Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दाङ

कर तिर्नु असल नागरिकको पहिचान

उद्योग वाणिज्य सङ्घ, दाङका अध्यक्ष विनील केसीले कर तिर्नु असल नागरिकको पहिचान भएको बताउनुभएको छ ।
रासस ५०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १, मंगलबार (१ घण्टा अघि)
कर तिर्नु असल नागरिकको पहिचान

दाङ, १ मङ्सिरः उद्योग वाणिज्य सङ्घ, दाङका अध्यक्ष विनील केसीले कर तिर्नु असल नागरिकको पहिचान भएको बताउनुभएको छ ।

उहाँले पन्ध्रौँ राष्ट्रिय कर दिवस–२०८३ का अवसरमा तुलसीपुरमा आज आयोजित सभामा धारणा राख्दै नागरिकबाट प्राप्त करले नै मुलुकको समृद्धि हुने जानकारी दिनुभयो ।

आज आन्तरिक राजश्व कार्यालय, तुलसीपुरले १५औँ राष्ट्रिय कर दिवसका अवसरमा सचेतनाका लागि प्रभातफेरि कार्यक्रम गरी सम्पन्न गरेको छ । यहाँस्थित त्रिसिदेश्वरी मन्दिरको धर्मशालामा रहेको कार्यालय प्राङ्गणबाट सुरु भएको प्रभातफेरिले तुलसीपुर बजार परिक्रमा गरी कोणसभामा परिणत भएको हो ।

कार्यक्रममा बोल्ने अन्य सहभागीले कर तिर्ने संस्कृतिको विकास र कर प्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

सो अवसरमा कर अधिकृत उपेन्द पुनले कर प्रशासनले करदाताको हितमा काम गर्ने बताउनुभयो । उहाँले करबाट नै देश विकास हुने भएकाले सबै उद्योगी, व्यवसायी, व्यापारीलाई राज्यले तोकेको मापदण्डअनुसार समयमै कर भुक्तानी गर्न अनुरोध गर्नुभयो ।

सो अवसरमा उद्योगी, व्यवसायी, सरकारी प्रतिनिधिको सहभागिता थियो । कार्यालयले मङ्सिर ७ गते विशेष कार्यक्रमको आयोजना गरी उत्कृष्ट करदाता सम्मान गरी कर सप्ताह समापन गर्ने जनाएको छ ।

लुम्बिनी प्रदेशका दाङ, रुकुम पूर्व, रोल्पा, प्यूठान र कर्णाली प्रदेशका सल्यान र पश्चिम रुकुम कार्यक्षेत्र रहेको यस कार्यालयका करिब एकलाख करदाता हुनुहुन्छ ।

  • रुकुम
  • रोल्पा
  • सल्यान
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    ‘काव्यनगरी’ हेम्जामा दोस्रो साहित्य महोत्सव हुँदै

  • Post Thumbnail

    मङ्सिर १ गतेदेखि कांग्रेसको ‘हामी तयार छौँ’ अभियान

  • Post Thumbnail

    कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

  • नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

    नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक ३० गते सोमबार

    २०८३ कात्तिक ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता

    तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता

    नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छः अर्थमन्त्री डा वाग्ले

    नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छः अर्थमन्त्री डा वाग्ले

    Post Thumbnail

    अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

    कर तिर्नु असल नागरिकको पहिचान

    कर तिर्नु असल नागरिकको पहिचान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution