणतन्त्र पक्षधर शक्तिबीच सहकार्य आवश्यक : दाहाल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १७ गते शनिबार

    २०८३ असोज १७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दसैँका लागि काठमाडौँ उपत्यकाबाट घर फर्किन थाले यात्रु

    रास्वपाको केन्द्रीय समिति बैठकः स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

    रास्वपाको केन्द्रीय समिति बैठकः स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

    Post Thumbnail

    चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

    आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल

    आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution