Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

प्रत्यूष ४० पटक पढिएको प्रकाशित मिति: २०८२ पौष ५, शनिबार (३ घण्टा अघि)
धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

धादिङबेशी ५ पुस । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले धादिङ अस्पताललाई सुविधासम्पन्न र नमुना अस्पतालका रूपमा विकास गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ । धादिङ अस्पतालको ४९औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले अस्पतालको भौतिक पूर्वाधार, प्रविधि र जनशक्ति व्यवस्थापनमा प्रदेश सरकारले ठूलो लगानी र दीर्घकालीन योजना अघि सारेको जानकारी दिनुभयो ।

मन्त्री थापा मगरका अनुसार लामो समयदेखि अल्झिएको अस्पतालको जग्गा स्वामित्व सम्बन्धी विवाद समाधानको अन्तिम चरणमा पुगेको छ । संघीय मन्त्रालयअन्तर्गत रहेको ३४ रोपनी जग्गा धादिङ अस्पतालको नाममा ल्याउने प्रक्रिया चाँडै टुंगिने र त्यसपछि करिब ५० करोड रुपैयाँको लागतमा आधुनिक भवन निर्माण अघि बढाइने उहाँले बताउनुभयो । यसअघि जग्गा समस्याकै कारण ३ करोड रुपैयाँ बजेट फ्रिज भएको अवस्था अब दोहोरिन नदिइने उहाँको भनाइ थियो ।

धादिङबासीका लागि अर्को महत्वपूर्ण घोषणा गर्दै मन्त्री थापा मगरले यसै वर्षदेखि धादिङ अस्पतालमा नर्सिङ कलेज सञ्चालनको प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो । “अब नर्सिङ पढ्न धादिङका छोराछोरी काठमाडौँ जानुपर्ने अवस्था हट्छ,” उहाँले भन्नुभयो । प्रदेश सरकारले धादिङसहित पाँचवटा प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालन गर्ने तयारी गरेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

यससँगै अस्पतालमा जटिल रोगको पहिचानका लागि आवश्यक सिटी स्क्यान (CT Scan) सेवा थप गर्ने प्रस्ताव पेश भइसकेको र डायलाइसिस सेवालाई अझ सुदृढ बनाइने प्रतिबद्धता पनि मन्त्रीले जनाउनुभयो ।
स्वास्थ्य चेतनाबारे चर्चा गर्दै मन्त्री थापा मगरले विकासको अर्थ केवल बाटो, पुल र भवन मात्र नभएको उल्लेख गर्नुभयो । नसर्ने रोगका कारण देशमा ७१ प्रतिशत मृत्यु भइरहेको तथ्य प्रस्तुत गर्दै उहाँले स्वास्थ्य र शिक्षालाई आगामी बजेटमा प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा प्रदेश सरकारले सञ्चालन गरिरहेका दुई महत्वपूर्ण कार्यक्रमबारे पनि मन्त्रीले जानकारी दिनुभयो । ‘एक विद्यालय एक नर्स’ कार्यक्रमअन्तर्गत हाल ५०० विद्यालयमा नर्स कार्यरत रहेको र यस वर्ष थप १०० विद्यालयमा विस्तार गरिने उहाँले बताउनुभयो । यस कार्यक्रमले किशोर किशोरीको प्रजनन स्वास्थ्य र कुलत न्यूनीकरणमा सकारात्मक प्रभाव पारेको उहाँको भनाइ थियो । त्यस्तै, ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ३० वर्ष माथिका नागरिकको वडा–वडामै पुगेर नसर्ने रोगको स्क्रिनिङ भइरहेको जानकारी पनि दिनुभयो ।

कार्यक्रममा उपस्थित स्थानीय तहका जनप्रतिनिधिहरूले स्वास्थ्य क्षेत्रमा बजेट र चासो बढाएकोमा मन्त्री थापा मगरले प्रशंसा गर्नुभयो । धादिङ अस्पताललाई नमुना अस्पतालका रूपमा विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले स्वस्थ जीवनशैली अपनाउन सबै नागरिकलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

  • बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

  • सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

  • फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री

    फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री

  • प्रत्यूष ई-पेपर थप

    महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

    महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    धादिङ अस्पतालको कायापलट गर्ने मन्त्री थापा मगरको उद्घोष, ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिने

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution