Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काभ्रेपलाञ्चोक

नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

कात्तिक शुक्ल पूर्णिमाका अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्धमा लाग्ने तीनदिने जात्रा यस वर्ष सोमबारदेखि सुरु हुँदैछ । गौतम बुद्धको पूर्वजन्ममा एक राजकुमारले भोकले छटपटिएकी बघिनी र उनका डमरुलाई आफ्नो शरीर अर्पण गरी जीवनदान दिएको किंवदन्तीसँग जोडिएको यो जात्रा करुणा र परोपकारको सन्देश दिने धार्मिक मेलाका रूपमा परिचित छ ।
रासस ५२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर २, बुधबार (२ घण्टा अघि)
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

काभ्रेपलाञ्चोक, २ मङ्सिरः कात्तिक शुक्ल पूर्णिमाका अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्धमा लाग्ने तीनदिने जात्रा यस वर्ष सोमबारदेखि सुरु हुँदैछ । गौतम बुद्धको पूर्वजन्ममा एक राजकुमारले भोकले छटपटिएकी बघिनी र उनका डमरुलाई आफ्नो शरीर अर्पण गरी जीवनदान दिएको किंवदन्तीसँग जोडिएको यो जात्रा करुणा र परोपकारको सन्देश दिने धार्मिक मेलाका रूपमा परिचित छ ।

नमोबुद्ध नगरपालिका–११ मा अवस्थित ऐतिहासिक तथा धार्मिकस्थलमा कात्तिक शुक्ल चतुर्दशीदेखि पूर्णिमा हुँदै प्रतिपदासम्म तीन दिन मेला लाग्ने परम्परा छ । मेलामा स्वदेश तथा विदेशका बौद्ध धर्मावलम्बी सहभागी हुने गरेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार प्रत्येक वर्ष करिब ५० हजार भक्तजनले नमोबुद्धको दर्शन तथा पूजाअर्चना गर्ने गरेका छन् ।

किंवदन्तीअनुसार तत्कालीन पनौती राज्यका राजा महारथ र रानी सत्यवतीका तीन छोरामध्ये कान्छा राजकुमारले गन्धमान पर्वतको जङ्गलमा भोकले छटपटिएकी सुत्केरी बघिनी र उनका पाँच डमरु देखेपछि आफ्नो शरीरको मासु काटेर खुवाएका थिए । अन्ततः उनले आफ्नो देहत्याग गरी बघिनी र डमरुको जीवन बचाएका थिए । यही घटनाको स्मरणमा नमोबुद्धमा प्रत्येक वर्ष मेला लाग्ने गरेको नमोबुद्धका मूल लामागुरु कान्छा लामाले बताउनुभयो ।

लामाका अनुसार राजकुमारले जीवनदान दिएको स्थानमा पूजा तथा दीप प्रज्वलन गर्ने परम्परा छ । बघिनीलाई लक्ष्मी र उनका पाँच डमरुलाई भिक्षुका रूपमा मान्ने धार्मिक विश्वास रहेको उहाँले बताउनुभयो । राजकुमारको देहत्यागपछि राजा र रानीले पनि सोही स्थानमा बाँकी जीवन चैत्यसेवामा बिताएको किंवदन्ती छ । उनीहरू शङ्खेश्वरी अजि–अजिमाका नामले समेत परिचित रहेको लामाको भनाइ छ ।

नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार जात्राको पहिलो रातभर पितृको सम्झनामा दीप प्रज्वलन गरिन्छ । रातभर बत्ती बाल्दा पितृलाई वर्षभरि उज्यालो हुने धार्मिक विश्वासका आधारमा यो परम्परा चलिआएको उहाँले बताउनुभयो । जात्राका क्रममा परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिन्छ ।

विशेषगरी तामाङ र नेवार समुदायका भक्तजनको सहभागिता रहने मेलामा सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, धादिङ र नुवाकोटलगायत जिल्लाबाट श्रद्धालु आउने गरेका छन् । स्थानीय राकेश लामाका अनुसार नमोबुद्धमा वर्षभरि नै स्वदेशी तथा विदेशी बौद्ध धर्मावलम्बीको चहलपहल रहने गरेको छ ।

नमोबुद्धमा भाद्र कृष्ण द्वादशी र चैत कृष्ण द्वादशीमा पनि मेला लाग्ने गर्दछ । भाद्र कृष्ण द्वादशीका दिन नमोबुद्धको खट पनौतीस्थित राजदरबारमा ल्याई दुई दीपङ्कर बुद्ध र अजि–अजिमासहित जात्रा गर्ने परम्परा छ । राजकुमारको जन्मघर पनौतीस्थित तलेजु भवानी मन्दिरनजिक रहेको काशीवर्ण महावीरलाई मानिन्छ ।

गन्धमान पर्वतको टुप्पोमा राजकुमारको अस्थिपञ्जर सङ्कलन गरी स्तूप (चैत्य) निर्माण गरिएको अभिलेख संवत् ९७४ को रहेको बताइन्छ । पर्वतमा राजकुमारले बघिनीलाई आफ्नो शरीरको मासु खुवाइरहेको दृश्य कुँदिएको मूर्ति पनि स्थापना गरिएको छ ।

नमोबुद्ध क्षेत्रमा विशाल गुम्बा, मन्दिर, चैत्य र ढुङ्गाबाट निर्मित बुद्धका मूर्ति छन् । यहाँका गुम्बामा बुद्ध पाठशालासमेत सञ्चालनमा छ । पनौतीबाट शङ्खु उपत्यका हुँदै तथा धुलिखेलबाट पदयात्रा गरेर नमोबुद्ध पुग्न सकिन्छ ।

काठमाडौँबाट करिब ३२ किलोमिटर पूर्व र धुलिखेलबाट १८ किलोमिटर दक्षिणमा रहेको नमोबुद्ध धार्मिक पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्य हो । यहाँबाट पनौतीका हरियाली बस्ती तथा पूर्व र उत्तरतर्फका हिमशृङ्खला र पहाडी भूभागको दृश्यावलोकन गर्न सकिन्छ ।

  • काठमाडौँ
  • काभ्रेपलाञ्चोक
  • पर्वत
  • भक्तपुर
  • रामेछाप
  • सिन्धुली
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ को तयारी तीव्र

    नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ को तयारी तीव्र

  • ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

    ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

  • ढोरपाटनको सहायक गन्तव्य जलजला

    ढोरपाटनको सहायक गन्तव्य जलजला

  • आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक र सांस्कृतिक पर्यटन यात्रा

    आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक र सांस्कृतिक पर्यटन यात्रा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर १ गते मंगलबार

    २०८३ मंसिर १ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत

    विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत

    Post Thumbnail

    कोप–३१ मा कार्बन व्यापारको अभिलेख राख्ने अन्तरराष्ट्रिय ‘रजिस्ट्री’ सार्वजनिक

    नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

    नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

    Post Thumbnail

    सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution