Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३१ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ।
रासस ३७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १२, शनिबार (१५ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, १२ मङ्सिरः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरूलाई काठमाडौँ, रौतहट, सुनसरी, पर्सा, रोल्पा, बाँके, मोरङ, दाङ, डोटी, कञ्चनपुर, रुकुम पश्चिम, सङ्खुवासभा र झापाका विभिन्न स्थानबाट शुक्रबार र शनिबार पक्राउ गरिएको हो।

प्रहरीले उनीहरूको साथबाट गाँजा १६ किलो २०० ग्राम, चरेसजस्तो देखिने पदार्थ सात किलो ८५ ग्राम, ब्राउनसुगर तथा खैरो हेरोइनजस्तो देखिने पदार्थलगायत नियन्त्रित लागुऔषधका ट्याब्लेट र नगद बरामद गरेको छ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ गुर्जुधाराबाट नियन्त्रित लागुऔषध ट्रामाडोल एक हजार ४८९ ट्याब्लेट र नगद रु ६२ हजारसहित बारा घर भएका ३३ वर्षीय प्रेमबहादुर आले पक्राउ परेका छन्। प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले उनको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारेको हो।

यसैगरी, काठमाडौँ महानगरपालिका–२६ कपुरधाराबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १२ ग्राम ११० मिलिग्रामसहित सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका ३२ वर्षीय अजय थापा पक्राउ परेका छन्।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १६ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको मुम्बईका ५३ वर्षीय सइद अहमद सबिर अहमद, २६ वर्षीय मोहम्मद कादिर मोहम्मद हनिफ शेख र ४८ वर्षीय राहत फारुक शेख रहेका छन्। थाइल्यान्डबाट बङ्गलादेश हुँदै नेपाल आएका पहिलो दुई जनालाई उक्त गाँजासहित पक्राउ गरिएको हो। भारत निकासी गर्ने उद्देश्यले दिल्लीबाट एयर इन्डियामार्फत नेपाल आएका राहतलाई पनि प्रहरीले पक्राउ गरेको छ।

रौतहटको चन्द्रपुर नगरपालिका–१ बागमती हाट बजारबाट नियन्त्रित लागुऔषध टापेन्टाडोल ८९ ट्याब्लेटसहित सोही नगरपालिका–१ मंगलपुरका ३० वर्षीय ताराबहादुर चौरेल पक्राउ परेका छन्।

सुनसरीको इटहरी उपमहानगरपालिका–११ सिमरबना चोकबाट गाँजा करिब २०० ग्राम, नियन्त्रित लागुऔषध ट्रामोल २७८ ट्याब्लेट, स्पास्पेन २५८ ट्याब्लेट र नगद रु आठ हजार ४०० सहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अभिषेक चौधरीसमेत रहेका छन्। प्रहरीले अभिषेकको घर तलासी गर्दा उक्त लागुऔषध फेला पारेको हो।

यसैगरी, सुनसरीको रामधुनी नगरपालिका–५ शिवचोकबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ७६० मिलिग्रामसहित धरान उपमहानगरपालिका–१५ का २० वर्षीय लाजेदाङ लिम्बुसहित दुई जना पक्राउ परेका छन्। उनीहरू को ९ प ६१६२ नम्बरको मोटरसाइकलमा सवार थिए।

इनरुवा नगरपालिका–४ बसपार्कबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ दुई ग्राम ३५० मिलिग्रामसहित मोरङको बेलबारी नगरपालिका–२ का ३३ वर्षीय रञ्जित मेहता पक्राउ परेका छन्।

बराहक्षेत्र नगरपालिका–६ ठाकुरबारीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ दुई ग्राम ३७० मिलिग्रामसहित स्थानीय ३० वर्षीय अमर राईसहित चार जना पक्राउ परेका छन्। सोही नगरपालिका–४ सुनसरीपुलबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ तीन ग्राम ६५० मिलिग्राम र डिजिटल तराजु एक थानसहित स्थानीय ४२ वर्षीय भगत चौधरी पनि पक्राउ परेका छन्।

पर्साको वीरगञ्ज महानगरपालिका–१४ राधेमाईबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ चार ग्राम ४८० मिलिग्रामसहित बाराको विश्रामपुर गाउँपालिका–५ का २४ वर्षीय शेख अजाद पक्राउ परेका छन्।

रोल्पा नगरपालिका–६ रिमसकका २३ वर्षीय रिदम घर्तीमगरलाई ब्राउनसुगरजस्तो देखिने पदार्थ १८० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ। उनको घर तलासी गर्दा उक्त पदार्थ फेला परेको हो।

बाँकेको कोहलपुर नगरपालिका–५ शान्तिनगरका २९ वर्षीय राकेश राईलाई ब्राउनसुगरजस्तो देखिने पदार्थ सात ग्राम ९०० मिलिग्रामसहित पक्राउ गरिएको छ। प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारेको हो।

मोरङको लेटाङ नगरपालिका–९ जाँतेस्थित मिलिजुली टोलबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ चार ग्राम ६२ मिलिग्रामसहित सोही नगरपालिका–३ कृतिमानका २९ वर्षीय दिनेश राई पक्राउ परेका छन्। यसैगरी, विराटनगर महानगरपालिका–१६ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ९०० मिलिग्रामसहित सुनसरीको इटहरी उपमहानगरपालिका–५ का २१ वर्षीय राज प्रधान पक्राउ परेका छन्।

दाङको तुलसीपुर उपमहानगरपालिका–१६ मजगाउँबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ २९० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१६ डोक्रेनाका ३८ वर्षीय रविन्द्र कवरसमेत रहेका छन्। उनी सल्यानको शारदा नगरपालिका–३ खलङ्गाका स्थायी बासिन्दा हुन्।

डोटीको जोरायल गाउँपालिका–२ मिल चौराहबाट चरेसजस्तो देखिने पदार्थ सात किलो ८५ ग्रामसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउँपालिका–५ जाफ्रीका २८ वर्षीय वीरेन्द्र जप्रेल र ४८ वर्षीय ओमजङ्गबहादुर कडायत रहेका छन्। उनीहरू बा ७७ प ८७०२ नम्बरको मोटरसाइकलमा सवार थिए।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ तीन ग्राम ५६० मिलिग्रामसहित शुक्लाफाँटा नगरपालिका–११ का २८ वर्षीय जयराम तिरुवा पक्राउ परेका छन्।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–६ भण्डारीकाँडाका २७ वर्षीय वसन्त विकलाई ब्राउनसुगरजस्तो देखिने पदार्थ ४३० मिलिग्राम र नगद रु २५ हजारसहित पक्राउ गरिएको छ। उनको घर तलासी गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ का २६ वर्षीय चिरायु पोख्रेललाई ब्राउनसुगरजस्तो देखिने पदार्थ दुई ग्राम ३५० मिलिग्रामसहित पक्राउ गरिएको छ।

झापाको मेचीनगर नगरपालिका–६ स्थित एचएम होटलबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ तीन ग्राम ७२० मिलिग्रामसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–२ का २३ वर्षीय सचिन राई तथा दमक नगरपालिका–७ का ३० वर्षीया मिना राई र २६ वर्षीया प्रतिमा राई रहेका छन्। होटल तलासी गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

  • काठमाडौँ
  • झापा
  • बारा
  • मोरङ
  • सङ्खुवासभा
  • सुनसरी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    वाग्मती सफाइ अभियान ७०७ औँ हप्तामा

  • ‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’

    ‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’

  • ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पौड्याल सम्मानित

    ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पौड्याल सम्मानित

  • Post Thumbnail

    सुनछाप पहिरो नियन्त्रणका लागि एकीकृत योजना अघि बढाइने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्मबमोजिम सञ्चालन

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्मबमोजिम सञ्चालन

    Post Thumbnail

    लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३१ जना पक्राउ

    Post Thumbnail

    सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ

    Post Thumbnail

    गौतमबुद्ध रङ्गशालामा एनपिएल खेलाउने लक्ष्य, निर्माणलाई गति दिइने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution