Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

रसुवाका बाढीप्रभावितलाई पाँच लाख नगद र खाद्यान्न सहयोग

नेपाल रात्रीकालीन मनोरञ्जन व्यवसायी सङ्घले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई खाद्यान्न र नगद सहयोग गरेको छ । सङ्घले गत भदौ १० गते रसुवाको भोटेकोशी बाढीबाट प्रभावित भई काठमाडौँको स्वयम्भुस्थित मुस्ताङ गुम्बामा बसोबास गर्दै आएका नागरिकलाई रु पाँच लाख ५१ नगद र खाद्यान्न सहयोग गरेको हो ।
रासस १  पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २६ असोजः नेपाल रात्रीकालीन मनोरञ्जन व्यवसायी सङ्घले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई खाद्यान्न र नगद सहयोग गरेको छ । सङ्घले गत भदौ १० गते रसुवाको भोटेकोशी बाढीबाट प्रभावित भई काठमाडौँको स्वयम्भुस्थित मुस्ताङ गुम्बामा बसोबास गर्दै आएका नागरिकलाई रु पाँच लाख ५१ नगद र खाद्यान्न सहयोग गरेको हो ।

उक्त रकम र खाद्यान्न आज साँझ सङ्घका अध्यक्ष रुपेश गुरुङले रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ की कार्यवाहक वडाअध्यक्ष किप्पा नगरकोटीलाई हस्तान्तरण गर्नुभयो । उक्त गुम्बामा हाल रसुवाका १५५ परिवारका ३०० भन्दा बढी नागरिकले आश्रय लिइरहेका छन् ।

बाढीका कारण घरबार, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीमा क्षति व्यहोर्नुपरेका प्रभावित परिवारलाई लक्षित गर्दै सहयोग उपलब्ध गराइएको सङ्घका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । विपद्का कारण समस्यामा परेका नागरिकलाई तत्काल राहत प्रदान गरी उनीहरूको दैनिक जीवन सहज बनाउन सहयोग गरिएको सङ्घले जनाएको छ ।

प्राकृतिक विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएको उल्लेख गर्दै सहयोगले पीडित परिवारलाई केही राहत मिल्ने विश्वास गरिएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा सङ्घका सल्लाहकारद्वय कर्मा घले र श्री शाही, सङ्घका सचिव सबु तामाङ, कोषाध्यक्ष रमेशकुमार श्रेष्ठको सहभागिता थियो ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि सरकारी निकाय, विभिन्न सङ्घसंस्था, निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेकामा जोड दिइएको छ ।

  • काठमाडौँ
  • मुस्ताङ
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    चार मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न

  • Post Thumbnail

    जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध

  • Post Thumbnail

    आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा

  • Post Thumbnail

    नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा गौतम

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २६ गते सोमबार

    २०८३ असोज २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

    मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

    Post Thumbnail

    लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

    Post Thumbnail

    चार मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न

    Post Thumbnail

    रसुवाका बाढीप्रभावितलाई पाँच लाख नगद र खाद्यान्न सहयोग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution