
काठमाडौँ, १२ मङ्सिरः ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियानअन्तर्गत गोकर्णेश्वर क्षेत्रमा सफाइ गरिएको छ ।
वाग्मती सफाइ महाअभियानको ७०७ औँ हप्तामा गोकर्णेश्वर नगरपालिका–४ स्थित उत्तर वाहिनी क्षेत्रमा सफाइ गरिएको हो । वाग्मती नदीको मुहान क्षेत्र नै प्रदुषित बन्न थालेपछि गोकर्णेश्वर क्षेत्रमा सफाइ गरिएको सफाइ महाअभियानले जनाएको छ । यहाँको वाग्मती किनार एव गोकर्णेश्वर महादेव मन्दिर वरपर सफाइ गरिएको महाअभियानका अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।
सफाइमा काठमाडौँ महानगरपालिका–११ का वडा अध्यक्ष हिरालाल तन्डुकार, स्थानीयवासी, वाग्मती माथिल्लो सरसफाइ अभियान, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीको सहभागिता थियो ।
वाग्मती सफाइ अभियानका क्रममा सफाइ अभियानकर्मी खगेन्द्र कार्कीको आज जन्मदिनको अवसरमा गोकर्ण ड्याम क्षेत्रस्थित वाग्मतीमा माछाका भुरा छोडियो भने गोकर्णेश्वर महादेव मन्दिर नजिक रुद्राक्षको बिरुवा रोपियोे ।
विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । महाअभियान सुरु भएपछि काठमाडौँ उपत्यकामा यसका सहायक नदी, चक्रपथका विभिन्न खण्ड र विभिन्न सम्पदा क्षेत्रमा सफाइ गरिँदै आएको छ । यसैगरी काठमाडौँ उपत्यका बाहिर मुख्य नदी, सहर र सम्पदा स्थलमा पनि सफाइ अभियान सुरु भएको छ । वाग्मती सफाइ महाअभियानकै प्रेरणाले हाल देशभर १११ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |