
गण्डकी, १२ मङ्सिरः पोखरा प्रज्ञा प्रतिष्ठानको आयोजनामा यही मङ्सिर १९ देखि २५ गतेसम्म पोखरामा महिला कलाकारको सामूहिक कला प्रदर्शनी हुने भएको छ ।
पोखरा आर्ट ग्यालरीमा हुने उक्त प्रदर्शनीमा चित्रकलातर्फ ३५ र फोटोग्राफीतर्फ सात गरी ४२ महिला कलाकारका कलाकृतिलाई प्रदर्शनीमा राखिने प्रतिष्ठानका कुलपति सरस्वती प्रतिक्षाले जानकारी दिनुभयो ।
‘स्वरा’ नाम दिइएको उक्त कला प्रदर्शनीले ललितकला क्षेत्रमा महिलाको उपस्थिति र योगदानलाई उजागर गर्ने जनाइएको छ । पोखरा प्रज्ञा प्रतिष्ठान गठन भएपछि पोखरामा कला, साहित्य र संस्कृति प्रवर्द्धनका गतिविधि हुन थालेका छन् ।
केही समयअघि प्रतिष्ठानले पोखरामा ’गन्धर्व गुन्जन’ कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा गन्धर्व समुदायका मौलिक गीत, सङ्गीत, नृत्य तथा सारङ्गी वादनलाई विशेष प्राथमिकता दिइएको थियो ।
कार्यक्रममा सम्मरबहादुर गायक, कृष्णबहादुर गन्धर्व, हेमन्त कान्छा रसाइलीलगायत ८९ जना कलाकारले प्रस्तुति दिएका थिए । प्रतिष्ठानले हालै ‘लेख्छ पोखरा’ अभियान पनि सुरू गरेको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |