Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

सुक्खायाममा १५० मेगावाट विद्युत् आयात गर्न बोलपत्र आह्वान गरिने

आगामी सुक्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिदका लागि अन्तरराष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ३, बिहिबार (१६ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, ३ मङ्सिरः आगामी सुक्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिदका लागि अन्तरराष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।

प्राधिकरणले सन् २०२७ जनवरीदेखि मेसम्म चौबिसै घण्टा (आरटिसी) विद्युत् आपूर्ति गर्नेगरी भारतीय विद्युत् व्यापारिक कम्पनीसँग प्रतिस्पर्धात्मक दरमा विद्युत् खरिद गर्न लागेको हो ।

प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार १५० मेगावाट विद्युत् आरटिसी मोडमा खरिद गर्ने प्रस्ताव अघि बढाइएको छ । पछिल्ला दुई–तीन वर्षदेखि सुक्खायाममा आन्तरिक उत्पादनले माग धान्न नसक्दा भारतको विद्युत् पावर एक्सचेन्ज (आइईएक्स) को डे अहेड मार्केट (डिएएम) र रियल टाइम मार्केट (आरटीएम) बाट विद्युत् खरिद हुँदै आएको छ ।

यस वर्ष भोटेकोशी नदीमा आएको हिमबाढीले निर्माणाधीन तथा सञ्चालनमा रहेका विद्युत् आयोजनामा क्षति पुर्‍याउँदा करिब ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ । यसले आगामी सुक्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण हुने देखिएको छ ।

प्राधिकरणको विद्युत् व्यापार विश्लेषण समितिले गत भदौ २५ गते जनवरीदेखि मेसम्म १५० मेगावाट विद्युत् आरटिसी मोडमा खरिद गर्न व्यवस्थापनसमक्ष सिफारिस गरेको थियो । समितिले आवश्यकताअनुसार भारतीय पावर एक्सचेन्जबाट थप विद्युत् खरिद गर्न र अप्रिल तथा मे महिनामा माग बढ्ने भएकाले बजारको अवस्था हेरी थप खरिदको निर्णय लिन सुझाव दिएको थियो ।

आगामी सुक्खायामसम्म राष्ट्रिय विद्युत् प्रणालीमा करिब ३०० मेगावाट क्षमताका नयाँ आयोजना जोडिने अपेक्षा गरिएको भए पनि नदीमा पानीको बहाव घट्दा ती आयोजनाबाट करिब ९० मेगावाट मात्रै विद्युत् उत्पादन हुने अनुमान छ । त्यसैले आन्तरिक उत्पादनबाट माग धान्न कठिन हुने प्राधिकरणको आकलन छ ।

यसअघि प्राधिकरणले १५० मेगावाट विद्युत् खरिदका लागि भारतका तीन कम्पनीसँग दर प्रस्ताव माग गरेको थियो । तीमध्ये एनटीपीसी ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रतियुनिट भारु ६ रुपैयाँ ९० पैसा, मनिकरण इनर्जी लिमिटेडले ८ रुपैयाँ ५० पैसा र एसजेभीएन लिमिटेडले ९ रुपैयाँ प्रस्ताव गरेका थिए ।

सबैभन्दा कम दर प्रस्ताव गरेको एनटीपीसी ट्रेडिङ कर्पोरेसनलाई प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार असोज १६ गते आशयपत्र जारी गरिएको थियो । असोज २९ गते विद्युत् खरिद सम्झौताका लागि बोलाइएकामा कम्पनीले भोलिपल्ट पत्र पठाउँदै प्रस्तावित दरमा सम्झौता गर्न नसक्ने जनाएको थियो ।

कम्पनीले भूराजनीतिक अनिश्चितता, कोइला तथा अन्य इन्धनको मूल्यवृद्धि, विश्वव्यापी मौसम परिवर्तन, एल निनो प्रभाव र भारतभित्रै विद्युत्को माग बढेको कारण देखाउँदै पुरानो दर पुनरावलोकन गर्नुपर्ने जनाएको थियो ।

यसैबीच, भारतीय विद्युत् बजारको डे अहेड मार्केटमा गत असोजको औसत बजार समायोजन मूल्य प्रतियुनिट नेपाली रु ११ रुपैयाँ ७४ पैसा अर्थात् भारतीय भारु ७ रुपैयाँ ३४ पैसा पुगेको थियो । बजार मूल्य बढेकाले यसअघि प्रस्तावित दरमा सम्झौता हुन नसकेको प्राधिकरणको भनाइ छ ।

पुरानो प्रस्तावमा सम्झौता हुन नसकेपछि प्राधिकरणले नयाँ प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाउन लागेको हो । अन्तरराष्ट्रिय बोलपत्रमार्फत भारतीय विद्युत् व्यापारिक कम्पनीबाट प्रस्ताव माग गरी प्रतिस्पर्धी दरमा विद्युत् खरिद गर्ने प्राधिकरणको योजना छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    आर्थिक/बजार सम्बन्धि थप
  • Post Thumbnail

    चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत

  • Post Thumbnail

    लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

  • धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित

    धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित

  • Post Thumbnail

    नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सुक्खायाममा १५० मेगावाट विद्युत् आयात गर्न बोलपत्र आह्वान गरिने

    Post Thumbnail

    आगलागीबाट बालआश्रममा एक करोड बढीको क्षति

    सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग

    सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग

    Post Thumbnail

    साइबर तथा डिजिटल वित्तीय ठगीको उजुरी १२४७ मा गर्न सकिने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution