Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

शरणार्थी प्रकरण : गम्भीर छानबिन माग सांसदको माग

प्रत्यूष ३३० पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख २५, सोमबार (२ साल अघि)
शरणार्थी प्रकरण : गम्भीर छानबिन माग सांसदको माग

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुने सांसदले अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररुपमा छानबिन गरिनुपर्ने माग राख्नुभएको छ ।

सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी काण्डले राष्ट्रलाई नै लज्जित बनाएको उल्लेख गर्नुहुँदै यसमा मुछिएका सबै व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले यस विषयबारे अध्ययन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्नुभयो ।

“जो, जहाँ, जुनसुकै पदमा भए पनि गम्भीर छानबिन गरी कारबाही गरिनुपर्छ । विभिन्न देशमा पूर्वप्रधानमन्त्रीसमेत विभिन्न प्रकरणमा परेर कारबाही भएका उदाहरण छन्”, सांसद केसीले भन्नभयो, “यो प्रकरणबारे भूतपूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्छ ।”

सांसद असीम शाहले पनि नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररुपमा छानबिन आवश्यक रहेको बताउनुभयो । सांसद चित्रबहादुर केसीले राज्यसत्ताका महत्वपूर्ण ठाउँमा बसेका नै यो प्रकरणमा मुछिएको भन्दै संसद्ले यो विषयलाई गम्भीररुपमा लिनुपर्ने बताउनुभयो । यो प्रकरणलाई मोडेर विषयान्तर हुन खोजेकोबारे पनि सांसद केसीले संसद्को ध्यानाकर्षण गराउनुभयो ।

“कुनै नयाँ काण्ड आउँछन् र त्यसपछि फेरि विषय अर्कोतर्फ मोडिन्छ । त्यसकारण यो काण्डबारे दूधको दूध पानीको पानी हुनेगरी छानबिन गरिनुपर्छ । यो विषय टुङ्ग्याएर मात्र संसद्ले आफ्ना काम अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो । आजको बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद अच्युतप्रसाद मैनालीले हात्ती आतङ्कको विषय उठाउनुभएको थियो ।

बारा जिल्लामा करिब एक हप्तादेखि हात्ती आतङ्क चलिरहेकाले त्यसलाई नियन्त्रण गरिनुपर्नेमा उहाँले संसदमार्फत् सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको हो । सांसद अञ्जनी श्रेष्ठले चितवनका व्यवसायी शङ्कर कँडेलको आत्महत्याबारे गम्भीररुपले छानबिन हुन नसकेको विषय उठाउनुभएको थियो । त्यस्तै सांसद अनिता देवीले स्यानिटरी प्याडको मूल्य महँगो भएको भन्दै यसमा शून्य करको व्यवस्था गरिनुपर्ने धारणा राख्नुभयो ।

“स्यानिटरी प्याड विलासिताको वस्तु नभएर आधारभूत आवश्यकताको वस्तु हो । यसकारण स्यानिटरी प्याडमा अहिले लागिरहेको सबै कर हटाएर शून्य करको व्यवस्था गरिनुपर्छ”, उहाँले भन्नुभयो । सांसद अनिसा नेपाली र आस्माकुमारी चौधरीले कृषि क्षेत्रलाई सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटको प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । अहिले बजारमा भारतीय तरकारी छ्याप्छ्याप्ती रहेको तर नेपाली उत्पादनले बजार नपाएको उल्लेख गर्नुहुँदै सांसद नेपालीले आन्तरिक उत्पादन बढाउन र बजार खोज्नका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

सांसद आस्माकुमारी चौधरीले कृषि क्षेत्रलाई बढावा दिन जल, मल, बीउ, विषादी समयमै उपलब्ध गराउन आवश्यक रहेको बताउनुभयो । त्यस्तै भूमिहीन सुकुम्बासीका समस्यालाई पनि सरकारलाई गम्भीररुपमा लिनुपर्ने उहाँको भनाइ छ । सांसद अमृतलाल राजवंशीले पनि अव्यवस्थित बसोबास र सुकुम्बासीको समस्या आजको संसद्मा उठाउनुभएको छ ।

सांसद अम्मरबहादुर रायमाझीले अहिले स्वास्थ्य सेवा निकै महँगो भएको धारणा राख्नुहुँदै सबै नागरिकलाई स्वास्थ्यमा सहज पहुँचका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो । त्यस्तै कटारी अस्पताललाई ५० श्ययाको सुविधासम्पन्न अस्पताल बनाउन पनि उहाँले माग राख्नुभयो ।

सांसद ईश्वरी घर्तीले सबै जनप्रतिनिधि र सरकारी कर्मचारीले आफ्ना छोराछोरी अनिवार्यरुपमा सरकारी विद्यालयमा भर्ना गरिनुपर्ने व्यवस्था गरिनुपर्ने बताउनुभयो । सङ्घीय शिक्षा ऐन बन्न नसक्दा शिक्षा क्षेत्रको गुणस्तर थप खस्किँदै गएकोबारे पनि उहाँले संसद्को ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय गौरवको हुलाकी सडक आयोजनाको काम अलपत्र परेकोबारे सांसद ऋषिकेश पोखरेलले संसद्मा कुरा उठाउनुभएको छ । सांसद ऐनबहादुर शाही ठकुरीले हिमाली जिल्लामा यार्सागुम्बा सङ्कलन गर्नेक्रममा मुगु जिल्लामा हिमपहिरोमा परी केही व्यक्ति हराइरहेकाले ती व्यक्तिको खोजबिन गरिनुपर्ने र थप दुर्घटना हुन नदिन विपद् व्यवस्थापन तथा पूर्वतयारीका विषयलाई सरकारले गम्भीररुपले लिनुपर्ने बताउनुभयो ।

आजको संसद्मा सांसद गणेश पराजुलीले काठमाडौँ उपत्यकाको खानेपानी व्यवस्थापनका चुनौतीको विषय संसद्मा उठाउनुभएको थियो भने सांसद गङ्गा कार्कीले दोलखाको तामाकोशी पुल जीर्ण भइसकेकाले उक्त पुल जीर्णोद्धार गरिनुपर्ने माग राख्नुभयो । सांसद चन्दा कार्की भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा सूर्तीजन्य वस्तुमा कर बढाएर ४० देखि ५० प्रतिशत हाराहारी पु¥याउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

  • सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

  • तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

  • ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १३ गते आईतबार

    २०८२ पुस १३ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution