Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सूचना प्रविधिको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल

प्रत्यूष ५५४ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख १९, मंगलबार (२ साल अघि)
सूचना प्रविधिको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताउनुभएको छ ।

छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले यसको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावली लगायतका कानुनी व्यवस्थाका लागि सरकारी प्रतिबद्ध रहेको बताउनुभयो ।

सरकारले सूचना प्रविधिको उपयोग गरी आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रुपान्तरण गर्ने विश्वासका साथ ‘डिजिटल नेपाल फ्रेमवर्क, २०७६’ कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै उहाँले साइबर सुरक्षाको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै आवश्यक नीति, नियम र संरचना बनाउने कार्यलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

चाँडै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्न अध्ययनकार्य भइरहेको उहाँको भनाइ छ । उहाँले सरकारी सेवामा सूचना प्रविधिका दक्ष जनशक्ति भित्र्याउन र उपलब्ध जनशक्तिलाई सेवामा टिकाइराख्नका लागि समयसापेक्ष नीतिगत सुधार गर्दै लगिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउनका लागि सबै जिल्लामा फोरजी सेवालाई प्रभावकारी बनाउँदै लगिएको जनाउँदै प्रधानमन्त्री दाहालले अप्टिकल फाइबरको विस्तारमार्फत उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने कार्यलाई द्रूतगतिमा अघि बढाइएको बताउनुभएको छ । आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पु¥याउने सरकारको लक्ष्य रहेको उहाँले प्रष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री दाहालले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा तीव्र विकास गरी यसको माध्यमबाट आम जनताको जीवनमा रुपान्तरण ल्याउनका लागि सबै पक्षसँग अपिल गर्नुभएको छ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ आज देशव्यापी रुपमा छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ ।

सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा भएको विकास र विस्तारसँगै पछिल्ला दिनमा नेपालमा पनि सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढिरहेका छन् । सार्वजनिक क्षेत्रबाट प्रवाह हुने सेवाहरू सूचना प्रविधिमैत्री हुँदै गइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

  • सुनको  मूल्यमा भारी वृद्धि

    सुनको मूल्यमा भारी वृद्धि

  • बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

  • माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ८ गते मंगलबार

    २०८२ पुस ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

    सुनको  मूल्यमा भारी वृद्धि

    सुनको मूल्यमा भारी वृद्धि

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution