
रौतहट १३ मङ्सिरः सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनिकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्थानीयसँग छलफल र परामर्श गरेको छ ।
उक्त सुरक्षा सङ्गठनले जिल्लाको बौधीमाई नगरपालिका–७ स्थित भन्सार नाकामा स्थानीयसँग सीमा क्षेत्रका विद्यमान सुरक्षा चुनौती र त्यसको समाधानबारे गहन मन्थन गरेको हो ।
त्यस अवसरमा सीमा नाकाबाट हुने लागुऔषध ओसारपसार, अवैध चोरी, पैठारी, मानव बेचबिखन, अवैध हातहतियार तथा खरखजनाको कारोबार र राजस्व चुहावट नियन्त्रणलगायत विषयमा स्थानीय र जनप्रतिनिधिसँग राय–सुझाव सङ्कलन गरियो ।
सशस्त्र प्रहरी बल छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीको आयोजनामा भएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले सीमा सुरक्षा र अपराध नियन्त्रण सुरक्षा निकायको एकल प्रयासले मात्र सम्भव नहुने भएकाले स्थानीय नागरिकको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
त्यस अवसरमा उक्त नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादव, उपप्रमुख प्रमिलादेवी जयसवाल, ईशनाथ नगरपालिकाकी प्रमुख कौशल्या देवी तथा सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीले सुरक्षा निकाय र स्थानीयको सहकार्यबाट मात्रै राज्यले लाभ लिन सक्ने पक्षलाई सबै पक्षलाई सबैले मनन गर्न आवश्यक रहेको बताउनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |