Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
प्रकाश सिलवाल/रासस

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनमा ६८ बैठक

प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा ६२ दिनमा ६८ वटा बैठक बसी २७७ घण्टा ३० मिनेट संसदीय कामकारबाहीमा समय व्यतित भएको
रासस १२७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १६, शुक्रबार (३ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, १६ असोजः प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा ६२ दिनमा ६८ वटा बैठक बसी २७७ घण्टा ३० मिनेट संसदीय कामकारबाहीमा समय व्यतित भएको छ । अधिवेशनले अध्यादेशलाई विस्थापन गर्ने विधेयकसहित १२ विधेयक पारित गरेको छ ।

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा भए/गरेका कामकारबाहीका बारेमा आज जानकारी दिनुभएको हो ।

यसबीचमा वैशाख २८ र जेठ १५ गते सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठक बसेको थियो भने त्यसमा दुई घण्टा ५५ मिनेट समय व्यतित भएको थियो । अधिवेशनको पहिलो बैठकमा सार्वजनिक खरिद, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था, संवैधानिक परिषद्, सम्पत्ति शुद्धीकरण निवारण, केही नेपाल ऐन संशोधन, सहकारी, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विश्वविद्यालयसम्बन्धी अध्यादेश प्रस्तुत भएका थिए । तीमध्ये चार अध्यादेश असार ५ गतेको बैठकबाट स्वीकृत भएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाले वैशाख २८ गते धन्यवादको प्रस्ताव पारित गरेको थियो । नीति तथा कार्यक्रममाथि छलफल गरी वैशाख ३१ गते सर्वसम्मतिबाट पारित गरिएको थियो ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल भई गत जेठ १७ गते संशोधनसहित बहुमतबाट पारित भएको थियो । आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि गत जेठ ४ र ५ गते छलफल भएको तथा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो । आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा पनि सदनमा प्रस्तुत गरिएको थियो ।

राजस्व र व्ययको वार्षिक अनुमानमाथि जेठ २७ र २८ गते छलफल सम्पन्न भएको थियो । त्यसपछि विनियोजन विधेयक, २०८३ माथि असार १ र २ गते दफावार छलफल भई सम्बन्धित मन्त्रीहरूले गत असार ३ र ४ गते जवाफ दिनुभएको थियो । असार ४ गते नै विधेयक बहुमतबाट पारित भएको थियो ।

पैँतिस सरकारी विधेयक दर्ता

सभामुख अर्यालका अनुसार दोस्रो अधिवेशनमा प्रतिनिधिसभामा निजामती सेवा विधेयकसहित ३५ वटा सरकारी विधेयक दर्ता भएका छन् । तीमध्ये प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, मतदाता नामावली (पहिलो संशोधन) विधेयक, आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, सहकारी (पहिलो संशोधन) विधेयक, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक र नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक दुवै सदनबाट पारित भएका छन् ।

यस अधिवेशनमा २० वटा विधेयक प्रतिनिधिसभाका सम्बन्धित समितिमा विचाराधीन रहेका छन् । पहिलो अधिवेशनबाट यस अधिवेशनमा प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ पनि दुवै सदनबाट पारित भयो ।

त्यसैगरी सङ्घीय निजामती सेवा विधेयक दर्ता मात्र भएको अवस्थामा रहेको, डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक सदनमा प्रस्तुत भएको तथा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक र संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयकका सम्बन्धित समितिका प्रतिवेदन सदनमा प्राप्त भएका छन् ।

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट मात्र पारित भयो भने राष्ट्रियसभाको पहिलो अधिवेशनबाट प्राप्त राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८२ प्रतिनिधिसभाबाट समेत पारित भयो । यसरी दोस्रो अधिवेशनमा सङ्घीय संसद्का दुवै सदनबाट १२ वटा विधेयक पारित भई ११ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएका छन् ।

अन्तरराष्ट्रिय सम्झौता तथा सन्धि अनुमोदन

यस अवधिमा नेपाल सरकार र गणतन्त्र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायता तथा नेपाल-भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता सभामा प्रस्तुत भएका छन् ।

अन्तरराष्ट्रिय श्रम सङ्गठनका श्रम निरीक्षण तथा बाध्यकारी श्रमसम्बन्धी महासन्धि, एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने प्रस्ताव तथा राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता सदनबाट अनुमोदन भएका छन् ।

बाढीपहिरो र जलवायु परिवर्तनका विषयमा सदनमा छलफल अधिवेशनकै क्रममा गत जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाहले आकस्मिक समय माग गरी दलका आधारमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुभयो ।

प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीसँग हरेक महिनाको पहिलो साता हुने प्रश्नोत्तर नभएको गुनासो गरे पनि बाढीपहिरोको प्रभावका कारण यस उक्त कार्य सञ्चालन हुन सकेन । गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले गरिरहेको काम, विपद्को प्रमुख कारण जलवायु परिवर्तन रहेको विषय, यसको न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएको विषय र उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई प्रोत्साहन गर्नुपर्ने विषयमा पनि सदनलाई जानकारी गराइयो ।

यसैगरी गत भदौ १७ गतेको बैठकले रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका त्रिशूली नदी तटीय क्षेत्रमा भोटेकोशी-त्रिशूली बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित भयो । बाढीका कारण बेपत्ता तथा मृत्यु भएका नागरिकका परिवारप्रति समवेदना व्यक्त गर्दै घरबारविहीनको व्यवस्थापन र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरियो ।

बाढी तथा जलवायु परिवर्तनका विषयमा थप अध्ययनका लागि असोज ५ गतेको बैठकले तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी १५ सदस्यीय ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ गठन गरेको थियो । समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुली चयन हुनुभयो ।

तेह्र वटा प्रश्नोत्तर कार्यक्रम

दोस्रो अधिवेशनमा प्रतिनिधिसभा नियमावली, २०८३ को सम्बन्धित व्यवस्थाअनुसार विभिन्न सात मन्त्रालयसँग १३ वटा प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएका छन् ।

परराष्ट्र, युवा तथा श्रम तथा रोजगार, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि वन तथा वातावरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति तथा भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिएका हुन् ।

अधिवेशनको अन्तिम बैठकमा सदनमा जवाफ दिन बाँकी रहेका मन्त्रालयबाट प्राप्त १६ मौखिक र आठ वटा लिखित प्रश्नका उत्तर समेत टेबुल गरिएका छन् ।

संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेस

अधिवेशनका क्रममा नेपालको संविधानको धारा २०४ बमोजिम महालेखापरीक्षक, महान्यायाधिवक्ता, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद्, राष्ट्रिय महिला आयोग, न्याय परिषद्, न्याय सेवा आयोग, लोक सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय सूचना आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, थारू आयोग तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका विभिन्न वार्षिक प्रतिवेदन सदनसमक्ष पेस भएका छन् ।

सो अवधिमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूले समेत जवाफ दिनुभएको थियो । सो क्रममा सूचना तथा सञ्चारमन्त्रीले दुई पटक, परराष्ट्रमन्त्रीले चारपटक, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्रीले तीन पटक, गृहमन्त्रीले दुई पटक तथा शिक्षा तथा खेलकुदमन्त्रीले दुई पटक सदनमा जवाफ दिनुभएको थियो । अन्य सम्बन्धित मन्त्रीहरूले पनि सांसदहरूले उठाएका विषयमा जवाफ दिनुभएको थियो ।

यस अधिवेशनमा पाँच वटा जरुरी सार्वजनिक महत्वका प्रस्ताव दर्ता भएका छन् । तीमध्ये वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा तथा जीविकोपार्जनको निरन्तरता, उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापना तथा लालपुर्जा वितरणसम्बन्धी प्रस्तावमाथि छलफल भई भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीले जवाफ दिनुभयो । तीन वटा सङ्कल्प प्रस्ताव पनि दर्ता भएका छन् ।

दोस्रो अधिवेशनका विभिन्न बैठकमा विपक्षी दलका नेता तथा सदनमा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता र पदाधिकारीहरूले समसामयिक विषयमा धारणा राख्नुभयो । उहाँहरूले सरकार र संसदको समन्वय प्रभावकारी हुनुपर्ने, सदनमा उठाइएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने, प्रधानमन्त्री र मन्त्रीहरु सदनप्रति जवाफदेही हुनुपर्ने, जनताको अपेक्षा बमोजिम सरकारले सुशासन, सेवा प्रवाह र विकास निर्माणका कामका गति लिनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिनिधिसभाको दोस्रो अधिवेशन आज मध्यरातिदेखि अन्त्य हुँदैछ ।

प्रकाश सिलवाल/रासस

  • काठमाडौँ
  • धादिङ
  • नुवाकोट
  • प्रतिनिधिसभा
  • रसुवा
  • संसद
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै

    सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै

  • सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

    सङ्घीय संसद् कमजोर भएको छैनः सभामुख अर्याल

  • Post Thumbnail

    राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम

  • Post Thumbnail

    एमालेका मनोनित केन्द्रीय सदस्यको शपथ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १६ गते शुक्रबार

    २०८३ असोज १६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

    Post Thumbnail

    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

    Post Thumbnail

    जनकपुरधाममा ‘तेस्रो राष्ट्रिय शिखर सम्मेलन’ हुने

    Post Thumbnail

    कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution