Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

श्रवण क्षमता नभएर रोकेन अृमत र हेमराजलाई ‘रेष्टुरेन्ट’ सञ्चालन गर्न

रासस ४७०१ पटक पढिएको प्रकाशित मिति: २०८२ चैत्र २३, सोमबार (६ महिना अघि)
श्रवण क्षमता नभएर रोकेन अृमत र हेमराजलाई ‘रेष्टुरेन्ट’ सञ्चालन गर्न

म्याग्दी, २३ चैत :

बेनी नगरपालिका–४ सिङ्गा पौडेल चोकमा श्रवण क्षमता नभएका अमृत र हेमराज शर्मा ‘रेष्टुरेन्ट’ व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्नुभएको छ ।

बागलुङका ३५ वर्षीय अमृत र ४२ वर्षीय हेमराजले शारीरिक अशक्तताले रोजगारी, व्यवसाय र अवसरलाई छेक्न सक्दैन भन्ने उदाहरण प्रस्तुत गर्नुभएको हो । नाताले आफन्त पर्ने अमृत र हेमराजले सिङ्गाको पौडेलचोकमा संयुक्त रूपमा सञ्चालन गरेको ‘साङ्केतिक भाषा खाजा घर’ले उनीहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाएको हो ।

जन्मजात श्रवण क्षमता नभएका शर्माद्धय साङ्केतिक भाषा र शब्द लेखेर उपभोक्ताहरूसँग संवाद गर्नुहुन्छ । चिया, खाजा, जेरी, तरकारी, याममा अरिङ्गाल, माछा, मासु र खानाका परिकार उहाँहरू आफँै तयार पार्नुहुन्छ ।

स्थानीयवासी, वडा कार्यालय, विद्यालय, बेनी–दरवाङ सडकको यात्रा गर्ने सर्वसाधारण, व्यवसायीहरू उक्त रेष्टुरेष्टका ग्राहक हुन् । टाढाबाट आउने ग्राहकले मोबाइलमा सन्देश पठाएर खाना, खाजाका परिकार ‘अर्डर’ गर्छन् । सामाजिक सञ्जालमा भिडियो कल गरेर पनि सा¬ङ्केतिक भाषामा ग्राहकले कुराकानी गर्छन् ।

फोन आयो भने छिमेकीलाई उठाउन लगाएर उहाँहरूमार्फत सूचना लिने गरेको अमृतले लेखेर जानकारी गराउनुभयो । म्याग्दीका जलविद्युत् आयोजनाहरूमा परामर्शदाताका रूपमा काम गर्दै आउनुभएका शङ्कर बस्यालले सरसफाइ र आत्मीय व्यवहारका कारण साङ्केतिक भाषा खाजाघरलाई रोजेको बताउनुभयो । “उहाँहरू नबोले पनि ग्राहकको भावना बुझेर नम्र व्यवहार गर्नुहुन्छ”, उहाँले भन्नुभयो “ठाउँको सरसफाइ र परिकार ‘हाइजेनिक’ हुने भएकाले राम्रो लाग्छ ।”

दैनिक पाँच हजार रुपैयाँको हाराहारीमा व्यापार गर्ने शर्माद्वयले उक्त आम्दानीबाट व्यवसायलाई निरन्तरताका साथै घरव्यवहार चलाएको बताउनुभयो । दसैँ, तिहार र चाडपर्वका समयमा व्यापार अलि बढी हुन्छ ।

हेमराजको घरमा श्रीमती र एक छोरी छन् । अमृतकी श्रीमतीको पनि श्रवण क्षमता छैन । अमृतका घरमा श्रीमती र एक छोरा छन् । हेमराजले कक्षा ५ सम्मको अध्ययन गर्नुभएको छ भने अमृतले १२ कक्षा उत्तीर्ण गर्नुभएको छ । उहाँहरूका परिवार बागलुङमै बस्नुहुन्छ ।

धवलागिरि माविको बहिरा स्रोत कक्षाका शिक्षक शङ्कर पाण्डेको सहयोगमा हेमराज र अमृत १० वर्षअघि सिङ्गामा आउनुभएको थियो । शर्माद्वयको सानैदेखि खानाका परिकार बनाउन रुचि थियो । घारबाट रु तीन लाख ल्याएर घर भाडामा लिएर व्यवसाय सुरु गरेको अमृत सम्झनुहुन्छ । हाल उहाँहरूको व्यवसायमा करिब रु १० लाखको लगानी छ ।

सीप र व्यवसायमा आबद्ध भएकाले घरव्यवहार चलाउन सहज भएको शर्माद्वयको अनुभव छ । पौडेलचोकका यादवप्रसाद पौडेलले अमृत र हेमराजले हातमा सीप र व्यावसायिक कला तथा साहस हुने हो भने शारीरिक प्रतिकूलताका बाबजुद आत्मनिर्भर र स्वरोजगार बन्न सकिने सन्देश दिएका बताउनुभयो ।

“अमृत र हेमराजले हातमा भएको सीपको सदुपयोग गर्न जान्ने हो भने जीवन चलाउन अरुमा निर्भर हुनुपर्दैन भन्ने सन्देश दिनुभएको छ”, उहाँले भन्नुभयो “उहाँहरूले व्यवसायबाट हासिल गरेको सफलताबाट धेरैका लागि उदाहरणीय बन्न सक्छ ।”

हाल भाडाको घरमा व्यवसाय गर्दै आएका उहाँहरूले व्यवसाय विस्तार गर्दै लैजाने योजना बनाउनुभएको छ । पुँजीको अभाव र सबै ग्राहकले साङ्केतिक भाषा नबुझ्नु उहाँहरूका लागि व्यवसायमा चुनौती बनेको छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • Post Thumbnail

    दश किलो गाँजासहित एक जना पक्राउ

  • Post Thumbnail

    चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

  • Post Thumbnail

    जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

  • Post Thumbnail

    संविधानसभा सदस्य पौडेलको निधन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २६ गते सोमबार

    २०८३ असोज २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

    Post Thumbnail

    चार मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न

    Post Thumbnail

    रसुवाका बाढीप्रभावितलाई पाँच लाख नगद र खाद्यान्न सहयोग

    Post Thumbnail

    जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution