Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नारायणगढ

राप्ती नदी सफाइ

राप्ती नदीको उद्गमस्थलदेखि अन्तिम बिन्दुसम्म एकै दिन एकैसाथ सरसफाइ गरिएको अभियान पहिलो भएको आयोजकले दाबी गरेको छ ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ३, बिहिबार (१२ मिनेट अघि)
Post Thumbnail

नारायणगढ (चितवन), ३ मङ्सिरः राप्ती नदीको उद्गमस्थलदेखि अन्तिम बिन्दुसम्म एकै दिन एकैसाथ सरसफाइ गरिएको अभियान पहिलो भएको आयोजकले दाबी गरेको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानको आयोजनामा यही मङ्सिर १ गते मङ्गलबार मकवानपुरको भीमफेदीदेखि चितवनको गोलाघाटसम्म १४ स्थानमा एकैसाथ सरसफाइ गरिएको अभियानका संयोजक अपिल घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार अभियानमा ८९७ जना स्वयंसेवक सहभागी भएका थिए भने नदी किनारबाट तीन हजार ६५० किलो फोहोर सङ्कलन गरिएको थियो । प्लास्टिकजन्य फोहोर, कपडा, उद्योग तथा सवारीसाधनबाट निस्कने फोहोर र स्वास्थ्य संस्थाजन्य फोहोर सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो ।

मकवानपुरको भीमफेदीस्थित राप्ती मुहानदेखि हेटौँडा हुँदै चितवनका लोथर, कुमरोज, सौराहा ड्याक, बूढी राप्ती ढुङ्गा घाट, खगेरी खोला, बीसहजारी ताल क्षेत्र, चितवन राष्ट्रिय निकुञ्जको कसरा क्षेत्र, बुद्धनगर, मेघौली र गोलाघाटलगायत १४ स्थानमा सरसफाइ गरिएको थियो ।

अभियानमा स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि, सामुदायिक वन, मध्यवर्ती उपभोक्ता समिति, नेपाली सेना, नेपाल प्रहरी, अभियानकर्मी तथा समुदायमा आधारित चोरीसिकार नियन्त्रण दस्ता (सिबिएपियू) का सदस्यहरूको सहभागिता रहेको थियो ।

घिमिरेले २०७२ सालदेखि सञ्चालन हुँदै आएको अभियानले राप्ती नदीको सरसफाइ तथा संरक्षणमा सहयोग पु¥याउँदै आएको बताउनुभयो । विगत चार वर्षदेखि मङ्सिर १ गतेलाई राप्ती नदी दिवसका रूपमा मनाउन थालिएको उहाँले जानकारी दिनुभयो । गत वर्ष करिब चार हजार किलो फोहोर सङ्कलन गरिएकामा यस वर्ष तीन हजार ६५० किलो सङ्कलन भएको उहाँले बताउनुभयो ।

नदीमा बढ्दो मानवीय चाप, प्लास्टिकजन्य फोहोर तथा अन्य प्रदूषणले जलचर र वन्यजन्तुको बासस्थानमा असर पार्दै गएको भन्दै उहाँले उद्योगबाट निस्कने फोहोर, सवारीसाधनबाट हुने प्रदूषण र खेतबारीमा प्रयोग हुने विषादी नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो । वर्षमा एक दिन सरसफाइ गरेर मात्र नदी स्वच्छ नहुने भएकाले नियमित सरसफाइ र प्रदूषण नियन्त्रणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ ।

मकवानपुरको भीमफेदी क्षेत्रबाट उद्गम भई विभिन्न सहायक नदीहरूसँग जोडिँदै हेटौँडा, मनहरी र चितवन राष्ट्रिय निकुञ्ज हुँदै पश्चिम चितवनको गोलाघाटस्थित नारायणी नदीमा मिसिने राप्ती नदी जैविक विविधताका दृष्टिले महत्वपूर्ण छ । यसका कर्रा, लोथर, खगेरीलगायत सहायक नदीहरू पनि उत्तिकै महत्वपूर्ण छन् ।

राप्ती नदी अति सङ्कटापन्न घडियाल गोही, दुर्लभ ओत, कछुवा, विभिन्न प्रजातिका माछा तथा रैथाने एवम् आगन्तुक चराचुरुङ्गीको महत्वपूर्ण बासस्थान हो । चितवन राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुको संरक्षणका लागि पनि नदीको महत्वपूर्ण भूमिका रहेको छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायको जीवनयापन, संस्कृति र पहिचानसँग पनि यसको गहिरो सम्बन्ध रहेको छ ।

नदीको स्वच्छता, जलचर तथा वन्यजन्तुको बासस्थान संरक्षण र प्रदूषण न्यूनीकरणका लागि सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्ने भन्दै आयोजकले स्थानीयवासी, संरक्षणकर्मी, उद्योगी व्यवसायी तथा सरोकारवाला सबैलाई नदी संरक्षणमा जुट्न आग्रह गरेको छ । ––– सनद अधिकारी रे

  • चितवन
  • नारायणगढ
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मकवानपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग

    सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग

  • Post Thumbnail

    साइबर तथा डिजिटल वित्तीय ठगीको उजुरी १२४७ मा गर्न सकिने

  • Post Thumbnail

    अरुण तेस्रो प्रसारण लाइन प्रभावित जग्गाधनीद्वारा मुआब्जा पुनरावलोकनको माग

  • कर्णालीलाई गरिबीको भाष्यबाट मुक्त गर्नुपर्नेमा मुख्यमन्त्रीको जोड

    कर्णालीलाई गरिबीको भाष्यबाट मुक्त गर्नुपर्नेमा मुख्यमन्त्रीको जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    राप्ती नदी सफाइ

    Post Thumbnail

    सुक्खायाममा १५० मेगावाट विद्युत् आयात गर्न बोलपत्र आह्वान गरिने

    Post Thumbnail

    आगलागीबाट बालआश्रममा एक करोड बढीको क्षति

    सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग

    सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution