Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राँझा

धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम

नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १३, आईतबार (१ घण्टा अघि)
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम

राँझा (बाँके), १३ मङ्सिरः नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ ।

हडियाबाबाको ६१औँ पुण्यस्मृति दिवसका अवसरमा यतिबेला नेपालको विभिन्न जिल्ला र भारतबाट समेत सयाँै साधुसन्त चिसो मौसमको बेवास्ता गर्दै दिनरात हडियाबाबा मन्दिर परिसरको खुल्ला बगैचामा बिताइरहेका छन् ।

हडियाबाबाको ६१औ पुण्यस्मृति दिवसका अवसरमा मन्दिरमा यही मङ्सिर १० गतेदेखि सुरु भएको छ दिने हडियाबाबा धार्मिक मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट ७०० भन्दा बढी साधुसन्त सहभागी भएको हडियाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिनुभयो ।

“रातको समयमा पनि साधुसन्त मन्दिर परिसरमा आगो तापेर भजनकीर्तनमा रमाउने गर्नुहुन्छ,” अध्यक्ष वैश्यले भन्नुभयो, “मेलामा प्रत्येक दिन उपस्थित साधुसन्त तथा हडियाबाबाका भक्तजनलाई भण्डारा खुवाउने व्यवस्था मिलाइएको छ ।”

हडियाबाबा आश्रम समितिका सदस्य राकेश श्रीवास्तावले मेलामा नेपालको बाँके, बर्दिया, दाङ, कैलालीलगायत छिमेकी मित्रराष्ट्र भारतबाट पनि साधुसन्त, महत्मा आउने गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार मेलामा राति प्रवचन नाटक मञ्चनलगायत विभिन्न भक्तिका कार्यक्रम आयोजना हुन्छ । मेलामा उपस्थित साधुसन्त, महात्माहरूलाई हरेक समयमा खानानास्तालगायतको व्यवथापन गर्ने गरिएको छ ।

मेलाको अन्तिम दिन बुधबार मेलामा टाढाबाट आएका साधुसन्तलाई बिदाइको बेला कम्मल, दक्षिणा आदिकोे व्यवस्था गरिएको अध्यक्ष वैश्यले जानकारी दिनुभयो ।

करिब २० कट्ठा क्षेत्रफलमा फैलिएको श्री १००८ हडियाबाबा आश्रममा बाबाको समाधिसहित विभिन्न मन्दिर र गौशाला रहेको छ । पर्खालले घेरिएको मन्दिर परिसरभित्र पार्क छ । शान्त वातावरणमा रहेको हडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र पनि हो ।

करिब एक सय वर्षअघि नेपालगञ्जमा आएका बाबाले आफ्नो तपस्याको शक्तिबाट चाहेको वस्तु बनाउन सक्ने, भक्तजनहरूको इच्छा पूर्ति गर्नसक्ने जनश्रुति तथा विश्वास रहीआएकाले बाँके र भारतका विभिन्न क्षेत्रबाट साधुसन्त तथा हडियाबाबाका भक्तजन प्रत्येक वर्ष मेलामा सहभागी हुने गरेको अध्यक्ष वैश्यले बताउनुभयो ।

मन्दिर परिसरमा हडियाबाबाको समाधि, आश्रम र मन्दिरसहित साधुसन्त बस्न मिल्ने संरचना तथा बगैँचा रहेको छ । सोही बगियामा हरेक वर्ष हडियाबाबाको वार्षिक पुण्यतिथिमा मेला लाग्ने प्रचलन रहेकोे छ । अध्यक्ष वैश्यका अनुसार, मन्दिरमा आएर भाकल गर्नेहरूको मनोकामना पूरा हुने विश्वास रहिआएको छ ।

रामलीला धार्मिक नाटक पनि मञ्चन हुने मेलामा प्रत्येक दिन साँझपख स्थानीयवासीको ठूलो सङ्ख्यामा सहभागी हुने गरेको छ । मेला अवधिभर प्रत्येक दिन साँझ हडियाबाबा मन्दिरमा दर्शन गर्न र प्रसाद ग्रहण गर्न टाढा टाढाबाट झक्तजन आउने गरेको स्थानीय अगुवा सुधिर गुप्ताले बताउनुभयो ।

  • कैलाली
  • बर्दिया
  • बाँके
  • राँझा
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • राष्ट्रपतिद्वारा देवीनाच अवलोकन

    राष्ट्रपतिद्वारा देवीनाच अवलोकन

  • Post Thumbnail

    पोखरामा महिला कलाकारको सामूहिक कला प्रदर्शनी आयोजना

  • Post Thumbnail

    मार्गशीर्ष कृष्ण तृतीया ः श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा सम्पन्न

  • Post Thumbnail

    मौलिक खानाको प्रवद्र्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने

    Post Thumbnail

    सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

    धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम

    धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम

    Post Thumbnail

    तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution