
कर्णाली, ९ मङ्सिरः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत आज भएको महिला क्रिकेट खेलमा बागमती प्रदेश विजयी भएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश रङ्गशालाको क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती प्रदेश विजयी भएको हो । बागमतीले सुदूरपश्चिमलाई सात विकेटले पराजित गरेको हो ।
बागमतीले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको थियो । पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा ११२ रन बनायो । सुदूरपश्चिमका लागि ओपनर ब्याटर मनिषा बोहराले ३० तथा अनु कडायतले अविजित २३ रन बनाइन् । अनुले १५ बलको सामना गर्दै एक छक्का र एक चौका प्रहार गरिन् । यसैगरी, कप्तान ऋतु कनौजियाले १४ बलमा अविजित १५, स्नेहा महराले २२, ममता बोहराले दुई तथा रविना बोहरा, यामु पाण्डे र ममता चन्दले एक एक रन बनाइन् ।
बलिङतर्फ बागमतीकी कप्तान अस्मिना कर्माचार्यले तीन तथा संस्कृति फुयाँल र लक्ष्मीमाया रुम्बा लामाले एक एक विकेट लिइन् ।
एक सय १३ रनको लक्ष्य बागमती प्रदेशले तीन विकेटको क्षतिमा १८ ओभरमा लक्ष्य पुरा गर्यो । बागमतीका लागि ओपनर ब्याटर हेलिषा गुरुङले अविजित ५५ रन बनाइन् । उनले ५१ बलको सामना गर्दै छ चौका प्रहार गरिन् । यस्तै, लक्ष्मीमाया रुम्बा लामाले २०, कामना श्रेष्ठले १३, विपिषा शाहीले १० तथा सेविकाकुमारी यादवले तीन रन बनाइन् ।
बलिङतर्फ सुदूरपश्चिमका लागि अनु कडायत र स्नेहा महराले एक एक विकेट लिइन् । बागमतीलाई जिताउन महत्वपूर्ण पारी खेलेकी हेलिषा गुरुङ प्लेयर अफ दी म्याच घोषित भइन् । आजै दोस्रो खेलमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच खेल भइरहेको छ ।
महिला बास्केटबलमा पुुलिस र सुदूरपश्चिम विजयी
कर्णाली प्रदेशमा जारी महिला बास्केटबलतर्फ आज दुई खेल सम्पन्न भएका छन् । ती खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।
महिला बास्केटबलतर्फ पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ५२–२९ अङ्कले पराजित गरेको हो । यस्तै, दोस्रो खेलमा सुदुरपश्चिम प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा भएको थियो । सो स्पर्धामा सुदूरपश्चिम विजयी भयो । सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ४७–३ अङ्कले पराजित गरेको हो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |