Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

खनियाबास गाउपालिकामा गठबन्धनका उम्मेदवारद्धारा प्रतिवद्धता पत्र सार्वजनिक

प्रत्यूष १२४२ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २३, शुक्रबार (४ साल अघि)
खनियाबास गाउपालिकामा गठबन्धनका उम्मेदवारद्धारा प्रतिवद्धता पत्र सार्वजनिक

धादिङ, २३ बैशाख ।

धादिङ जिल्लाको खनियाबास गाउपालिकामा गठबन्धनका उम्मेद्वारहरुले आफ्ना प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । गठबन्धन भागवण्डामा अध्यक्ष पद नेपाली काग्रेस र उपाध्यक्ष पद नेकपा माओवादी केन्द्रलाई परेको थियो । खनियाबास गाउपालिकाको अध्यक्षमा नेपाली काग्रेसका नेता रण बहादुर तामाङ र नेकपा माओवादी केन्द्र बाट उपाध्यक्षमा सेक्केमान तामाङ उम्मेदवारी दर्ता गरि आफनो पक्षमा मत प्राप्तीको लागी हाल घर दैलोमा ब्यस्त छन् । यस्तो छ स्थानीय तह निर्वाचन २०७९ मा खनियाबास गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदका गठबन्धनका उम्मेदवारहरुको तर्फबाट जारी प्रतिवद्धता

नागरिक सेवा, रोजगारी र व्यवस्थित पूर्वाधार : समृद्ध खनियाबास गाउँपालिकाको आधार

आदरणीय आमाबुवा, जादुभाइ दिदीबहिनीहरु
नेपाली जनताको स्वतन्त्रता, स्वाभिमान र समृद्धिका लागि झण्डै ७ दशक लामो संघर्षबाट समग्र जनअधिकार स्थानीय तहमै सुनिश्चित गरी जारी भएको नेपालको संविधान, २०७२ लाई सार्थक कार्यान्वयन गर्ने ५ बर्षे अभ्यास र सकारात्मक उपलब्धिका साथ २०७९ साल बैशाख ३० गते स्थानीय तहको दोश्रो निर्वाचन हुँदैछ ।

नेपालको हरेक राजनीतिक परिवर्तनमा निर्णायक र नेतृत्वदायी भूमिका निर्वाह गर्दै लोकतान्त्रिक समाजवाद मार्फत जनहित, विकास र समृद्धिका लागि क्रियाशील पार्टी नेपाली कांग्रेस र जनअधिकारलाई आधारस्थलबाटै स्थापित गर्ने गरी परिवर्तनको मुद्धालाई उठान गर्दै आएको पार्टी नेकपा (माओवादी केन्द्र) र नेकपा समाजवादी बिचको गठबन्धनको तर्फबाट तपाईँको अमूल्य मत प्राप्त हुने विश्वास सहित निर्वाचनमा होमिएका छौँ । खुल्ला समाज, नेपालको स्वाधिनता, स्वतन्त्रता र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि बलिदान गर्ने शहिदहरुलाई भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै स्थानीय निर्वाचनको मैदानबाट सम्पूर्ण खनियाबासबासी तपाईलाई न्यानो अभिवादनका साथ आफ्नो मताधिकारको सही सदुपयोग गर्न हार्दिक अपिल गर्दछौँ ।

राजनैतिक व्यवस्था परिवर्तन र स्वतन्त्रताको लागि पुस्तौँसम्म संघर्ष गर्दा देखिएको पछौटेपनको अन्त गर्दै पूर्ण लोकतान्त्रिक पद्धतिका साथ स्थानीय सरकारको माध्यमबाट गाउँको विकास गर्न जनप्रीय योजना र कार्यक्रमका साथ पूनः तपाईको घर दैलोमा हामी आएका छौँ । केन्द्रीय सरकारको मुख ताकेरभन्दा आफैले चुनेका प्रतिनिधि मार्फत स्थानीय सरकार बनाउने स्वर्णिम अवसर तपाईँमाझ पुनः आएको छ । हामी, हाम्रा छोराछोरी र भावी सन्ततीको भाग्यको रेखा कोर्ने स्थानीय सरकार, हाम्रो प्रत्यक्ष मतदान मार्फत गठन हुने यो ऐतिहासिक अवसर हो ।

हाम्रो गाउँमा कस्तो विकास गर्ने ? कति बजेट विनियोजन गर्ने ? हाम्रो आवश्यकता कसरी पुरा गर्नेदेखि हाम्रो सुविधाको लागि कति खर्च गर्ने सम्मको अधिकार हाम्रै प्रत्यक्ष मतदानबाट निर्वाचित प्रतिनिधिहरुले गर्नेछन््, तसर्थ यो स्थानीय निर्वाचनमा इतिहासको जुनसुकै मोडमा देश र जनतालाई साथ दिएको नेपालको आर्थिक विकासको लागि उदार समाजवादी कार्यक्रमका साथ महत्वपूर्ण योगदान दिएको हाम्रो गठबन्धनका उम्मेद्वारलाई भोट दिई अत्याधिक मतका साथ विजयी गराउन अपिल गर्दछौँ ।
प्रथम ५ बर्षे कार्यकालका उपलब्धी
गाउँ विकासका लागि पूर्वाधारका हिसावले व्यापक समस्याहरु विद्यमान रहेता पनि नेपाली कांग्रेसको नेतृत्वमा रहेको गत ५ बर्षमा पहिलो निर्वाचित जनप्रतिनिधिका रुपमा हामीले सेवा प्रवाह र पूर्वाधार विकासमा उल्लेख्य उपलब्धी हाीसल गरेका छौँ । निर्वाचित भए लगत्तै गाउँपालिकाको समग्र विकासका लागि १० बर्षे एकीकृत विकास योजना निर्माण गरी ठोस कार्ययोजनाका साथ हामी अघि बढेका थियौँ । सेवा प्रवाहमा सरलता, पूर्वाधार विकासमा उल्लेख्य प्रगति, आवश्यकता र मागको सिद्दान्तमा आधारित बजेट व्यवस्थापन गर्दै स्थानीय सरकारको संस्थागत संरचना विकासमा हामीले यो ५ बर्षमा नतिजामुखी परिणाम हासिल गरेका छौँ ।

अझै गर्नुपर्ने धेरै छ, गाउँबासीको अपेक्षा र महत्वकांक्षा असिमित छ, तथापि हामीले प्रथम कार्यकालमा गरेको काम, बजेट विनियोजन र कार्यान्वयनको परिणाम मापनयोग्य बनेको छ । स्थानीय मामिलाका विज्ञ देशका प्रतिष्ठित बिशेषज्ञ र संघीय मामिला मन्त्रालयको स्वमूल्यांकनमा देशको उत्कृष्ठ नतिजाका साथ काम गर्ने गाउँपालिकाहरुको सूचिमा खनियाबास गाउँपालिका पर्नुले पनि हामीले पाँच बर्षमा गरेको काम सफल भएको प्रमाणित हुन्छ । यो अवधिमा गाउँपालिका भित्र झण्डै २ सय ५० किलोमिटर सडक निर्माण तथा स्तरोन्नती भएको छ भने खानेपानीमा विशेष प्राथमिकताका साथ लगानी गरिएको छ । एक घर एक धारा हुने गरि ५ वटै वडामा खानीपानी आवश्यकता पूरा गर्ने गरि थालिएको योजना आगामी ५ बर्षभित्र पूरा हुने विश्वास लिएका छौँ ।

विकासका लागि आवश्यक पूर्वाधार निर्माण गरी समृद्ध खनियाबास निर्माणको अभियानलाई निरन्तरता दिँदै सेवा क्षेत्रमा समेत यो ५ बर्षमा विशेष प्रयास भएका छन् । खनियाबास ग्रामीण अस्पतालको स्थापना, आँखा क्लिनिक, आयुर्वेद उपचार सेवा सहितको अरोग्य केन्द्र स्थापना, स्वास्थ प्रयोगशालाहरुको स्थापनाले गाउँमै स्वास्थ सेवा प्राप्त गर्ने अवसर मिलेको छ । उच्च शिक्षाको लागि बच्छलामा स्नातक कक्षा सञ्चालन, झार्लाङमा ११÷१२ कक्षा सहितको मा.वि. सुरुवात र शिक्षा क्षेत्रमा विशेष लगानी हाम्रो प्राथमिकतामा रहेको छ । पर्यटन, जडिबुटी र हाइड्रोपावरको प्रवद्र्धनबाट गाउँपालिकाको विकासका लागि सिंङ्ला पर्यटन गुरुयोजना, घलेदरवार पूनर्निर्माण गुरुयोजना, बजारीकरण गर्न सकिने जडिबुटीको खोज अनुसन्धान, कृषि पकेट क्षेत्र निर्माण, संकलन केन्द्र स्थापना, सबै वडाका टोल बस्तीमा सामुदायिक भवन निर्माण, दलित, विपन्न लक्षित कार्यक्रम हामीले गरेका प्रभावकारी क्रियाकलाप हुन् ।

जेहन्दार विद्यार्थीलाई उच्च शिक्षा तथा प्राविधिक शिक्षामा छात्रवृत्ति, पालिका श्रोतबाट दरबन्दी अपुग विद्यालयमा शिक्षक अनुदान, आयआर्जन वृद्धिका लागि उद्यमशिलता तथा स्वरोजगार कार्यक्रम र कृषिमा आधारित उद्यमशिलता विकासका लागि हेफर प्रोजेक्ट सँगको साझेदारी विगत ५ वर्षका महत्वपूर्ण उपलब्धि हुन् । एकीकृत गाउँ विकास योजना अनुसार यस अवधिमा पूरा हुन नसकेका अधुरा योजना तथा कार्यक्रमहरु आगामी कार्यकालमा पूरा हुने विश्वास लिएका छौँ ।

व्यापक समस्याहरु विद्यमान रहेता पनि प्रचूर सम्भावनाले भरिएको गाउँपालिका हो खनियावास । तपाईको अमूल्य मतले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई जिताए आगामी ५ बर्ष भित्रैमा खनियावास गाउँपालिकाको विकासको जग बलियो पार्ने अठोट नेपाली कांग्रेसले गरेको छ । आफ्नै गाउँमा दुर्लव जडिबुटी खेती तथा प्रशोधन उद्योग खोली व्यापक रोजगारी तथा स्वरोजगारीको सृजना गर्न सकिने, शिक्षा, स्वास्थ्य, सडक, विजुली र हवाई पूर्वाधारको विकास गरेर समृद्ध खनियावास बनाउन सकिने योजना हामीले अघि सारेका छौँ । आगामी ५ बर्षभित्र खनियावासको मुहार फेर्ने गरी आसन्न स्थानीय तहको निर्वाचनमा निम्न प्रतिबद्धताहरु पूरा गर्ने बाचा गर्दछौँ :

हाम्रा प्रतिबद्धताहरुः
१) खनियावास गाउँपालिकालाई देशकै नमूना गाउँपालिकाका रुपमा विकास गर्ने ।
२) दामान पाख्रिन मार्गलाई राष्ट्रिय राजमार्गको रुपमा स्थापित गरेर पक्की सडकबाट खनियाबासलाई जिल्ला र केन्द्रसंग जोडी गाउँपालिकाका हरेक वडाहरुमा व्यवस्थित सडक विस्तार गर्ने
३) खनियावास गाउँपालिकामा रहेका दुर्गम र अव्यवस्थित गाउँ बस्तीहरुलाई स्थानीय मौलिक सांस्कृतिक स्वरुपमा विकास गरी पूर्वाधारका सुविधा उपलब्ध गराउने ।
४) आगामी ५ बर्षभित्र गाउँ उद्यमशीलता परियोजना सञ्चालन गरि खनियावास गाउँ पालिकाका कम्तीमा १५ सय युवाहरुलाई रोजगारीको ग्यारेन्टी गरिने छ ।
५) खनियाबास ग्रामीण अस्पताललाई २५ शैयाको अस्पतालका रुपमा आवश्यक पूर्वाधार र जनशक्तिका साथ व्यवस्थित गरिनेछ । हरेक वडा केन्द्रमा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरी टेलिमेडिसिन सेवा मार्फत स्तरीय स्वास्थ उपचारको व्यवस्था गरिनेछ ।
६) सवै गाउँबासीहरुलाई एक लाखसम्मको स्वास्थ्य बिमा गराई सहज स्वास्थ उपचार तथा आकस्मिक सेवाका लागि एम्बुलेन्स तथा हेली उद्धार सेवा सञ्चालन गर्ने । साथै खनियाबासलाई घरमा सुत्केरी शुन्य पालिकाको रुपमा विकास गरिने छ ।
७) आगामी ५ बर्षभित्र खनियावासका सवै बस्तीहरुमा शुद्ध खानेपानी सहित एक घर एक धारा कार्यक्रम सफल पारिने छ ।
८) खनियावास गाउँपालिकालाई नेपालको नमूना जडिबुटी उत्पादन क्षेत्र घोषणा गरेर स्वरोजगार तथा आय आर्जन बृद्धि गरिने छ ।
९) वातावरण मैत्री गाउँपालिका घोषणा गरी सामुदायिक वन, राष्ट्रिय वन तथा नीजि वन संरक्षण र सदुपयोग गर्दै वन पैदावारमा आधारित उद्योगको विकास गरिने छ ।
१०) जेष्ठ नागरिकको सम्मानका लागि गाउँपालिका स्तरीय संरक्षण केन्द्र निर्माण गरी सेवा प्रदान गरिने छ ।
११) सवै बालबालिकाको पोषण र बृद्धि विकासका लागि उचित संरक्षण र आहारको व्यवस्था गरिने छ ।
१२) खनियावास गाउँपालिकाभित्रका सवै विद्यालयहरुमा जनशक्ति र पूर्वाधार यथोचित व्यवस्था गरी गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्ने ।
१३) गाउँपालिकामा कम्तीमा एउटा प्राविधिक शिक्षालय तथा स्नातकोत्तरसम्म अध्यापन गराउने क्याम्पस स्थापना गरिने छ ।
१४) ऐतिहासिक किन्ताङफेदी क्षेत्रलाई उत्तरी धादिङको विशेष सम्पर्क केन्द्रको रुपमा विकास गरी नमूना ग्रामीण बजारको रुपमा विकास गरिनेछ ।
१५) खनियावासका सम्भावना बोकेका हाइड्रो पावरको’ टुरिजम फ्रेन्डली’ (पर्यटकहरुलाई आकर्षण हुने गरी भवन तथा सुरुङमार्ग) मोडलमा निर्माण गरी एक घर एक शेयरको अवसर प्रदान गरिने छ ।
१६) कृषि, पशु सेवा, खानेपानी, सिंचाइ, उद्योग व्यापारका लागि एकद्वार एकीकृत सेवा केन्द्र स्थापना गरिने छ ।
१७) गाउँपालिकालाई सूचनाप्रविधि मैत्री बनाउन आफनै नेटवर्क संरचना निर्माण गरी शभर्नान्स सेवा, सबै गाउँ बस्तीहरुमा स्तरीय इन्टरनेट सेवा, वाइफाइ जोन तथा टेलिसेन्टर स्थापना गरिने छ ।
१८) खनियावास गाउँपालिको भाषा, संस्कार, संस्कृति र भौगोलिकपनको इतिहास प्रतिबिम्ब जनजातिको सङ्ग्रालय तथा रोधी केन्द्र निर्माण गरी आन्तररिक तथा वाह्य पर्यटन प्रवद्र्धन गरिने छ ।
१९) खनियावास गाउंपालिकामा एउटा नमूना खेलकुद पाठशाला स्थापना गरि हरेक वडाहरुमा खेलकुद विकासका लागि खेलमैदान निर्माण गरिने छ ।
२०) दलित बस्तीको आरनलाई आर्थिक सहयोग गरी पर्यटकीय दृष्टिकोणले आकर्षक रुपमा प्रबद्र्धन गरिने छ ।
२१) खनियावास गाउँपालिकाको समग्र सूचना आदान प्रदान तथा शिक्षा र मनोरञ्जनका लागि स्थानीय रेडियो, अनलाईन र पत्रपत्रिकामा खनियावास विशेष सामग्रीहरुको उत्पादन तथा प्रशारण प्रकाशन गरिने छ साथै गाउँपालिकाको प्रवर्धनमा स्थानीय रुपमै रेडियो, अनलाइन जस्ता सञ्चार माध्यम स्थापना गर्न आवश्यक सहयोग गरिने छ ।
२२) महिला, दलित, अपाङ्ग, विपन्न र आदिवासी जनजातीहरुलाई राज्यले ग्यारेन्टी गरेको संवैधानिक अधिकार प्रदान गर्न उनीहरुको आवश्यकता र माग अनुसारको कार्यक्रम सञ्चालन गरिने छ ।
२३) स्थानीय स्तरमा बैंकिङ सेवा तथा सहकारी संस्थाहरुको प्रवद्र्धन, संघ संस्था तथा क्लबहरुको स्थापनालाई अभिप्रेरित गरिने छ ।
२४) नवीकरणीय उर्जाको प्रयोग, पर्यावरण संरक्षण र फोहोर मैला व्यवस्थापनका लागि आवश्यक प्रवन्ध गरिने छ ।
२५) गाउँपालिका स्तरमा ग्रामीण प्रहरीको परिचालन तथा अन्य सुरक्षा फोर्ससंगको समन्वयमा उचित सुरक्षा प्रबन्ध तथा सहायता कार्यक्रम सञ्चालन गरिनेछ ।
२६) वेरोजगार युवाहरुलाई गाउँको विभिन्न विकास निर्माणमा स्वयंसेवीको रुपमा परिचालन गरी बेरोजगार भत्ताको समेत व्यवस्था गरिनेछ ।
२७) धार्मिक स्वतन्त्रता र धर्म निरपेक्षताको संवैधानिक व्यवस्थालाई आत्मसाथ गर्दै खनियावास गाउँपालिकाभित्रका सबै मठ मन्दिर, माने तथा छोर्तेन, गुम्बा र चर्च (मण्डली) को उचित संरक्षण तथा पूनर्निर्माण गरिने छ ।
२८) किसानहरुका लागि उन्नत खेती र पशुपालनमा आर्थिक अनुदानको व्यवस्था गरी व्यवसायिक कृषिको विकास गरिने छ ।
२९) गाउँवासीको माग र चाहना अनुसारका आवश्यक विकास निर्माण तथा सहायताका कार्यक्रमहरु सञ्चालन गरिने छ ।
३०) स्थानीय सरकार सञ्चालनका लागि करको दायरा बढाउँदै, जनउत्तरदायी, भ्रष्टाचारमुक्त स्थानीय प्रशासन सञ्चालन गर्ने प्रतिबद्धता गर्दछौँ ।
३१) गाउँपालिकाको समग्र विकास, नीतिगत समन्वय र सामाजिक उद्यमशिलता प्रवद्र्धन गर्न पूर्वाधार तथा बहूउद्देश्यीय कम्पनी स्थापना गरी एक घर एक शेयरको नीति अवलम्वन गरिने छ ।
३२) स्थानीय भाषा, कला संस्कृतिको जगेर्ना गर्दै मौलिकताको प्रवद्र्धन गरिने छ । जातिय संग्राहलय तथा सांस्कृतिक अध्ययन, अनुसन्धान केन्द्र स्थापना गरिने छ ।
३३) क्रान्तिपुरुष दामन पाख्रिन तामाङको राजनीतिक तथा सामाजिक योगदानलाई जनस्तरमा पुर्याउन दामन पाख्रिन स्मृति प्रतिष्ठानसँग सहकार्य गरेर खोज, अनुसन्धान तथा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने छ ।
३४) प्रथम निर्वाचित जनप्रतिनिधिको कार्यकालमा भएका सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन तयार भएका हाइड्रोपावर, पूर्वाधार विकास क्षेत्र र सम्पदाको निर्माण तथा अधुरा कामहरु पूरा गरिने छ ।

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

    भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

  • बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत

    बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत

  • प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

    प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

  • संविधान र गणतन्त्र पक्षधर शक्तिबीच सहकार्य आवश्यक : दाहाल

    संविधान र गणतन्त्र पक्षधर शक्तिबीच सहकार्य आवश्यक : दाहाल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १७ गते शनिबार

    २०८३ असोज १७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

    भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

    Post Thumbnail

    चितवनका १०१ पत्रकारको आँखा परीक्षण

    बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत

    बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत

    प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

    प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution