
दैलेख, १ मङ्सिर : काँडाचौर बसपार्क आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भएको करिब तीन वर्षपछि उक्त बसपार्क सञ्चालमा आएको हो ।
पार्क नारायण नगरपालिका–६ स्थित वडा नं. १ को भगवती टोल नजिकै रहेको छ । सो बसपार्कको आज नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले उद्घाटन गर्नुभयो । बसपार्क सञ्चालनको पूर्ण अपनत्व नगरपालिकाले लिने नगरप्रमुख शर्माले जानकारी दिनुभयो ।
नगरप्रमुख शर्माले स्थानीय प्रशासन, निर्माण व्यवसायी र यातायात व्यवसायी समितिको समन्वयमा सवारीसाधन लाई व्यवस्थित रूपमा सञ्चालन गरिने बताउनुभयो । बस पार्क क्षेत्रमा अस्थायी प्रहरी बिट स्थापना गर्ने तथा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन निर्माण गर्ने निर्णयसमेत कार्यान्वयनको चरणमा गएको नगरपालिकाले जनाएको छ ।
निर्णय कार्यान्वयनका लागि नगरपालिकाका नं. १, ३, ६, ७, ८ र ९ का वडाध्यक्षहरूले अगुवाइ गर्नुभएको थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |