Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राष्ट्रिय समाचार समिति (रासस)

तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल

तनहुँ निर्वाचन क्षेत्र नं १ का स्थानीय विकास, सडक तथा पूर्वाधार निर्माणलगायत विकासका विषयमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग
रासस १०५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १७, शनिबार (२ घण्टा अघि)
तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल

दमौली (तनहुँ), १६ असोजः तनहुँ निर्वाचन क्षेत्र नं १ का स्थानीय विकास, सडक तथा पूर्वाधार निर्माणलगायत विकासका विषयमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग आज छलफल गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्लास्तरीय नेताहरूले अर्थमन्त्री वाग्लेसँग भेटघाट गरी विकास निर्माणका विषयमा छलफल गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँका सचिव अनिल श्रेष्ठले अर्थमन्त्री वाग्लेसँगको भेटमा तनहुँ-१ अन्तर्गतका विभिन्न स्थानीय तहमा आवश्यक देखिएका विकास निर्माणका विषयलाई प्राथमिकताका साथ उठाइएको जानकारी दिनुभयो ।

विशेषगरी सडक तथा यातायात पूर्वाधारको अवस्था, स्थानीयस्तरमा आवश्यक विकास आयोजना, पूर्वाधार निर्माण तथा क्षेत्रको समग्र विकासका लागि आवश्यक बजेट र योजनाका विषयमा छलफल भएको श्रेष्ठले बताउनुभयो ।

क्षेत्रको आवश्यकता र प्राथमिकताका आधारमा योजना छनोट गरी प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्ने विषयमा छलफल भएको उहाँको भनाइ छ । स्थानीयस्तरबाट उठेका विकासका आवश्यकता सम्बन्धित निकायसम्म पुर्‍याउँदै दीर्घकालीन रूपमा प्रभाव पार्ने योजनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको श्रेष्ठले उल्लेख गर्नुभयो ।

श्रेष्ठले भन्नुभयो, “तनहुँ-१ को समग्र विकासका लागि आवश्यक सडक, पूर्वाधार तथा स्थानीय विकासका विषयमा अर्थमन्त्रीज्यूसँग गम्भीर र सकारात्मक छलफल भएको छ । क्षेत्रका वास्तविक आवश्यकता र प्राथमिकताका आधारमा विकास योजनालाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा कुराकानी भएको छ ।”

राष्ट्रिय समाचार समिति (रासस)

  • तनहुँ
  • दमौली
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    पृतनापति समन्वयात्मक बैठक सम्पन्न

  • Post Thumbnail

    युवाकवि भट्टको योगदानलाई स्मरण गर्दै ‘मोती-लय’ आयोजना

  • Post Thumbnail

    वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

  • सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै

    सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १६ गते शुक्रबार

    २०८३ असोज १६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

    हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

    Post Thumbnail

    पृतनापति समन्वयात्मक बैठक सम्पन्न

    Post Thumbnail

    युवाकवि भट्टको योगदानलाई स्मरण गर्दै ‘मोती-लय’ आयोजना

    Post Thumbnail

    ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution