Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ११, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

मन्त्री पोखरेलद्वारा एनएफएललाई शुभकामना

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल फुटबल लिगमा सहभागी हुने १० वटै क्लबको टुङ्गो लाग्नु नेपाली फुटबलका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ११, शुक्रबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, ११ मङ्सिरः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल फुटबल लिगमा सहभागी हुने १० वटै क्लबको टुङ्गो लाग्नु नेपाली फुटबलका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उहाँले सरकारले सञ्चालन गर्ने सहिद स्मारक लिग पनि छिट्टै मल्टिभेन्यू अवधारणामा सुरु गर्ने तयारी भइरहेको जानकारी दिनुभएको हो ।

निजी क्षेत्रको सहकार्यमा सञ्चालन हुन लागेको ल्ँीले नेपाली फुटबललाई व्यावसायिक, प्रतिस्पर्धात्मक र व्यवस्थित बनाउन महत्त्वपूर्ण योगदान पु¥याउने उहाँको विश्वास छ ।

लिग को सफलतापछि दशौँ राष्ट्रिय खेलकुदको रौनक बढिरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले नेपाली खेलकुदमा देखिएको उत्साह फुटबलमा पनि विस्तार गर्नुपर्ने बताउनुभएको छ ।

उहाँका अनुसार केही दिनअघि थाइल्यान्डमा फिफा र एएफसी का नेतृत्वसँग नेपाली फुटबलको भविष्य, संरचनागत सुधार तथा विकासका विषयमा सकारात्मक छलफल भएको थियो। साथै, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथिको प्रतिबन्ध पनि छिट्टै हट्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

निजी क्षेत्रको सहकार्यमा अघि बढिरहँदा सरकारले सञ्चालन गर्ने सहिद स्मारक लिगलाई पनि नयाँ स्वरूपमा अघि बढाउने सरकारको योजना छ। आगामी वर्षदेखि देशका विभिन्न स्थानमा मल्टिभेन्यू अवधारणाअन्तर्गत लिग सञ्चालन गर्ने तयारी गरिएको मन्त्री पोखरेलले बताउनुभएको छ ।

यस अवधारणाले फुटबललाई काठमाडौँमा मात्र सीमित नराखी देशभर विस्तार गर्न तथा स्थानीय प्रतिभालाई राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

मन्त्री पोखरेलले सरकारको उद्देश्य प्रतियोगिता आयोजना गर्नुमा मात्र सीमित नरहेको स्पष्ट पार्दै खेलाडीको भविष्य सुरक्षित गर्ने, क्लबलाई सबल बनाउने र समग्र फुटबल संरचनाको विकास गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।

नेपाली फुटबलमा रहेको प्रतिभा, सम्भावना र समर्थकको मायालाई एकीकृत गर्दै फुटबललाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सुरक्षण मुद्रण केन्द्रमा नियमित ‘लाइसेन्स’ छापिँदै

  • Post Thumbnail

    नागरिकमैत्री सेवा प्रदान गर्न प्रहरी महानिरीक्षक डा केसीको निर्देशन

  • Post Thumbnail

    नेपालसँगको सहकार्य थप विस्तार गर्न यूएई इच्छुक

  • Post Thumbnail

    बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पुरा

    Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदः शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण

    Post Thumbnail

    तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

    Post Thumbnail

    सुरक्षण मुद्रण केन्द्रमा नियमित ‘लाइसेन्स’ छापिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution