Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नारायणगढ

भोटेकोशी लगायतका बिपत्तिमा परेकाहरुको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ

गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरुको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पितृमुक्ति महायज्ञ हुने भएको छ ।
रासस ३२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १२, शनिबार (१४ मिनेट अघि)
भोटेकोशी लगायतका बिपत्तिमा परेकाहरुको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ

नारायणगढ (चितवन), १२ मङ्सिरः गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरुको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पितृमुक्ति महायज्ञ हुने भएको छ ।

मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथबाबा) को सत्सङ्कल्पमा यही मङ्सिर १ गतेदेखि यहाँ सञ्चालन भइरहेको अष्टाचल धनधान्यञ्चल विराट महायज्ञ अन्तर्गत दिवङ्गत पितृहरुको मुक्तिको कामना गर्दै यही मङ्सिर २० गतेदेखि तीन दिनसम्म सो महायज्ञको आयोजना गरिएको हो ।

वैदिक शास्त्रको पाठपारायण, जप, ध्यान, हवन, पाँच करोड २५ लाख दीप प्रज्वलन, १०८ कन्याको पूजनसहित विशेष धान्याञ्चल अनुष्ठान गरिने सो महायज्ञमा दिवङ्गत आत्माहरूको उद्धार, मुक्ति र शान्तिको कामना गर्दै पितृमुक्ति महायज्ञ गर्न लागिएको मुक्तिनाथ बाबाले जानकारी दिनुभयो । यस अन्तर्गत पितृहरुको सामूहिक प्रार्थना, भागवत पाठपारायण, तिलाञ्जली, एकाहा पाठ, वर्षदिन पुगेका पितृहरुको तर्पण र नारायणबलि लगायतका कार्य हुनेछन् ।

स्वामी कमलनयनाचार्यले भन्नुभयो, “भोटेकोशी बाढीले सबै नेपालीलाई जस्तै मलाई पनि ठूलो पीडा दिएको छ । त्यसैगरी अन्य बिपत्ति, महामारी आदिमा कैयौँ नेपालीको अकालमै ज्यान गएको छ । त्यसैले सबै दिवङ्गत आत्माहरुको मुक्ति, शान्ति र सद्गतिको कामनास्वरुप यही विराट महायज्ञमै विशेष पितृमुक्ति अनुष्ठानको सङ्कल्प गरेका हौँ ।”

सामूहिक रुपमा गरिने यस विशेष अनुष्ठानमा दिवङ्गत पितृहरुका आफन्त कर्ताका रुपमा आफैँ सहभागी भएर कर्म गर्ने तथा उक्त कार्यका लागि पितृहरुको नाम, गोत्र, तस्बिर आदि उपलब्ध गराउन सकिने व्यवस्था गरिएको सो विराट महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

यही मङ्सिर १ गतेदेखि नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) मा विराट महायज्ञ सुरुहुनुअघि पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै त्यहाँ आइपुगेको थियो ।

सो विराट महायज्ञ एउटा धार्मिक उत्सव मात्र नभएर नेपालमा वैदिक विश्वविद्यालय स्थापनाका साथै हाम्रो सभ्यताको पहिचान र नयाँ पुस्तामा हस्तान्तरण गर्न, नेपालका तीर्थस्थलको प्रचार गरी नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गर्न आयोजना गरिएको मुक्तिनाथ बाबाले जानकारी दिनुभयो । उहाँले यी महत्वपूर्ण धार्मिक अनुष्ठानहरुमा प्रत्यक्ष सहभागी भएर पुण्य आर्जन गर्न पनि समस्त वैदिक सनातन धर्मावलम्बीहरुलाई आग्रह गर्नुभएको छ ।

  • चितवन
  • नवलपुर
  • नारायणगढ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    ग्रेटर मुन्दुम पदमार्ग प्रवद्र्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल

  • Post Thumbnail

    सुरक्षण मुद्रण केन्द्रमा नियमित ‘लाइसेन्स’ छापिँदै

  • Post Thumbnail

    नागरिकमैत्री सेवा प्रदान गर्न प्रहरी महानिरीक्षक डा केसीको निर्देशन

  • Post Thumbnail

    मन्त्री पोखरेलद्वारा एनएफएललाई शुभकामना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    भोटेकोशी लगायतका बिपत्तिमा परेकाहरुको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ

    भोटेकोशी लगायतका बिपत्तिमा परेकाहरुको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ

    Post Thumbnail

    दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग

    ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजनाको अनुगमन

    ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजनाको अनुगमन

    Post Thumbnail

    सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution