Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बनेपा

आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै

यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (३ घण्टा अघि)
आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै

बनेपा (काभ्रेपलाञ्चोक), १७ असोजः यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै छ । वैदिक सनातन धर्मावलम्बीहरूले धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने तथा परिवारको सुख, शान्ति, समृद्धि र सौभाग्यको कामनासहित यो व्रत बस्ने परम्परा रहिआएको छ ।

व्रत अवधिभर श्रद्धालुहरूले दैनिक स्नान गरी महालक्ष्मीको पूजा-आराधना, दीप प्रज्वलन तथा सात्विक नियमको पालना गर्दै आएका छन् । यस अवधिमा संयमित जीवनयापन गर्दै ब्रह्मचर्य पालना गर्ने, भूमिमा शयन गर्ने, फलाहार भोजन गर्ने र दैनिक साँझमा चन्द्रमालाई अघ्र्य दिने परम्परा रहिआएको ज्योतिष एवं पुराणवाचक हरिहर सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार व्रतको अन्तिम अर्थात् १६औँ दिन आज श्रद्धालुहरूले विशेष धार्मिक विधिपूर्वक ‘उद्यापन’ गरी व्रत पूरा गर्दछन् ।

“आज व्रतालु बिहानै स्नान गरी रातो वा पहेँलो वस्त्र र १६ शृङ्गारमा सजिएर पूजा मण्डपमा चामलका १६ वटा साना थुप्रा (बिरकुटी) बनाउँछन् । हरेक थुप्रामा एक-एक वटा सुपारी, सिक्का, दुबो र मीठा पकवान (मालपुवा वा खिर) राखेर महालक्ष्मीको स्वरूप मानी पूजा गरिन्छ । त्यसपछि प्रथम दिन बाँधिएको १६ गाँठो भएको पवित्र धागो फुकाएर माताको चरणमा चढाउने र पछि घरको ढुकुटीमा सुरक्षित राख्ने वा चोखो नदीमा विसर्जन गर्ने विधान छ”, पुराणवाचक सुवेदीले भन्नुभयो ।

उहाँका अनुसार अन्तिम दिन श्रद्धापूर्वक व्रत कथा सुनेर हवन गर्ने, साँझपख चन्द्रमा उदाएपछि जल, काँचो दूध, अक्षता र फूल मिसाएर चन्द्रमालाई अघ्र्य अर्पण गर्ने परम्परा छ । त्यसपछि १६ जना सुहागिनी वा ब्राह्मणलाई सौभाग्य सामग्री, पकवान र दक्षिणा दिएर आशीर्वाद लिँदै महालक्ष्मीको प्रसाद ग्रहण गरेपछि यो व्रत सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।

छ वर्षदेखि निरन्तर महालक्ष्मी व्रत बस्दै आएकी बनेपाकी स्थानीय प्रमिला खड्काले १६ दिनसम्म नियमपूर्वक छुट्टाछुट्टै १६ वटा सामग्री राखेर महालक्ष्मीको पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वास रहेकाले आफूले व्रत गरेको बताउनुभयो । यस अवसरमा महालक्ष्मी अष्टकम् पाठ गर्नाले घरको दरिद्रता नाश भई सुख, सम्पत्ति र वैभव प्राप्त हुने धार्मिक विश्वास रहिआएको उहाँले बताउनुभयो ।

भगवान् शङ्करले भगवती पार्वती र देवराज इन्द्रलाई महालक्ष्मीको व्रत तथा पूजा-आराधना गर्न भनेपछि उहाँहरूले यो व्रत गर्नुभएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको पुराणवाचक सुवेदीले बताउनुभयो ।

 

  • काभ्रेपलाञ्चोक
  • बनेपा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सहकारीका ऋणीलाई ११ करोड असुली

  • Post Thumbnail

    दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

  • ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’

    ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’

  • वरिष्ठ पत्रकार लम्सालको निधन

    वरिष्ठ पत्रकार लम्सालको निधन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १७ गते शनिबार

    २०८३ असोज १७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

    कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

    धादिङमा अव उद्योग दर्ता अनलाईनबाटै

    धादिङमा अव उद्योग दर्ता अनलाईनबाटै

    Post Thumbnail

    सहकारीका ऋणीलाई ११ करोड असुली

    कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार हुने

    कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार हुने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution