Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कर्णाली

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्मबमोजिम सञ्चालन

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३’ सङ्घीयताको मर्मबमोजिम सञ्चालन हुने बताउनुभएको छ ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १२, शनिबार (१४ मिनेट अघि)
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्मबमोजिम सञ्चालन

कर्णाली, १२ मङ्सिर : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३’ सङ्घीयताको मर्मबमोजिम सञ्चालन हुने बताउनुभएको छ ।

‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३’ को पूर्ण तयारीबारे आज राष्ट्रिय खेलकुद परिषद्द्वारा सुर्खेत वीरेन्द्रनगरस्थित प्रदेश रङ्गशालामा आयोजित ‘पत्रकार सम्मेलन’मा मन्त्री पोखरेलले प्राविधिक तथा भौतिक संरचनाका कारण पौडी र टेनिस दुई वटा विधाका खेल लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लामा भए पनि २२ विधाका खेल सुर्खेतमै भएको बताउनुभयो ।

कर्णाली प्रदेश रङ्गशाला हुँदाहुँदै फुटबलको सेमिफाइनल र फाइनल खेल जुम्लामा किन भन्ने पत्रकारहरूको प्रश्नमा उहाँले भन्नुभयो, “सुर्खेतलाई मात्र कर्णाली भनेर नबुझ्न आग्रह गर्दछु । सङ्घीयताको मर्म बमोजिम जसरी कर्णालीवासीको खुसीको लागि काठमाडौँ छोडेर प्रतियोगिता कर्णालीमा भयो । त्यसैगरी जुम्लावासीको खुसीका लागि पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेल जुम्लामा सञ्चालन गर्ने न्यायिक निर्णय भएको हो । महिला फुटबलको सेमिफाइनल र फाइनल खेल त प्रदेश रङ्गशालामा हुँदैछ ।”

मन्त्री पोखरेलले खेलकुदको कुम्भ मेला मानिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ लाई सफल बनाउन कर्णालीवासीलगायत सबै सरोकारवालाहरूलाई आग्रह गर्नुभयो । मङ्सिर १६ गते आयोजना हुने प्रतियोगिताको उद्घाटनका लागि प्रधानमन्त्री बालेन्द्र शाह गर्ने उहाँले जानकारी दिनुभयो ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले कर्णालीसहित सिङ्गो राष्ट्रको प्रतिष्ठासँग जोडिएको प्रतियोगिता भव्यरूपमा सम्पन्न गर्न कर्णालीवासीलाई आह्वान गर्नुभयो । उहाँले अपाङ्गता भएका व्यक्ति, सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई प्रतियोगिता हेर्नका लागि सघाउन अनुरोध गर्नुभयो ।

उक्त पत्रकार सम्मेलनमार्फत राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव रामचरित्र मेहत्ताले अनौपचारिक रूपमा प्रदेश रङ्गशालालगायत कर्णालीमा आठ विधाका खेल सञ्चालन भएको बताउँदै ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३’ पूर्ण तयारी भएको बताउनुभयो । उहाँका अनुसार प्रतियोगिता तयारीको थप प्रगतिबारे यही मङ्सिर १५ गते जानकारी गराइनेछ ।

  • कर्णाली
  • काठमाडौँ
  • जुम्ला
  • बर्दिया
  • बाँके
  • सुर्खेत
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    गौतमबुद्ध रङ्गशालामा एनपिएल खेलाउने लक्ष्य, निर्माणलाई गति दिइने

  • गोल्डकप फुटबल पुस ४ देखि

    गोल्डकप फुटबल पुस ४ देखि

  • Post Thumbnail

    आईटीएफ एम–१५ र एम–२५ प्रतियोगिता खेल्न अभिषेक पाकिस्तान जाँदै

  • गण्डकीद्वारा एनआरएनए पाँच विकेटले पराजित

    गण्डकीद्वारा एनआरएनए पाँच विकेटले पराजित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्मबमोजिम सञ्चालन

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्मबमोजिम सञ्चालन

    Post Thumbnail

    लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३१ जना पक्राउ

    Post Thumbnail

    सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ

    Post Thumbnail

    गौतमबुद्ध रङ्गशालामा एनपिएल खेलाउने लक्ष्य, निर्माणलाई गति दिइने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution